कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
हरेक नागरिकको जिम्मेवारी फरकफरक हुन्छ । यसकारण, नेता, कार्यकर्ता र सर्वसाधारणको जिम्मेवारी एउटै हुँदैन । गल्ती कसैले गर्नुहुँदैन, यसमा सन्देह छैन । तर, सर्वसाधारणले गल्ती गर्नु र नेता तथा कार्यकर्ताले गल्ती गर्नुमा धेरै फरक हुन्छ । सर्वसाधारण रक्सी खाएर हो–हल्ला गरी हिँड्यो, जथानाम गाली ग¥यो, दङ्गा फसादमा लाग्यो भनेर त्यसरी नै नेता र कार्यकर्ताहरू लागेमा जनमानसमा कस्तो प्रभाव पर्छ । देश र जनताको सेवामा जुटेका, लागेका नेता तथा कार्यकर्ताहरू सर्वसाधारण जनताभन्दा पनि तल्लो स्तरमा झरेर या गिरेर काम गरेमा जनताको विश्वास गुम्छ । त्यस्ता पात्रहरूलाई जनताले विश्वास गर्ने छैनन् । अनि तिनीहरूले कसरी जनतालाई मार्ग निर्देश गर्छन् ? भ्रष्टाचार गर्नुहुँदैन, चोरी चकारी गर्नुहुँदैन, हिंसात्मक र आपराधिक काम गर्नु हुँदैन भनेर जनतालाई कसरी सम्झाउने ?
वैशाख १ गते प्रकाशित ‘नयाँ पत्रिका’ दैनिकमा एसओएएस क्षेत्र अध्ययनमा स्नातक गरिरहेकी उपासना डन्डोनाले ‘दलाई लामाको अक्षम्य दुव्र्यवहार’ शीर्षकमा विश्लेषनात्मक समाचारमा लेखिन्, “पूजनीय भनिएका व्यक्तिले गरेकै कारण दुव्र्यवहारलाई कुनै पनि स्पष्टीकरण वा व्याख्यान प्रस्तुत गरेर जायज ठह¥याउन वा माफी दिन सकिँदैन ।” केही दिनअघि तिब्बती धर्मगुरु दलाई लामा आदेशको शैलीमा ‘मेरो जिब्रो चुस’ भनेर आफ्नो लामो जिब्रो बाहिर निकाल्छन् र बालकको अनुहारमा जिब्रोले छुन्छन् । यसबारे संसारका विभिन्न मुलुकमा चर्चाको विषय बन्यो । कसैले कसैलाई चुम्बन गर्नु र जिब्रो निकालेर चुस्न दिनु फरक कुरा हो भनी कतिले टिप्पणी गरे । भारतको हिमाचल प्रदेशमा बसिरहेका धर्मगुरु लामाले देशअनुसारको भेष बिर्सी आफ्नो तिब्बती संस्कृति हो भनी ढाक्ने प्रयास गर्नु अर्को गल्ती हो । अरुलाई धर्म देशना गर्दै, नैतिकताको पाठ सिकाउँदै अघि बढ्ने धर्म गुरु लामाको यो दुव्र्यवहार पक्कै पनि क्षम्य छैन । दलाई लामाको यो दुव्र्यवहारलाई धेरैले आपत्ति जनाएका छन् ।
देशका शासकहरूले गरेको भ्रष्टाचार र अनियमितताकै कारण कति कर्मचारीहरू पनि भ्रष्टाचार गर्न र अनियमितता गर्न पछि परेनन् । त्यसको अर्थ नेता, मन्त्री, सांसद जनप्रतिनिधि र कार्यकर्ताहरूले भ्रष्टाचार गरे भनेर कर्मचारीहरूले पनि भ्रष्टाचार गर्नुपर्छ भन्ने होइन । कसैले गरेको गलत कामको अनुकरण होइन विरोध गर्नुपर्छ । तर, देशको विकास गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने शासकहरूले गलत काम गरेपछि गलत सन्देश जान्छ । गलत काम गर्ने होइन अन्त्य गर्ने हो । शासकहरू देशभक्त भए पो जनताले विरोध गर्दैनन् । शासकहरू देशविरोधी, जनविरोधी भएपछि, विदेशी शक्ति राष्ट्रहरूको स्वार्थमा भुलेर असमान सन्धि सम्झौता गरेपछि देशको गौरव कसरी कायम हुन्छ ? देश कसरी स्वाधीन र सार्वभौम सम्पन्न हुन्छ ? तर, शासकहरू देशविरोधी भए पनि नेपाली जनता देश जोगाउन सङ्घर्ष गरिरहन्छन्, गरिरहनेछन् ।
Leave a Reply