नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, १४ अप्रिल (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १४ तारिख दिउँसो जन बृहद् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेट–वार्ता गर्नुभएको छ ।
त्यस अवसरमा राष्ट्राध्यक्ष सीले सर्वप्रथम चीनको भ्रमण गर्नुभएकोमा राष्ट्रपति लुलाको स्वागत गर्नुभयो । ब्राजिलसँगै मिलेर रणनीतिक उचाइबाट नयाँ युगमा चीन–ब्राजिल सम्बन्धको नयाँ भविष्यको सिर्जना र त्यसलाई निर्देशन गर्दै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ ।
चालु वर्ष चीनले सम्पूर्णरूपमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको भावनालाई व्यवहारमा उतार्ने पहिलो वर्ष भएकाले चीनले जोडतोडसँग उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै नयाँ विकास बनौटको स्थापनालाई शिघ्र पारी उच्चस्तरीय वैदेशिक खुलापनलाई प्रवद्र्धन गरेर ब्राजिललगायत विश्वका विभिन्न मुलुकसमक्ष अझ बढी अवसर प्रदान गर्दैजाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ ।
संरा अमेरिकाद्वारा संयुक्त राष्ट्र सङ्घका महासचिवमाथि निगरानी
संयुक्त राष्ट्र सङ्घ, १४ अप्रिल (सीआरआई) । हालै अमेरिकामा खुलासा गरिएको एउटा गोप्य दस्तावेज अनुसार, अमेरिकाले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको संचारमाथि निगरानी गरेको छ । स्थानीय समय अप्रिल १३ तारिख संयुक्त राष्ट्र सङ्घका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्वार्ता दिँदै यसबारे जवाफ दिएर विभिन्न मुलुकले संयुक्त राष्ट्र सङ्घको संचार सुरक्षालाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
‘अमेरिकाको निगरानी व्यवहारले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको कि छैन’ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता दुजारिकले संयुक्त राष्ट्र सङ्घले विभिन्न उचित सञ्चार आवश्यकता अनुरुप सदस्य मुलुकले संयुक्त राष्ट्र सङ्घको सञ्चार सुरक्षालाई सम्मान गर्न आह्वान गर्नुभयो । संयुक्त राष्ट्र सङ्घले सकेसम्म प्रयास गरी संचार सुरक्षालाई सुदृढ गर्दै उहाँले पनि व्यक्त गर्नुभएको छ ।
Leave a Reply