कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, २ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख १ गते आफ्ना कार्यकर्ताहरूलाई भने, “अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, तर स्थिति सहज छैन, अफ्ठयारो स्थिति आउन सक्छ, संविधानसभाबाट भएको घोषणालाई असफल र उल्ट्याउन कसरत ठूलै छ ।”
हो, यतिबेला प्रधानमन्त्री दाहालको नेतृत्व परिवर्तन हुने सम्भावना छ किनभने २७५ जनाको प्रतिनिधिसभामा एमाओवादी केन्द्रको ३२ स्थानमात्र छ । प्रधानमन्त्री दाहालले आफ्नो कुर्सी जोगाउन वैशाख १० गते हुन गइरहेको चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनमा नेका र जसपालाई समर्थन गरे । तर, यतिले प्रम दाहालको कुर्सी जोगिने अवस्था छैन । उपनिर्वाचनलगत्तै नेका र एमालेको संयुक्त सरकार बन्ने सम्भावना छ । एमाले वा माओवादी केन्द्रको समर्थन नभए पनि नेका नेतृत्वको सरकार गठन हुने अवस्था छ । यसकारण प्रम दाहाल संविधानसभाको घोषणालाई असफल र उल्ट्याउन कसरत भइरहेको झूटा कुरा बोल्दै छन् । नेका, एमाले, माओवादी, राप्रपाजस्ता निर्वाचनमा सिद्धान्तहीन गठबन्धन गरेका पार्टीहरूको कुनै पनि कसरतबाट प्रतिगमन हुने अवस्था छैन । नेपाली जनताले शासक दलहरूलाई पत्याउने छैन ।
बरु, सशस्त्र द्वन्द्वको बेला ५ हजार जना नेपालीको मृत्युको जिम्मा लिएका प्रम दाहाल सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फैसला भएमा जेल जाने सम्भावना छ । हो, आर्थिक अनियमितता, ठेक्का पट्टा, तस्करी, मिटर ब्याज, कमिसनमा संलग्न माओवादी केन्द्रका कार्यकर्ताहरू जेल जाने अवस्थालाई अस्वीकार गर्न सकिँदैन ।
Leave a Reply