नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संरा अमेरिकाको टेनेसी राज्यको संसद्मा रिपब्लिकन पार्टीका बहुमत सांसदहरू मिलेर दुई जना डेमोक्रेटिक पार्टीका कालो वर्णका सांसदहरूलाई निलम्बन गरे । ती दुई जना सांसदहरूले संसद्मा बन्दुक नियन्त्रणसम्बन्धी कडा कानुनको माग गरेका थिए । यो घटना गत अप्रिल ६ को हो । द्वेषी गोराहरूको चित्त बुझाउन उनीहरूमाथि यस्तो डण्डा चलाइएको थियो । यो घटनाले संरा अमेरिकी इतिहासको एउटा अँध्यारो खण्डको स्मरण गराउँछ । सँगै यो घटनाले संरा अमेरिकामा खुलमखुला जातिवादी गतिविधिलाई अद्यापि राजनीतिकरूपमा पुरस्कृत गरिने गरेको देखाएको छ ।
यो घटना टेनेसी राज्यमै हुनु कुनै अस्वाभाविक होइन । हालै गरिएको एउटा अध्ययनले टेनेसी राज्य संरा अमेरिकाकै सबभन्दा अलोकतान्त्रिक राज्य भएको देखाएको छ । अघिल्लो साता भएको एउटा घटनाले दक्षिणी राज्य टेनेसी अप्रजातान्त्रिक राज्यको क्रमावलीमा पहिलो स्थानमा रहनुलाई पुष्टि ग¥यो ।
डेमोक्रेटिक पार्टीका तीन जना समर्थकहरू–दुई जना अफ्रिकी–अमेरिकी जस्टिन जोन्स र जस्टिन पियरसन अनि एक जना गोरा ग्लोरिया जनसनलगायतले संसद् भवनमा कडा बन्दुक कानुनको माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन आयोजना गरेका थिए । विशेषतः बालबालिका र युवाहरू सहभागी भएको प्रदर्शनका उनीहरूले सांसदहरूसमक्ष कडा बन्दुक कानुन बनाउन माग गरेका थिए । नासभिल्लेको क्रिस्चियन आधारभूत विद्यालयमा गोली काण्डमा तीन स्कूले बालबालिका र तीन जना वयस्कहरू मारिएपछि कडा बन्दुक कानुनको मुद्दा अझ उजागर भएको हो ।
जोन्स, पियरसन र जनसनले संसद् भवनमा बिनाअनुमति मञ्चमा गएर नाराबाजी गरेका थिए । उनीहरूले वक्ताले बोल्न प्रयोग गर्ने माइकबाट समेत आफ्ना कुरा राखेका थिए । उनीहरूको अचानकको यस्तो गतिविधिले संसद्को बैठक केही समय रोकिएको थियो । यस्तो काम गर्नु संसद्को नियम कानुनको उल्लङ्घन पक्कै हो । तर, त्यसप्रति रिपब्लिकनहरूको प्रतिक्रिया आवश्यकताभन्दा बढी थियो । यो घटनाबारे उनीहरूले यथास्थितिको पक्षपोषण गरेर चर्का चर्का कुरा गरेका छन् ।
विवेकसम्मत अमेरिकामा यस्ता गतिविधि गरेबापत जरिवाना तिराउने अथवा सेन्सर लागु गर्ने कदम चाल्नु उपयुक्त कारबाही हुनसक्छ । रिपब्लिकनहरूले यस्ता गतिविधिलाई बेवास्ता गर्दै बरु प्रदर्शनकारीहरूले उठाएका मुद्दाको उचित सम्बोधन गर्नुपथ्र्यो । संरा अमेरिकामा बन्दुक हिंसा अझै उस्तै छ र त्यसले अझ कति निर्दोष मानिसको ज्यान लिने हो, कुनै टुङ्गो छैन ।
तर, यो सन् २०२३ हो । यहाँ विवेक भेटाउन मुस्किल छ । सन् २०१५ मा डोनाल्ड ट्रम्प राष्ट्रपति भएदेखि अमेरिकी राजनीतिमा विवेक नामको कुनै कुरा भेटाउन हम्मेहम्मे छ ।
नैतिकवान मानिसले जब सबै कुरा बुझ्नेछन्, टेनेसीमा ग्रान्ड ओल्ड पार्टीको व्यवहार अहिले अधिकांश पार्टी सदस्यले ठानिरहेको भ्रम मुक्त हुनेछन्, तब जातिवादको यस्ता रूपमा अस्वीकार्य हुनेछ र यसले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्नेछ ।
टेनेसीमा यस्तो घटना यो अन्तिम पक्कै हुनेछैन । किनभने, अमेरिकीहरूलाई कालो इतिहासको बहुला भूतले छोडेको छैन । त्यहाँ जातिवादलाई फेरि पनि विजेता राजनीतिको चाँडै व्याख्या गरिनेछ ।
संसद् भवनबाट पियरसन र जोन्सलाई बहुमत सांसदहरूले निष्काशन गरेका थिए । तर, जोन्सनलाई भने आफ्ना कुरा राख्न दिइएको थियो । पियरसन र जोन्स दुवै कालो वर्णका हुन् भने जोन्सन गोरो वर्णका । जोन्सनलाई निलम्बन गर्न रिपब्लिकन सांसदहरूको सङ्ख्या पुगेको थिएन । उनीहरूको यस्तो विभेदकारी व्यवहार लोकतन्त्रप्रतिको नग्न आक्रमण थियो । जस्टिन जोन्स र पियरसनको निलम्बनप्रति टेनेसी राज्यका दुई ठूला सहरले संसद्मा आफ्ना प्रतिनिधि गुमाएका छन् । जोन्सले राजधानी नासभिल्लेका झन्डै ७८ हजार जनताको प्रतिनिधित्व गर्दै आएका थिए भने पियरसन मेमफिसका ७० हजार जनताका सांसद थिए । योभन्दा चिन्ताको विषय उनीहरूको निलम्बनले अमेरिकामा खुला जातिवाद उदाङ्गिएको छ ।
अझ चकित पार्ने खुलासा त जोनसनले अमेरिकी सञ्चारमाध्यम सीएनएनलाई ‘आफू ६० वर्षकी गोरी महिला भएकीले निष्काशनमा नपरेको’ भन्दै बचाउ गरिन् भने पियरसन र जोन्स दुवै जना कालो वर्णका युवा हुन् ।
यो अत्यासलाग्दो अभिव्यक्तिले अमेरिकी प्रणालीभित्र जातीय विभेदमात्र उदाङ्गो बनाएको होइन बरु यसले आगामी भविष्यमा ढुकिरहेको खतरालाई पनि औँल्याएको छ । काला र गोरालाई गर्ने विभेदकारी व्यवहारले अमेरिकाको कालो इतिहासको तीतो स्मरण गराएको छ । यसले भविष्यप्रति सबैलाई चिन्तित बनाएको छ ।
रिपब्लिकनहरूले टेनेसीको संविधानको धारा (२) को उपधारा (१२) लाई टेकेर सांसदहरूलाई कारबाही गरेको उल्लेख छ । सो कानुनी धारामा संसद्ले प्रक्रिया सञ्चालन गर्न आफ्नै नियम बनाउन सक्ने, ‘गलत व्यवहार गर्ने सदस्यलाई कारबाही गर्न सक्ने’ र दुईतिहाइ बहुमतले सांसदलाई निलम्बन गर्नसक्ने उल्लेख छ ।
निःसन्देह रिपब्लिकनहरूले जातिवाद नै यो कदमको कारक भएको खुलारूपमा स्वीकार गरेका छैनन् । बरु उनीहरूले यसलाई ‘संसद्को अव्यवस्था र अपमान’ को रूपमा व्याख्या गरेका छन् । संसद्का सभामुख क्यामरोन सेक्सटनले तीन डेमोक्रेटहरूको व्यवहारलाई जनवरी ६ मा अमेरिकी सङ्घीय संसद् क्यापिटलमा भएको घटनासँग तुलना गर्दै ‘हेर्ने दृष्टिकोणमा निर्भर रहने, क्यापिटल हिलको घटनाभन्दा खराब भएको’ प्रतिक्रिया दिएका थिए ।
उनको शब्दको छनोटले टेनेसी राज्यको मामिलाबारे सबैले बुझ्नुपर्ने कुरा खुलाएको छ । तथापि, यो लज्जास्पद घटनासँग जोडिएको खास प्रश्न भने रिपब्लिकनहरूले आफ्नो निर्णयलाई किन विजेताको निर्णय ठान्छन् भन्ने कुरा गम्भीर छ ।
यसको उत्तर सरल र चकित पार्ने खालको छ : संरा अमेरिकामा जातिवादको समस्या अझ सघन बन्दै छ । दासमोचनलाई छोडेर संरा अमेरिकाका धेरै मानिस आफ्नो देश जातीय र वैचारिकरूपमा बदलिरहेकोमा कम मात्र खुसी छन् । विशेषतः जातिवादको अलगै इतिहास बोकेका दक्षिणी राज्यहरूमा यो समस्या अझ बल्झिएको छ ।
हालैका वर्षमा संरा अमेरिकाको ग्रान्ड ओल्ड पार्टी (जीओपी) सङ्घीय र राज्य तहमा अझ बढी जातिवादी बनेको छ । यो अवस्थालाई चुनौती दिन पार्टीभित्र कोही पनि अघि सरेको देखिएको छैन । यस विषयमा बोल्ने केही मानिस या त त्यहाँबाट बिदा भइसकेका छन् भने कोही बोलेर खतरा मोल्न चाहँदैनन् ।
नैतिकवान मानिसले जब सबै कुरा बुझ्नेछन्, टेनेसीमा ग्रान्ड ओल्ड पार्टीको व्यवहार अहिले अधिकांश पार्टी सदस्यले ठानिरहेको भ्रम मुक्त हुनेछन्, तब जातिवादको यस्ता रूपमा अस्वीकार्य हुनेछ र यसले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्नेछ ।
टेनेसीमा यस्तो घटना यो अन्तिम पक्कै हुनेछैन । किनभने, अमेरिकीहरूलाई कालो इतिहासको बहुला भूतले छोडेको छैन । त्यहाँ जातिवादलाई फेरि पनि विजेता राजनीतिको चाँडै व्याख्या गरिनेछ ।
(लेखक बेलायतका राजनीतिक विश्लेषक र टिप्पणीकार हुन् । उनले बर्मिङ्घम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरेका छन् । संरा अमेरिकी मामिलामा उनी विज्ञता राख्छन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज
Leave a Reply