कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २ वैशाख । ‘झिगु ख्वप दे’ सांस्कृतिक पुचःको प्रस्तुति ‘झिगु ख्वप दे’ नामक म्युजिक भिडियोको विमोचन नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शनिबार गर्नुभयो ।
कार्यक्रममा अतिथि गोसाईले गीत–सङ्गीतले विगतका कला, संस्कृति सम्पदा र घटनाक्रमको प्रतिनिधित्व गर्ने र प्रत्येक नाटक र गीतले इतिहास बोकेको हुन्छ भन्नुभयो ।
उहाँले गीत साहित्यमा आलोचना र आत्मआलोचना आवश्यक भएको धारणा राख्दै आलोचनाबाट साहित्य परिष्कृत हुने बताउनुभयो ।
बासु माविका प्राचार्य अम्बिका न्याइच्याईले सांस्कृतिक परम्परा, धर्म र संस्कृतिको उजागर गर्न म्युजिक भिडियो सफल हुने आशा प्रकट गर्नुभयो ।
ब्यासी सांस्कृतिक समूहका अध्यक्ष तथा म्युजिक भिडियोका कलाकार राजकुमार लघुले हाम्रो साहित्य तथा गीत रचनाले कामदारवर्गको भावना प्रतिनिधित्व गर्न सकेमात्र जनताको सेवा हुन्छ भन्नुभयो ।
म्युजिक भिडियो गीतका रचयिता कुमार लघुले ‘झिगु ख्वप दे’ म्युजिक भिडियोले यहाँका कला संस्कृति र सम्पदा को ‘शान’ अझ बढाउने विचार प्रकट गर्नुभयो ।
‘झिगु ख्वप दे’ सांस्कृतिक पुचःका अध्यक्ष, गायक एवम् सङ्गीतकार राजाराम वासीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय गणेशप्रसाद सुवाल, म्युजिक भिडियोका कलाकार लक्ष्मण ग्वाछा र रोजी लघुले पनि बोल्नुभएको थियो ।
Leave a Reply