भर्खरै :

नेमकिपाका अध्यक्ष कामरेड रोहितको प्रवास जीवनः एक सङ्क्षिप्त अध्ययन – ३

नेमकिपाका अध्यक्ष कामरेड रोहितको प्रवास जीवनः एक सङ्क्षिप्त अध्ययन – ३

नेमकिपाको स्थापना नभएको भए ‘कम्युनिस्ट’ भनिएका सबै पार्टीहरू हिजै पुँजीवादी दलमा पतन भएको सत्य बुझ्नसमेत कामदार जनतालाई गाह्रो हुने थियो । देशमा दुई वा तीन पार्टी तानाशाही, पुँजीवादी प्रजातन्त्र, ‘जनताको बहुदलीय जनवाद’, संशोधनवाद, सुधारवाद र अराजकतावादको खण्डन हुने थिएन । उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने, क्रान्तिकारी भूमिसुधार, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, कामदारवर्गको हुकुमजस्ता समाजवादी सिद्धान्तबाट जनता टाढै रहन्थे । कम्युनिस्ट विचारको प्रचार पछि पथ्र्यो । ती पुँजीवादी ‘कम्युनिस्ट’ पार्टीहरूले कामदार जनता र पार्टी कार्यकर्ताहरूलाई योग्यताअनुसारको काम र आवश्यकताअनुसार वितरण हुने, किसान र मजदुरको भेद हट्ने, शारीरिक तथा बौद्धिक कामको भेद हट्ने, गाउँ र सहरको भेद हट्ने तथा राज्यविहीन समाजको स्थापना हुने जस्तो आदर्श समाज अर्थात्् साम्यवादको जानकारीबाट बञ्चित नै राखेका थिए । समयमै नेमकिपा स्थापना नभएको भए तथाकथित वाम र प्रजातान्त्रिक पार्टीहरू मजदुर र किसान जनताविरोधी प्रतिक्रियावादी पार्टीहरूमा पतन भई सक्थे ।
प्रवासमा बस्दा का. रोहितका लागि पुस्तक पसल र दरभङ्गा राजाको पुस्तकालयनै अध्ययन सामग्री जुट्ने ठाउँ थिए । काठमाडौँबाट र विराटनगरबाट पनि साथीहरूले पुस्तक ल्याउँथे । लखनऊ, कानपुर र पटनाबाट पनि पुस्तक ल्याइन्थे । भारतीय कम्युनिस्ट पार्टीहरूको प्रकाशन र मुखपत्रहरू, जनसङ्घको ‘पाञ्चजन्य’, जर्ज फर्नान्डिजको ‘प्रतिपक्ष’ बम्बइदेखि कलकत्तासम्मका दैनिक र साप्ताहिकहरूको उहाँ अध्ययन गर्नुहुन्थ्यो । भारत जानुभन्दा पहिले विद्यार्थीकालमै उहाँको अध्ययन अगाडि बढिसकेको थियो । भारत पुग्नुभन्दा पहिले नै भारतीय, रुसी, चिनियाँ, भियतनामी, कोरियाली, ल्याटिन अमेरिकी साहित्य र पुस्तकहरू पढ्नु भएको थियो । भारतमा पनि विदेशी पुस्तकहरू पढ्नुहुन्थ्यो । विविध विषयका पुस्तकहरू प्राप्त हुन्थे । भारतकै विषयमा रजनी पाम दत्तको ‘आजका भारत’ र नमुन्दरीपादको ‘गान्धी और उनका वाद’, यशपालको ‘गान्धीवादकी शव परीक्षा’, मालवीयको ‘आँखो देखा केरला’ आदिआदि पुस्तक पढ्नु भएको थियो ।
प्रवास जीवनमा नारायणमान बिजुक्छेंले रोहित सिंहको उपनाम राख्नुभएको थियो । राजनीतिक जीवनमा आज पनि उहाँ रोहित नामबाट बढी परिचित हुनुहुन्छ । प्रवास जीवनमा धेरैजसो उहाँसँगै बस्ने नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईले जीवन थापा उपनाम राख्नुभएको थियो । भारतको दरभङ्गा जिल्लाको दोनार चोक, लहरिया सराया र भगवानदास मोहला, मिश्रा टोलमा उहाँहरूको बसाइ थियो । जहाँ भारतीय प्रहरी प्रशासनले सदा उच्चनिगरानी राख्थ्यो ।
६ सेप्टेम्बर १९७६ (वि.सं. २०३२) का दिन दोनार चोकको एउटा घरमा खाना खाएर छलफल गरी बस्नु भएको बेला राती ९ः३० बजे भारतीय प्रहरीले घेरा हाल्यो । करिब ५०–६० जनाको सङ्ख्यामा आएका प्रहरीहरू कोठाभित्र पसे र तिनीहरू अपमानजनक ढङ्गमा प्रस्तुत भए । “भारतमा बसेर चीनको समर्थन गर्ने तिमी नेपालीहरू ! भारतको खाना खाएर चीनलाई सहयोग गर्ने ?” भनी ती प्रहरीहरूले फतुर लगाए । प्रतिप्रश्नमा उहाँले भन्नुभयो, “तिमीहरूको सित्तैमा अरू त के नुन पनि खाएका छैनौं । विश्वका सबै जनताको न्यायोचित आन्दोलनको हामी समर्थन गर्छौँ । भारतबाट बेलायती उपनिवेशवादीहरू धपाउनलाई कैयौँ नेपालीले सहयोग गरेका थिए, आन्दोलनमा भाग लिएका थिए ।” खानतलासी लिन आएका प्रहरीहरूलाई रोहितले इतिहासका अनकौँ सत्यतथ्य घटना बताउनुभयो । एक एक गर्दै पुस्तकहरू देखाउनु भयो । उहाँले विशेषगरी लेनिन, स्तालिनका पुस्तकहरू अगाडि राख्नुभयो । खानतलासी करिब डेढ घण्टासम्म चालू रह्यो । उक्त खानतलासी पुर्जीमा निम्नानुसार विवरण उल्लेख छ ः
१) खानतलासीको मिति र समय ६÷९÷सन् १९७६, राति ९ः३० देखि १०ः४५ सम्म
२) खानतलासी लिइएको व्यक्तिको नाम र ठेगाना १) श्री रोहित सिंह
दिवङ्गत श्री राम सिंहको छोरा
मरु टोल, काठमाडौँ (नेपाल)
२) श्री जीवन थापा
दिवंगत श्री हरि थापाको छोरा
काठमाडौँ (नेपाल)
हालै दरभङ्गा जिल्ला, लहेरिया सराया, मोहला – गंगासागरस्थित फिडु बुरीको घरमा भाडामा बसिरहेका
३) खानतलासी गर्दाको साक्षीहरूको नाम र ठेगाना १) श्री रामचन्द्र प्रसाद
श्री नधा प्रसादको छोरा
२) श्री राजेन्द्र चौधरी
श्री सोमलाल चौधरीको छोरो
दुवै दरभङ्गा जिल्ला लहेरिया सराय, मोहला – गंगासागर निवासी
४) भेटिएका वस्तुहरूको विवरण कुनै आपत्तिजनक वस्तु बरामद भएन । न त पुलिसले कुनै वस्तु नै लगेको छ ।
५) साक्षीहरूको हस्ताक्षर १) राजेन्द्र चौधरी
२) रामचन्द्र प्रसाद
६÷९÷१९७६
६) पुलिस अफिसरको हस्ताक्षर (एक प्रति दिइयो)
१. रोहित सिंह ६÷९÷१९७६
२. जीवन थापा ६÷९÷१९७६

प्रवासमा रहँदा नेपाली गुप्तचर र भारतीय प्रहरी प्रशासनसँग मात्र लुकामारी खेल्नुपरेको थिएन । बरु भौतिक जीवन नै अन्त्य गर्ने उद्देश्यले उहाँहरूमाथि विभिन्न पटक आक्रमण पनि भयो । यस्तै निन्दनीय घटनामध्ये एक हो – सन् १९७८ अगष्ट ३१ (२०३५ भदौ) को दिन गोली काण्ड । भारतको गोरखपुरमा सम्पन्न किसान भेला लगत्तै रोहितको ज्यान लिने उद्देश्यले उहाँमाथि गोली हानिएको थियो । किसान भेलामा व्यापक मजदुर किसानहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउने कि तत्काल सशस्त्र गतिविधि गर्ने भन्ने विषयमा चर्काचर्की बहस भएको थियो । किसान भेलाले सशस्त्र गतिविधि गर्ने प्रस्ताव अस्वीकार गरेको थियो ।
उहाँ रातभरि किसान भेलाको छलफलमा सहभागी हुनुहुन्थ्यो । भेला सकेर पार्टी अफिसमा आएर पल्टिनुभयो । उहाँ निदाइ हाल्नुभयो । दायाँ हात तकिया बनाउनुभएको थियो । समय लगभग १०–१०ः३० बजेको थियो । उहाँको हातमा घडी थिएन । गोलीको ठूलो आवाजले उहाँ निद्राबाट बिउँझनुभयो । बिउँझिन्दा कोठामा पूरै धुँवा भरिएको थियो । हावा बहेपछि एकैछिनमा ढोका देखिन थाल्यो । ढोका नाघ्न खोज्दा उहाँले असजिलो अनुभव गर्नुभयो । ढोकाको सङ्घार नाघ्न खोज्दा बायाँ खुट्टा उचाल्दा गाह्रो महसुस भयो । उहाँले आपैmँलाई नियाल्नुभयो । लुँगी प्वाल परेको थियो, रगत बगिरहेको थियो । बायाँ हातको बुढी औँलासहितको हत्केला सुन्निएर रगत बग्दै थियो । बाहिर मानिसहरू जम्मा भइसकेका थिए । उहाँले केही मेसो पाउनुभएको थिएन । के भएको भनी सोध्दा एकजना मानिसले ‘स्टोभ पड्केको’ बतायो । त्यहाँका मानिसहरूले तत्काल उहाँलाई रिक्सामा क्लिनिक पु¥याए ।
डाक्टरले तत्काल सलाइन पानी चढाउन सुरु ग¥यो । डाक्टरले सोध्दा उहाँले ‘स्टोभ पड्केको भन्छन्’ भन्नुभयो । डाक्टरको थप प्रश्नमा उहाँले यति भन्न सक्नुभयो, “म एक्लै सुतेको थिएँ ।” बायाँ हात र बायाँ तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । क्लिनिकको डाक्टरले २–३ बजेतिर सरकारी अस्पतालमा जानु भनी पत्र लेख्यो । माने भन्ने व्यक्तिले उहाँलाई रिक्साबाट अस्पतालमा लैजान लाग्यो । बाटो छेउको रुखमुनि उहाँलाई रिक्सामै राखेर पैसा लिन गयो । रिक्साको पाउदानी उहाँको रगतले भरेको थियो । झन्डै आधा–एक घण्टामा प्रहरी आइपुग्यो । उहाँलाई अस्पताल होइन, प्रहरी कार्यालयमा लग्यो । उहाँको डेरा खोजी दिने ‘भाञ्जा’हरूलाई प्रहरीले नराम्री पिटे । उहाँले भन्नुभयो, “म नेपालको कम्युनिस्ट हुँ । हामी प्रजातन्त्रको निम्ति लड्दै छौँ । यिनीहरूको केही दोष छैन । डेरा खोजिदिएका हुन् । म पार्टीको नेता हुँ ।”
पार्टी कार्यालयमा छापा मारी खानतलासी लिइसकेको थियो । धेरै देशी–विदेशी कम्युनिस्ट साहित्य बरामद भए । त्यसबेला भारतको नक्सलवाडी आन्दोलनबारे एक पुस्तक लेख्ने उद्देश्यका साथ उहाँले पुस्तक, पर्चा र दस्तावेजहरू जम्मा गर्नुभएको थियो । ती सङ्कलित सामग्रीको आधारमा सुरुमा प्रहरीले उहाँलाई पनि ‘भारतीय नक्सलवाडी’ सम्झेको थियो । उहाँले त्यो आरोप अस्वीकार गर्नुभयो । बयानपछि मात्र उहाँ गोरखपुर सरकारी अस्पतालमा लगिनु भयो । साँझको ४–५ बजिसकेको थियो । डाक्टरले हातका पट्टी खोलेर हेर्नासाथै ‘बारुदको गन्ध’ भनी कागजमा टिप्यो । तब बल्ल उहाँले आफूलाई गोली लागेको थाहा पाउनुभयो । अस्पतालले उहाँलाई आफ्नो एक्सरे पनि देखाएन । पछि दरभङ्गा अस्पतालमा लिइएको एक्सरे मात्र उहाँले हेर्न पाउनुभयो । हातमा एउटा र खुट्टामा २÷३ वटा पिलेट (उभििभत) वा गोली रहेको थाहा पाउनुभयो । हातमा एउटा गोली (पिलेट) र तिघ्रामा दुई तीनवटा पिलेट अझै पनि उहाँको शरीरमा बाँकी छन् । गोरखपुर अस्पतालमा तल्लो तिघ्राको एउटा गोली झिकेको थियो । सिसीमा राखिएको त्यो पिलेट गोरखपुर अस्पतालमै राखियो ।
उहाँ हतियार बोक्नु हुन्थेन । साथै पार्टी कार्यालयमा कुनै हतियार नराख्न आदेश दिनुभएको थियो । हतियार बोक्ने र राख्ने पार्टीले कहिल्यै निर्णय गरेको थिएन । व्यक्तिगतरूपले उहाँसँग कसैसँग झगडा भएको थिएन । एक रात अगाडिको बैठकमा केही व्यक्तिहरूले व्यक्तिहत्या र ‘मनिआक्सन’ अर्थात् डकैती गर्नेजस्ता अराजकतावादी प्रस्ताव अगाडि सारेका थिए । त्यो नीतिलाई बैठकको बहुमतले अस्वीकार गरेको थियो ।
अस्पतालमा उहाँलाई नदुख्ने वा अचेत हुने औषधि खुवाइएको थियो । जहिले बिउँझे पनि बत्ती बलिरहेको देख्नुहुन्थ्यो । अस्पताल भर्ना भएपछि डाक्टरहरू र मेजिस्ट्रेट अफिसका अधिकारीहरू उहाँकै शैयामा छलफल गर्दै थिए । “नेपाल सरकारले सुपुर्द गर्न मागेको छ, फर्कने हो वा होइन ?” भनी सोध्दा उहाँले भन्नुभयो, “म राजनीतिक नेता हुँ र प्रवासमा काम गर्दै छु, म अहिले नेपाल फर्कन्नँ ।” उहाँलाई भारतीय प्रहरीको २४ सै घण्टा कडा पहरा हुन्थ्यो ।
सम्भवतः २–४ दिनपछि अधिकारीहरूले उहाँलाई “भात पकाउने को हो ? उसको आँखा कस्तो छ ? खुट्टा कस्तो छ ?” भनी सोधेका थिए । “म सुतिरहेको थिएँ, मैले केही देखिनँ” भन्ने उहाँको जवाफ थियो । मुद्दा ‘एटेम्ट टु मर्दर’ थियो वा हत्या गर्ने उद्देश्यको थियो । घटनामा कोही पक्राउ परेन । गोली हान्ने व्यक्ति भारत सरकारलाई थाहा हुनैपर्छ । उहाँहरूले गोरखा भर्तीमा आएका नेपाली भारतीय सैनिकहरूमाझ पनि गोरखपुरमा सङ्गठन विस्तार गर्ने उद्देश्य राख्नुभएको थियो । सम्भवतः सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्ने उहाँले अनुमान गर्नुभयो ।
त्यसबेला अशोक भन्ने व्यक्ति र उहाँ दुई जना कोठामा बसेर पेस्तोल हेरिरहँदा या चलाइरहँदा घटना भएको हल्ला चलाइयो । त्यस्तो झूटा हल्लाको बारेमा आज पनि उहाँ भन्ने गर्नुहुन्छ, “सुतिरहेको व्यक्तिले कसरी पेस्तोल खेलाउँछ ? साथै नसुतेको अवस्थामा कसरी हात र तिघ्रामा एकैबाजी गोली लाग्छ ?” सम्भवतः गोली झ्यालबाट वा ढोकाबाट हानेको हुनुपर्छ । यदि कसैले घटनाबारे ढाँट्ने प्रयास गर्छ भने त्यो उसको अपराध लुकाउने मनोविज्ञान मात्रै हुनसक्छ ।
गोलीकाण्ड भएको हुँदा सुरुमा चिकित्सकहरू र साधारण जनता उहाँलाई हतियार व्यापारी, बम बनाउने भनी गाली गर्थे । प्रतिवाद गरेपछि तिनीहरूले उहाँलाई एक राजनीतिक नेता र कार्यकर्ता भएको बुझे । त्यहाँको एकजना नर्सले उहाँलाई सानो सेतो चक्की ‘सुताउने औषधि हो’ नखानुस् भनी गोप्यरूपमा सल्लाह दिइन् । तिनीबाटै उहाँले त्यहाँ ‘कम्युनिस्ट’ वा वामपन्थी चिकित्सक पत्ता लगाउनुभयो । आफ्नो स्वास्थ्य स्थिति थाहा पाउनुभयो । भारतमा पुँजीवादी व्यवस्था भएको हुँदा पैसा नदिनेहरूको राम्रो उपचार हुँदैनथ्यो । घाउ पाक्यो । कपास, गज र कैँची आदि राम्रो सफा (कतभचभष्किभम) गरिएको हुँदैनथ्यो । वामपन्थी विचारप्रति आस्थावान उपचारकर्मी आएपछि घाउको राम्रो उपचार गराउन पाउनुभयो ।
शरीरको तौल घट्दा गोली छालाको नजिक पुग्ने होला, बायाँ कोल्टे फेरि सुत्ने बेलामा उहाँ हिजोआज अप्ठेरो वा घोचेको अनुभव गर्नुहुन्छ । सर्जनहरूले सल्लाह दिएका थिए, “घाउ गरेर गोलीका पिलेट निकाल्ने होइन, केही गरी घाउ पाक्यो र दुःख दियो भने मात्र निकाल्नु आवश्यक हुन्छ । बाहिरबाट गोली पस्दा आगो भएर पसेको हुन्छ । त्यसलाई शरीरको झिल्लीले छोपेर राखेको होला ।” अप्ठेरो नभएसम्म उहाँ शरीरमा गोली भएकै बिर्सिनुहुन्छ । त्यसो त आफ्नो शरीरमा गोली बाँकी रहेको चर्चाको विषय बनाउन आवश्यक नै ठान्नु हुन्न । घटना घट्यो । उहाँले त्यसको राजनीतिक शिक्षा लिनुभयो । यो अराजकतावादी दृष्टिकोण कम्युनिस्ट आन्दोलनको निम्ति घातक विचार हो । साम्राज्यवादीहरूले रुसी समाजवादी क्रान्तिमा फुट ल्याउन र जर्मनीको राइखस्टाग वा संसद््को आगलागीमा हिटलरहरूले अराजकतावादीहरूलाई नै प्रयोग गरेका थिए ।
गोरखपुर गोलीकाण्डको दस वर्षपछि पञ्चायती राज्यले उहाँमाथि ज्यान मुद्दामा फसाउने षड्यन्त्र ग¥यो । राज्यस्तरको षड्यन्त्रअनुसारै उहाँलाई फाँसी दिनुपर्ने माग गर्दै स्वयम् तात्कालीन कार्यपालिका प्रमुख प्रधानमन्त्री मरिचमान सिंह र व्यवस्थापिका प्रमुख राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीसमेतले सडकमा ‘रोहितलाई फाँसी दे ¤’ भनी नाराबाजी गरे । पञ्चायती सरकारले झूटा मुद्दामा फसाई पक्राउ ग¥यो । उहाँ र पार्टीका साथीहरूले अनाहकमा निर्मम शारीरिक तथा मानसिक यातना भोग्नुप¥यो । निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने शक्तिलाई देशी वा विदेशी प्रतिक्रियावादीहरूले आफ्नो शत्रु सम्झनु, आँखाको कसिङ्गर सम्झनु र आफ्नो स्वार्थको बाधा सम्झनु नौलो कुरा थिएन । हरेक युग, समय र समाजमा प्रतिगामी र प्रगतिशील विचारको बिचमा सङ्घर्ष भइरहन्छ । कोठामा बिहानीलाई रोक्न झ्याल ढोका थुनेर बसेपछि पश्चिमको झ्याल ढोकाको कापकापबाट पनि प्रकाश छिर्ने गर्छ । नेमकिपाको विरोधमा अहिले पनि प्रतिक्रियावादीहरू सक्रिय छन् । का. रोहितलाई झूटा मुद्दामा फसाई फाँसी मागेको एक दशकपछि नेमकिपाको नेतृत्व सिध्याउन योजनाबद्धरूपमा फेरि भक्तपुरमै गोलीकाण्ड रचियो । पौराणिक र लोककथाहरूमा नकारात्मक शक्तिहरूले आ–आफ्ना रूपहरू फेरेर आक्रमणका योजनाहरू बनाइरहन्छन् भनेजस्तै आज पनि ती वर्गशत्रु र राजनीतिक शत्रुहरूले ठूलठूला पार्टीहरूको पर्दाभित्र बसी नेमकिपामाथिको आक्रमण र विरोधलाई चालु नै राखेका छन् भन्ने ती उदाहरणहरू हुन् । जनताको सङ्घर्ष खुला र गुप्तरूपले समाजमा वर्ग र विचार भिन्नता रहेसम्म चालू रहन्छ ।
२०३६ सालमा जनमतसङ्ग्रहको घोषणा भयो । २४ भदौ २०३६ सालको आन्दोलनपछि पञ्चायती सरकारले प्रवास र भूमिगत बसेका राजनीतिक नेता र कार्यकर्ताहरूलाई पक्राउ पुर्जी सबै फिर्ता लिई आममाफी दियो । जेलका राजनीतिक बन्दीहरू छुटे । त्यसपछि नेमकिपाले अध्यक्ष रोहित कार्यकर्ताहरूसँगै देशभित्रै बसेर सङ्घर्ष गर्ने निर्णय ग¥यो । उहाँ प्रवासबाट स्वदेश फिर्ता हुनुभयो । जनमतसङ्ग्रह र पछिका आन्दोलनहरूमा उहाँ देशभित्रै सक्रिय हुनुभयो ।
निष्कर्ष
नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन गर्दै अध्यक्ष रोहितले एक असल र निष्ठावान कम्युनिस्टको नाताले देशभित्र सङ्घर्षलाई अगाडि बढाउनुभयो । प्रवासमा पनि सैद्धान्तिक तथा व्यावहारिक सङ्घर्षमा उहाँ दृढतापूर्वक अगाडि बढ्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनलाई सही मार्गमा डो¥याउन प्रवासबाटै महत्वपूर्ण कृतिहरू दिनुभयो । तसर्थ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितको प्रवास जीवनबारे व्यवस्थित सोधखोज, अध्ययन, अनुसन्धान एवम् अभिलेखहरू सुरक्षित गर्नु वाञ्छनीय छ । माक्र्सवाद, लेनिनवाद तथा माओ विचारधाराको आधारमा नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नेपाल मजदुर किसान पार्टीले गरेको सैद्धान्तिक तथा राजनीतिक सङ्घर्ष र व्यावहारिक प्रयोगबारे गहिरो अध्ययनको लागि उहाँको प्रवास जीवन एक महत्वपूर्ण अध्याय हुनसक्छ । उहाँको युवा उमेरका सक्रिय, ऊर्जावान तथा सङ्घर्षपूर्ण दिनहरूको अध्ययनले देशमा आमूल परिवर्तनका निम्ति नयाँ पुस्तालाई उत्साहित, जागरुक तथा जिम्मेवार बनाउने विश्वास छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *