नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
बुधबार खोज पत्रकार सेमोर हर्सले ‘सबस्ट्याक’ पत्रिकामा एउटा रिपोर्ट प्रकाशित गरे । युक्रेनमा भ्रष्टाचारको बिगबिगी रहेको र अमेरिकी सहयोगको हिनामिना भएको विषयमा सीआईएलाई जानकारी थियो भनी पत्रकार हर्सले रिपोर्टमा दाबी गरेका छन् ।
युक्रेन सरकारले जनताबाट उठाएको कर रुसबाट डिजल किन्नमा खर्च गर्दै आएको छ । त्यो डिजल उसले सैन्य प्रयोजनमा लगाउँछ । हर्स लेख्छन्, “जेलेन्स्कीले जनताबाट उठाएको करको रकमले रुसबाट इन्धन किन्दै छन् । जब कि वासिङटनसँग मिलेर उसैसँग युद्धमा पनि छन् । यो यात्रामा युक्रेनी राष्ट्रपति र उनका सहयात्रीहरूले डिजलको मूल्य भुक्तानी गर्न अमेरिकाले दिएको करोडौँ डलर रकम कुम्ल्याइरहेका छन् ।”
एक सीआईए विश्लेषकको अनुमानलाई उद्धृत गर्दै हर्सले गत वर्ष मात्र युक्रेनमा कम्तीमा ४० करोड अमेरिकी अनुदानको हिनामिना भएको लेखेका छन् । स्रोतको हवाला दिँदै हर्सले युक्रेनी अधिकारीहरू विश्वभरिका निजी हतियार डिलरहरूसँग निर्यात सम्झौताका लागि फर्जी कम्पनीहरू खोल्ने ‘होडबाजी’ मा उत्रेको उल्लेख गरेका छन् ।
सीआईए निर्देशक विलियम बन्र्स र जेलेन्स्कीबिच गत जनवरीमा भएको बैठकमा भ्रष्टाचारको मुद्दा उठेको थियो । सो बैठकबारे जानकारी पाएका गुप्तचर अधिकारीले हर्सलाई बन्र्सले जेलेन्स्कीलाई अचम्मलाग्दो सन्देश दिएको बताए ।
हर्स लेख्छन्, “किभका उच्च जनरल र सरकारी अधिकारीहरू जेलेन्स्कीको लोभ देखेर क्रुद्ध छन् किनभने जेलेन्स्कीले जनरलहरूले पाउने रकमभन्दा ठूलो भाग लिइरहेका छन् । बैठकमा बन्र्सले युक्रेनी राष्ट्रपतिलाई यही कुरा सुनाए ।”
बैठकमा बन्र्सले राष्ट्रपति जेलेन्स्कीलाई सीआईएलाई थाहा पाएअनुसार भ्रष्टाचारमा मुछिएका ३५ जनरल र उच्च सरकारी अधिकारीहरूको नामावली दिएका थिए । प्रतिक्रियामा जेलेन्स्कीले खुलमखुला भ्रष्टाचारमा संलग्न १० जना अधिकारीहरूलाई बर्खास्त गरेका छन् । गुप्तचर अधिकारीले भने, “बर्खास्त भएका दसजनाले आफ्ना नयाँ मर्सिडिज कारमा किभवरपर डुल्दै आफ्नो सम्पत्तिबारे निर्लज्ज भई धाक लगाइरहेका थिए ।”
हर्सले जेलेन्स्कीको ‘आधा मनको प्रतिक्रिया’ र ह्वाइट हाउसमा ‘चासोको अभाव’ ले गर्दा केही अमेरिकी गुप्तचर अधिकारीहरू आक्रोशित भएको लेखेका छन् । एक गुप्तचर अधिकारीले हर्ससँग बोल्दै राष्ट्रपति बाइडेनका दुई प्रमुख विदेशनीति सल्लाहकार परराष्ट्रमन्त्री एन्टोनी ब्लिङकेन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको आलोचना गरे ।
अमेरिकी अधिकारीले भने, “उनीहरूसँग अनुभव, निर्णय क्षमता र नैतिक बल छैन । उनीहरू झुटैझुट बोल्छन्, कथाकहानी हाल्छन् । कूटनीतिक खण्डन अर्कै कुरा हो ।” ती अधिकारीले ‘ह्वाइट हाउसको नेतृत्व र गुप्तचर समुदायबीच सम्बन्ध चुँडिसकेको’ बताए ।
नर्ड स्ट्रीम पाइपलाइनको विस्फोटपछि नै यो सम्बन्धमा चिरा पर्न थालेको रिपोर्टमा लेखिएको छ । हर्सको यसअघिको रिपोर्टअनुसार सो पाइपलाइन पड्काउने अपरेसन सुरु गर्न राष्ट्रपति बाइडनेले नै आदेश दिएका थिए । अमेरिकी अधिकारीले भने, ‘नर्ड स्ट्रीम पाइपलाइन ध्वस्त पार्ने विषयमा कहिल्यै छलफल भएको थिएन । गुप्तचर निकायलाई यस विषयमा पूर्वजानकारी थिएन ।’ उनले बाइडेन सरकारसँग ‘यो युद्ध अन्त्य गर्ने कुनै कार्यनीति’ नभएको बताए । साथै उनले ब्लिङकेन र सुलिभानको निर्मम खण्डन पनि गरे ।
“बन्र्स समस्या होइनन्,” उनले भने ।
“समस्या बाइडेन र उनका प्रमुख विश्वासपात्र ब्लिङकेन, सुलिभान र तिनीहरूका चाकरीबाजहरू हुन् । उनीहरूले जेलेन्स्कीको आलोचना गर्नेहरूलाई पुटिनपक्षधर बनेको आरोप लगाउँछन् । ‘हामी विकृतिको विरोधमा छौँ । युक्रेन अन्तिम हतियार बाँकी रहुञ्जेल लड्नेछ र लडिरहनेछ ।’ बाइडेन भने अमेरिकीहरूलाई युद्ध हुँदासम्म हतारो नगरी लड्ने कुरा गर्दै छन् ।”
हर्सको रिपोर्ट पेन्टागन र अन्य अमेरिकी सरकारी एजेन्सीहरूबाट अनलाइनमा बाहिर आएका गुप्त दस्तावेजहरूमा आधारित छ । केही दस्तावेजहरूले युक्रेन युद्धको अमेरिकी योजनाबारे प्रकाश पारेका छन् । किभले रुसविरुद्ध सफल प्रत्याक्रमण गर्न नसक्ने अमेरिकी अनुमान थियो भन्ने दस्तावेजहरूले देखाउँछन् । यद्यपि, बाइडेन सरकारले भने सार्वजनिक रूपमा यस निष्कर्षको विपरीत बोल्दै आएका छन् ।
Leave a Reply