भर्खरै :

विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरू पर्यटन आकर्षणको मुख्य आधार

विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरू पर्यटन आकर्षणको मुख्य आधार

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको एकदिने 2nd National Conference of Trend in Architecture- Nepal को शुक्रबार कलेजको सभाहलमा उद्घाटन भएको छ । विश्व सम्पदा दिवसको अवसरमा आयोजित उक्त सम्मेलनको उद्घाटन गरी कलेज सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरूले विभिन्न विषयमा गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले अध्ययन अनुसन्धानमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।
उहाँले उपत्यकास्थित विश्व सम्पदामा सूचिकृत काठमाडाँै, भक्तपुर र ललितपुरको दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भूजस्ता सम्पदाहरू हाम्रा सांस्कृतिक धरोहरहरू भएको बताउँदै नेपालमा रहेका सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरू पर्यटन आकर्षणको मुख्य आधारहरू भएको बताउनुभयो ।
भक्तपुर सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित सङ्ग्रहालयको नाउँमा परिचित नगर भएको बताउँदै उहाँले भक्तपुर नपाले भक्तपुरका लिच्छविकालीन र मल्लकालीन लोपोन्मुख सम्पदाहरूलाई संरक्षण गर्दै लोप भइसकेको सम्पदाहरूको प्राप्त प्रमाणको आधारमा उत्खनन् गरी सुरक्षित राख्ने काम गर्दै आएको छ भन्नुभयो ।
पर्यटकीय क्षेत्रहरूमा विशेष सरसफाइ, समय—समयमा सांस्कृतिक विधाहरूको प्रतियोगिताको आयोजना गर्नुका साथै सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विश्व सम्पदा दिवसको अवसर पारेर ख्वप इन्जिनियरिङ र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजले सम्पदाको महत्वको विषयमा सम्मेलन आयोजना गरेको बताउँदै कलेज स्थापनाको उद्देश्य पूरा गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रमको औपचारिक उद्घाटनपश्चात् भक्तपुर नपाका उपप्रमुख एवम् आर्किटेक्ट रजनी जोशीले प्भथलयतभ ब्ममचभकक गर्नुभएको थियो । सम्मेलनमा १५ वटा विषयमा सहभागीहरूले कार्यपत्र प्रस्तुत गरिने कलेज स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *