भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, ८ वैशाख । नेपाल कर्मचारी समाज जिल्ला समिति, भक्तपुरको आयोजनामा विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर लेनिनको १५४ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार कर्मचारी भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले महालेखा परीक्षकको प्रतिवेदनअनुसार बेरूजू ९ खर्ब, असुल गर्नुपर्ने ३० अर्ब, पेश्की बेरूजु ९ अर्ब रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राजस्वले कर्मचारीलाई तलब दिन नै नपुग्ने भयो । मन्त्रालयका ३१ सहसचिव हाजिर गरेर घर फिर्ता भइरहेको छ । यसले देशको आर्थिक स्थिति र कर्मचारीतन्त्र झल्किन्छ ।”
कर्मचारीहरू ढुलमुल भएर बस्न नहुने सुझाव दिँदै सचिव सुवालले देश र जनताको हितमा कर्मचारीहरू खुलेर राजनीतिमा लागि भ्रष्टाचारीहरूलाई उदाङ्ग्याउनु जरूरी रहेको बताउनुुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीहरू आफ्नो तलब र सुविधा बढाउनेलगायत आर्थिक पक्षमा मात्र केन्द्रित हुनुहुँदैन । पुँजीवादले केही व्यक्तिको मात्र हित हेर्ने भएकोले सबैको हित हेर्ने समाजवादको पक्षमा कर्मचारीहरू लाग्नु जरूरी छ ।”
जागिर खाएर अलिकति बचत गरेका कर्मचारीहरू सेयर कारोबार र बीमा गराउनेतर्फ लागे† यी दुवै पुँजीवादी व्यवस्थाका हातखुट्टा हुन् । कुल मूल्य ४४ खर्ब पुगेको सेयर कारोबार अहिले २७ खर्बमा झ¥यो । साना सेयर कारोबारी समाप्त भइरहेको छ । सेयरमा डुबेकाहरूले आत्महत्या गरिरहेको समाचार छ, उहाँले सतर्क गराउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “अर्बौँ रूपैयाँ ऋण लिनेहरूलाई सस्तोमा ब्याज लगाइएको पनि ‘अग्लोमा थप्ने’ नै हो । कृषिको नाममा सस्तोमा ऋण लिएका र अनुदान पाएकाहरू शासक दलकै आसेपासे बढी छन् ।”
सरकारी कर्मचारीहरू बिल मिलाएर बजेट खाने काममा लागेको हुँदा शासक दलका नेताहरू भ्रष्टाचार गर्न अलिकति पनि नडराएको चर्चा गर्दै उहाँले इमानदार कर्मचारीहरूले भ्रष्टाचारको विरोध गर्नु जरूरी रहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले माक्र्सवादलाई पहिलो पटक सोभियत रूसमा सफलतापूर्वक लागू गर्न लेनिन सफल भएको हुँदा उहाँ विश्व सर्वहारा वर्गका महान् नेता भएको बताउनुभयो ।
निर्वाचनबाट आमूल परिवर्तन सम्भव नहुने, पार्टी बलियो हुन पार्टीका जनवर्गीय सङ्गठनहरू बलियो हुनुपर्ने, क्रान्तिको परिस्थिति तयार नभएसम्म निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्नुपर्ने र प्रतिगामीभन्दा प्रतिगामी सङ्घ–संस्थाभित्र गएर पनि देश र जनताको सेवा गर्ने लेनिनवादको आधारभूत सिद्धान्त रहेको उहाँले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले लेनिनवादी सिद्धान्त अनुसार नेपाल मजदुर किसान पार्टीले चुनावलाई उपयोग गरी देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको बताउनुभयो ।
चिनियाँ जनता एवं विश्व सर्वहारा वर्गका नेता अध्यक्ष माओले लेनिनवादी सिद्धान्तअनुसार किसानलाई सङ्गठित गरी चिनियाँ जनक्रान्तिलाई सफलतामा पु¥याएको हो, उहाँले भन्नुभयो । आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापत्विमा भएको उक्त कार्यक्रममा लक्ष्मीप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply