भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, ८ वैशाख । भनपा ६ नं. वडा कार्यालयको आयोजनामा शुक्रबार पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन समयमै पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
शिविरबाट बहुसङ्ख्यक नगरवासीहरूको स्वास्थ्य लाभ हुने धारणा राख्दै उहाँले सरकारी अस्पतालहरूले भरपर्दो र गुणस्तरीय स्वास्थ्य उपचारको बन्दोबस्त नगर्दा जनता निजी क्षेत्रका अस्पतालहरूमा चर्को शुल्कमा उपचार गराउन विवश छन् भन्नुभयो ।
घरदैलो नर्सिङ सेवा र विभिन्न रोगको स्वास्थ्य शिविर कार्यक्रमले नगरवासीहरूले लाभ पाइरहेको छ भन्दै उहाँले भनपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको योगदान अरूको लागि चासोको विषय रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भनपा नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।
भनपा ६ नं. वडाका वडाध्यक्ष हरिराम सुवालले सङ्घर्षकै परिणाम सय बेडको ख्वप अस्पताल स्वीकृति पाएको उल्लेख गर्दै ख्वप विश्वविद्यालय स्थापनाको लागि पनि भनपाले सङ्घर्षलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा भनपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, समाजसेवी गोपीकृष्ण चाँगुभारी र स्वयंसेविका मन्जु कुम्पाखले पनि बोल्नुभएको थियो ।
Leave a Reply