‘भक्तपुर काण्ड’ बारे नयाँ पुस्तालाई जानकारी दिँदै जानुपर्ने
- भाद्र १७, २०८३
भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपाभित्र रहेका सहकारी संस्थाहरूमा भएको ‘सामुदायिक विकास कोष’ परिचालन गर्ने विषयमा शुक्रबार सहकारीका पदाधिकारीबिच छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामाजिक संस्थाहरूले समाजप्रति आफ्नो दायित्वबोध र सामाजिक उत्तरदायित्व बहन गर्ने ढङ्गले काम गर्नुपर्ने धारणा राख्दै सहकारी संस्थाहरूले सामाजिक विकास कोष सदस्यहरूको हितमा परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले विपन्न नागरिकको लागि रू. १० लाख बराबरको कोष खडा गरी निःशुल्क उपचार गर्दै आएको बताउँदै सहकारी संस्थाहरूमा रहेको सामुदायिक विकास कोषको रकम सही सदुपयोग गर्ने विषयमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो । नगरवासीहरूले निःशुल्क अक्सिजन वितरण गर्दै आएको बारे जानकारी दिंदै उहाँले भन्नुभयो, ‘यो आ.व.को ९ महिनामा ८ हजार सिलिन्डर वितरण भयो† चैत महिनामा मात्र १,०५० वटा अक्सिजन सिलिन्डर वितरण भयो ।”
सदस्यहरूलाई उच्च शिक्षा अध्ययनको लागि शैक्षिक ऋणको व्यवस्था गरी पढ्न उत्साहित गर्न सकिने धारणा राख्दै उहाँले भक्तपुर नपाले व्यक्तिगत हितभन्दा समुदायको हितलाई प्राथमिकतामा राखी गतिविधि गर्दै आएको बताउनुभयो ।
विदेशलाई ‘स्वर्ग’ ठान्ने सोच दिमागबाट हटाउनुपर्ने र आफ्नै देशलाई ‘स्वर्ग’ बनाउने ढङ्गले सबैले काम गरेको खण्डमा देशलाई आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नपाले राष्ट्रिय स्तरका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको र नपाबाट सञ्चालित २ वटा इन्जिनियरिङ कलेजले मात्र वार्षिक रू. २ करोड ६५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले कार्यक्रमको विषयवस्तुमाथि प्रस्ट पार्दै सहकारी संस्थामा रहेको सामुदायिक विकास कोष समुदायको हितको निम्ति प्रयोग गर्नुपर्ने मान्यताअनुसार सहकारी संस्थाहरू अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवाल र वर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी इतिहास, मूल्य मान्यताबारे प्रस्ट पार्दै सामुदायिक विकास कोषको व्यवस्थाले समाजको निम्ति उदाहरणीय कार्य गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा संगम साकोसका बलराम सिबन्जार, लोकेश्वर साकोसका प्रनेश बाटी, सिद्धि गणेश साकोसका रूद्रनारायण लाखालगायतले सामुदायिक विकास कोषको रकम परिचालनसम्बन्धी नगरपालिकाले कार्यविधि बनाएर अगाडि बढेको खण्डमा सहकारीहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply