अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
देशका ठूला र आफूलाई बलियो ठान्ने राजनीतिक दल र नेताहरूले नेपाल मजदुर किसान पार्टीबाट सिक्नुपर्दछ । निर्वाचनलाई एउटा खुला राजनीतिक कक्षाको रूपमा लिन सकिन्छ । नेमकिपाले निर्वाचनलाई खुला विश्वविद्यालयको संज्ञा दिँदै आइरहेको छ । निर्वाचनबाट लाखौँ जनतालाई एकैपटक राजनीतिक कक्षा सञ्चालन गर्न सकिने भएकोले निर्वाचनलाई सकारात्मकरूपमा हेर्नुपर्दछ भन्ने नेमकिपाको कथन हो ।
वैशाख ३ गते
वैशाख १० गते आइतबार चितवन, तनहुँ र बारामा उपनिर्वाचन भयो । यही सिलसिलामा यो पङ्क्तिकारसहित अन्य ४ जना भक्तपुरबाट चितवनका लागि बिहान ९ बजे प्रस्थान गर्यौँ । जानुअगाडि नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले तयारी कक्षा लिनुभएको थियो । सोहीअनुसार चितवनसम्म मोटरसाइकलबाट यात्रा अगाडि बढ्यो । लामो दुरीको यो यात्रा हामीमध्ये केहीको लागि सजिलो थिएन । तर, हाम्रो उद्देश्य बाटोमा पनि पार्टीको निर्वाचनको बारेमा प्रचार गर्दै जाने थियो । कुरिनटारबाट हामीले आफ्नो प्रचारको यात्रा अगाडि बढायौँ । हामीसँग पार्टीले उपलब्ध गराएको प्रचार सामग्रीहरू थिए । पार्टीको चुनावी घोषणापत्र र केही चुनाव चिह्न मादल अङ्कित सेता र राता झन्डाहरू थिए । क्रमशः हामी कुरिनटार, मलेखु, मुग्लिनका बाटाहरू छिचोल्दै चितवनस्थित बसपार्क पुग्यौँ ।
निर्वाचनको सन्दर्भमा यसरी यात्रामा नौबिसेको ओरालो झर्दै गर्दा ठूला राजनीतिक पार्टी र त्यसका नेताहरूलाई नसम्झने शायदै यात्रु होलान् । बाटोको अवस्था खराब थियो । भत्के बिगे्रको थियो । धुलाम्मे थियो । यसले देशमा ठूलै परिवर्तिन ल्याएको धक्कु लगाउने नेताहरूलाई नराम्ररी जिस्काएको प्रतीत हुन्छ । ठाउँ ठाउँमा उडेको धूलोले यात्रुहरूलाई धुलाम्मे मात्रै बनाएनन् बरु जनताको मत पाएर निर्वाचन जित्ने अनि उपत्यका घरजम गरेर बस्ने शासक दलका नेताहरूलाई पनि मज्जाले जिस्क्याउने खालका बाटाहरू पार गर्दै हामी अगाडि बढ्यौँ । उपत्यका भित्रिने मुख्य बाटो र बाहिरिने मुख्य बाटोमा दिनमा सयौँ होइन हजारौँ सवारी साधन निरन्तर गुडिरहने बाटोको अवस्था अत्यन्त जटिल थियो । त्यहाँ हुने यात्रा कष्टकर थियो । यो आजको मात्रै समस्या थिएन लामो समयदेखि बाटो यस्तै थियो । सरकारहरू धेरै फेरिए तर बाटोको अवस्था फेरिएन ।
हामी वैशाख ३ गते राति ९ बजे चितवनस्थित इमेज होटलमा बास बस्न पुग्यौँ । हामी त्यहाँ पुग्दा पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोललगायतका केही अन्य साथीहरू हामीभन्दा अगाडि त्यहाँ पुगिसकेका रहेछन् । अप्ठ्यारा बाटाको एकछिन चर्चा भयो । राज्यको ढुकुटी दोहन गरेर हेटिकोप्टरबाट देशका विभिन्न जिल्ला र ठाउँमा जाने हाम्रा ‘सर्वहारा’ र ‘कम्युनिस्ट’ नेताहरू थुप्रै पटक सरकारमा गए पनि बाटोको बिजोग किन नदेखेका होलान् भन्ने प्रश्न उठ्यो । ठूला सर्वहारा नेताहरू त हेलिकोप्टरबाट ओहोरदोहोर गर्ने भएका कारण नदेखेका होलान् । तर, प्राडो र पजेरो लिएर बाटो ओहोरदोहोर गर्ने दलका नेता र कार्यकर्ताहरूले त पक्कै त्यो कठिनाइ अनुभूति गरेका होलान् ।
वैशाख ४ गते
हामी वैशाख ४ गते बिहानबाट हाम्रो प्रचारको यात्रा अगाडि बढ्यो । हामीले चितवनका विभिन्न बजारको परिक्रमा ग¥यौँ । सोमबारको दिन त्यहाँका स्थानीय पसलहरू प्रायः बन्द हुँदारहेछन् । हामीलाई पछि मात्रै जानकारी प्राप्त भयो । यद्यपि, केही खुलेका पसलहरूमा हामीले निर्वाचनका सामग्रीहरू बाँड्न पुग्यौँ । यही मेसोमा निर्वाचन र नेमकिपाबारे भलाकुसारी भयो । हामीले हामीसँग भएका प्रचार सामग्रीहरूका साथै पार्टीको नीतिबारे पनि बतायौँ । पार्टीबारे सोधपुछ गर्नेहरू पनि हामीले पायौँ । पार्टीले राम्रै काम गरिराखेको र राष्ट्रिय राजनीतिमा स्पष्ट अडान कायम गरिरहेको चर्चाको विषय बन्यो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँको जुझारूपना, सिद्धान्तनिष्ठता, पार्टी सचिव प्रेम सुवालले सङ्घीय संसद्मा खेलेको भूमिका र पार्टी सदस्य सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामार्फत गरेका कामहरूका बारेमा जानकार त्यहाँका बासिन्दाहरूले पार्टीको खुलेर प्रशंसा गरेको पनि पाइयो । त्यो दिन हामी अलि चाँडै होटल फर्कियौँ ।
राति सुत्नुअगाडि वैशाख ५ गते पनि हाम्रो प्रचारप्रसारको समय तय भयो । निर्धारित समयमै होटलबाट निस्केर प्रचारप्रसारमा लाग्यौँ । सिद्धी चोक, जुटपानी, खोलेसिमल आदि ठाउँमा हामीले प्रचार सामग्री बाँड्यौँ । जतिबेला हामी लालीबाडमा पुग्यौँ त्यहाँ केहीबेर अगाडि नेकपा एमालेले स्थानीयलाई भोज खुवाएको रहेछ । हामी त्यहाँ पुगेपछि स्थानीयसँगको छलफलमा सो कुरा ज्ञात भयो । यद्यपि, केही गाउँलेहरू उक्त भोजमा सरिक नभएको पनि जानकारी प्राप्त भयो । भोज खुवाउने र खानेहरूले कागजका पातहरू जथाभावी फालेर गएकाले कतिपयले आक्रोश पोखेका थिए । त्यहाँ पाइने एउटा म्याजिक गाडी लिएर हामी सहर बजार र गाउँ बस्ती पुग्यौँ । हामी जहाँ गयौँ त्यहाँ हामीले पार्टीको प्रचार सामग्रीहरू वितरण गर्दै स्थानीयसँग भलाकुसारी ग¥यौँ ।
निर्वाचनको दौरानमा स्थानीयसँग भलाकुसारी गर्दा छुट्टै अनुभव बटुल्न पायौँ । ठूला शासक दलहरूप्रति जनता कति असन्तुष्ट रहेछन् भन्ने कुरा हामीले सोही अवसरमा जानकारी प्राप्त ग¥यौँ । पटकपटकको निर्वाचनबाट धोका मात्रै पाएकोमा अब विश्वासघात गरेका दलहरूलाई भोट नदिने तिनीहरूको विचारले थोरै भए पनि जनतामा चेतनाको स्तर माथि उठेको हो कि भन्ने अनुभूति भयो । त्यो दिन दिनभर त्यहाँका विभिन्न बजारहरूमा परिक्रमा ग¥यौँ । हामीसँग हाम्रा उम्मेदवार ज्ञानेन्द्र चेपाङ, राजकुमार श्रेष्ठलगायतका साथीहरू थिए । तिनीहरूले हामीलाई सहर बजार चिन्न ठूलो मद्दत पु¥याए । उनीहरूको साथमा बजार र बस्ती परिक्रमा जारी रह्यो । ठाउँ ठाउँमा कोणसभा आयोजना गर्दै हामीले निर्वाचनको बारेमा जनतालाई बुझाउन लागिरह्यौँ ।
हाम्रो प्रचार सामग्री हातमा लिँदै कतिपय बासिन्दाले नेमकिपाले निर्वाचन जिते पनि हारे पनि आफ्नो ‘धर्म’ निभाएको चर्चा गरेपछि हामीलाई सन्तोष मिल्यो । ठूला राजनीतिक दलले निर्वाचनमा घरदैलो नगरेको र प्रचार सामग्रीको नाममा घोषणापत्र त कता हो कता एउटा सामान्य पर्चासमेत वितरण नगरेकोमा असन्तुष्टि पोख्दै नेमकिपालाई जितको शुभकामना दिने धेरै मतदाताहरू भेटिए । कतिपयले हामीले चितवनमा भोट हाल्न त पाउँदैनौँ । तर, हामी पार्टीको विस्तारमा सक्दो सहयोग गर्छौँ भन्नेहरू पनि देख्यौँ । यसले हामीलाई थप हौसला मिल्यो । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा यसरी पसिनाले निथु्रक्क भिज्दै हामीले निर्वाचनलाई पार्टी सिद्धान्त प्रचार गर्ने मौकाको रूपमा लियौँ । जनताको बिचमा गएर गतिविधि गर्ने नेमकिपाको नीति रहेकोले हामीले सोहीअनुसार आफ्नो गतिविधि अगाडि बढायौँ भन्ने प्रत्यक्षरूपमा त्यहाँका जनतासँग भेटघाट गर्न पाउँदा र पार्टीका विषयमा चर्चा परिचर्चा गर्न पाउँदा हामी खुसी भयौँ ।
वैशाख ५ गते
निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा आत्मसात गर्दै आएको हुँदा हामीले गरेको गतिविधिमा हामी सन्तुष्ट नै थियौँ ।
टन्टलापुर घाममा हिँड्नु कठिन छ, कष्टकर छ । यद्यपि, त्यसमा हामी रमाइरहेका थियौँ । गर्मी र लामखुट्टेबाट जोगाउन रातैभरि पङ्खा खोलेर सुत्नु हाम्रो बाध्यता थियो । हामीमध्ये कसैले गा¥हो सारोको कुरा उठाउँदा पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले हामी पार्टीको प्रचारमा आएका हौँ, पार्टीमा लागेपछि अनेक दुःख हुन्छ, त्यसलाई सहजरूपमा लिन साथीहरूलाई भन्ने गर्नुहुन्थ्यो ।
वैशाख ६ गते
वैशाख ६ गते हाम्रो टोलीको अन्तिम दिन थियो प्रचार प्रसारको । निर्वाचन आयोगको नियमावलीअनुसार वैशाख ७ गतेसम्म प्रचारप्रसारको अन्तिम दिन भने तापनि हाम्रो टोली भने ६ गते फर्कने दिन थियो । ६ गतेको समयसीमा राखेर हामी चितवन पुगेका थियौँ । ६ गते पनि बिहानैदेखि हामी बजार परिक्रमा ग¥यौँ । उक्त दिन पद्मपुरमा पुगेर प्रचार गरेका थियौँ । त्यहाँको विभिन्न चेपाङ बस्तीमा हामी उम्मेदवारसहित पुगेका थियौँ । हाम्रा उम्मेदवार ज्ञानेन्द्र चेपाङका अनुसार चेपाङहरूमा राजनीतिक चेतनास्तर कम भएको र शिक्षाको ज्योति पनि नफैलिएको हुँदा प्रचारप्रसार कठिन हुन्छ । हुन पनि त्यहाँका चेपाङहरूसँगको भेटघाटले सो कुरा प्रस्ट भयो । विद्यालय टाढा रहेकोले शिक्षा ग्रहण गर्न नसकिएको हो । राजनीतिक दल र सम्बद्ध नेताहरू पनि मुश्किलले निर्वाचनको बेलामा मात्रै आकलझुकल देखिने भएकाले राजनीतिक चेतना कमजोर भएको आकलन गर्न कठिन भएन ।
यो चार दिनको यात्रामा हामीले धेरै कुरा सिक्ने अनुभव पायौँ । एक किसिमले नेपालको भूगोल र जनताका आर्थिक, राजनीतिक र सांस्कृतिक स्थितिलाई अलिक नजिकबाट बुझ्ने मौका पायौँ । ठूला राजनीतिक दल सम्बद्ध नेता कार्यकर्ताहरू नपुगेको ठाउँमा नेमकिपाका कार्यकर्ता पुग्नु र सोहीअनुसार प्रचारप्रसार र पार्टीका गतिविधिबारे प्रशिक्षण चलाउनु सजिलो विषय पनि थिएन ।
जनतालाई राजनीतिकरूपमा प्रशिक्षित गराउन हामीले भरमग्दुर प्रयास ग¥यौँ । नेमकिपा र यसका कार्यकर्ताहरूलाई उनीहरूले सहानुभूति व्यक्त गरे । पैसा र भोज ख्वाएर निर्वाचन लड्ने दलहरूका लागि नेमकिपाले एउटा हाँक दिएको अनुभूति भयो । बाटो बाटोमा दलका चुनाव चिह्न लेखिरहेको पनि देख्यौँ । तर, तिनीहरू दलका कार्यकर्ता नभई भाडाका मानिस रहेको कुरा हामीले थाहा पायौँ । पार्टीको घोषणापत्र जनताको घर आँगनमा पु¥याउनु नै हाम्रो चुनाव प्रचारको बलियो आधार बन्यो । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक हात हातमा र पसल पसलमा बाँडेपछि कतिपयले अनौठो प्रचार प्रसारको शैली भनी टिप्पणी गरे । यसलाई तिनीहरूले अत्यन्त सकारात्मकरूपमा लिएको पाइयो । एकाध ठाउँमा सङ्गठन विस्तार नभएकोमा असन्तुष्टि पनि व्यक्त गरेको पाइयो । कहीँकतै जित्ने होइन किन बाँड्नुप¥यो भन्ने अभिव्यक्ति पनि सुन्नमा पाइयो ।
निर्वाचनको दौरानमा नेमकिपाले लिएको रणनीति राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको सम्बन्धमा लिएको अडान र संसद्मा नेमकिपाले खेलेको भूमिकाबारे स्थानीयले प्रशंसा गरे । दिउँसो ३ बजे त्यहाँबाट फर्कियौँ । त्यही नौविसेमा पुग्दा रातको ९ बजिसकेको थियो । त्यहीँ एकछिन विश्राम लियौँ । घरमा पुग्दा राति ११ बजेको थियो ।
Leave a Reply