साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
सुर्खेत । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको आयोजनामा लेनिनको १५३ औँ जन्मदिनको अवसरमा नव वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
पार्टी नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले रुसी अक्टोबर क्रान्तिमार्फत समाजवाद स्थापना गर्न लेनिनको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । नेमकिपाले जातीय राजनीति कहिल्यै नगरेको बताउँदै उहाँले पार्टी कार्यकर्ताहरूले पार्टीको विचार र सिद्धान्त जनतामाझ पु¥याउनुपर्ने, पार्टी प्रकाशनको अध्ययन गराउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले लेनिनको जीवनीबारे बताउनुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले पार्टीको विचारलाई अगाडि बढाउन गाउँ गाउँसम्म सङ्गठन विस्तार गर्नुपर्ने बताउनुभयो । नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले हरेक परिवर्तनको निम्ति युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर रानाले लेनिनले रुसी अक्टोबर क्रान्ति सम्पन्न गर्दा मजदुरहरूको भूमिकाबारे चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला रानाले प्रगतिशील गीतमार्फत शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा गोविन्दनाथ योगी, गणेश खड्का, तुल्सी खड्का, चेतन पौडेल, अङ्गबहादुर शाही, पुष्पराज राना, अमर भण्डारी, मानबहादुर बिक, हस्तबहादुर सावँद, मनोज योगी र पन्नलाल बुढाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुुभएको थियोे ।
Leave a Reply