भर्खरै :

ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

लिस्बन, २३ अप्रिल (सिन्ह्वा) । पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न तेस्रो बाटो रोज्नु आवश्यक रहेको शनिबार बताउनुभएको छ ।
“म कसैलाई खुसी पार्न चाहन्न । म दुई (रूस र युक्रेन) लाई वार्ता निम्ति टेबलमा ल्याउने बाटो बनाउन चाहन्छु,” लुलाले भन्नुभयो । राष्ट्रपतिमा पुनःनिर्वाचित भएपछि पोर्चुगल–ब्राजिल शिखर वार्ताको मुद्दा लिएर पहिलो पटक युरोप भ्रमणमा निस्कनुभएका राष्ट्रपति लुलाले शुक्रबार लिस्बन पुगेर सो टिप्पणी गर्नुभएको हो ।
यी दुई देशले शिक्षा, न्याय, स्वास्थ्यजस्ता क्षेत्रलाई समेट्दै विभिन्न १३ विषयमा द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
संयुक्त घोषणामा, लुला र उनका पोर्चुगाली समकक्ष मार्सेलो रेबेलो डे सुसाले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घ बडापत्र र द्वन्द्वको शान्तिपूर्ण समाधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिनुभएको छ ।
उक्त घोषणामा पोर्चुगल र ब्राजिलले टर्किए र संयुक्त राष्ट्रसङ्घद्वारा मध्यस्थता गरिएको ब्ल्याक सी ग्रेन इनिसिएटिभलाई समर्थन गर्ने र जुलाई २०२२ मा रूस र युक्रेनले अनाज र मल निर्यातको लागि समुद्री मानवीय कोरिडोर स्थापना गर्न हस्ताक्षर गरेको विषय समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *