भर्खरै :

अध्यक्ष रोहितसँग क्युवाली राजदूत सिमान्कासको भेट

अध्यक्ष रोहितसँग क्युवाली राजदूत सिमान्कासको भेट

भक्तपुर, ११ वैशाख । नेपालका लागि क्युवाका राजदूत अलेजान्ड्रो सिमान्कासले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार शिष्टाचार भेट गर्नुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा मिगुयल डियाज कानल निर्वाचित हुनुभएकोमा खुसी व्यक्त गर्दै बधाई सन्देश हवाना पु¥याउन राजदूत सिमान्सकासलाई अनुरोध गर्नुभयो ।
उहाँले दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन जनस्तरमा पुग्न आवश्यक भएको धारणा राख्नुभयो । स्वास्थ्य क्षेत्रमा सहकार्य नेपाली जनताको चाहना तथा आवश्यकता भएको अध्यक्ष बिजुक्छेँले प्रस्ट पार्नुभयो ।
राजदूत सिमान्कासले क्युवाविरूद्ध संरा अमेरिकी नाकाबन्दी झन् कठोर बन्दै गएको र क्युवालाई आर्थिक क्षति पुगिरहेको बताउनुभयो ।
उहाँले यो वर्ष क्युवाले आर्थिक सबलीकरणको वर्षको रूपमा तयारी गरिरहेको जानकारी गराउनुभयो ।
राजूदत सिमान्कासले ल्याटिन अमेरिकामा वामपन्थी तथा प्रगतिशील सरकारहरू निर्वाचित हुन थालेबाट आशा जागेको छ भन्नुभयो ।
क्युवाले पर्यटन, कृषि उत्पादन वृद्धिलगायतका उपायमार्फत जनतालाई थप सेवा प्रदान गर्न प्रयत्न जारी राखेको उहाँले बताउनुभयो । भेटमा नेमकिपाका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *