यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
शीतयुद्धपश्चात् युरोपले आफ्नो स्वाधीन स्थान बनाउन खोजेसँगै युरोप र संरा अमेरिकाबिचको दुरी क्रमशः बढ्दै गयो । इराक युद्धले यो दुरीलाई अझ फराकिलो बनायो । यो नयाँ अवस्था चीनसँग युरोपको कसिँदो सम्बन्धमा अभिव्यक्त भएको देखियो । चीनसँग युरोपको सम्बन्ध संरा अमेरिका र चीनबिचको सम्बन्धभन्दा निकट बन्दै गएको छ । चीन र युरोपबिच झाङ्गिँदै गएको नयाँ सम्बन्धको प्रतिनिधि पात्र बनेकी थिइन्, जर्मनीकी पूर्वचान्सलर एन्जेला मार्केल । उनले जर्मनी र चीनबिचको भू–आर्थिक सम्बन्धलाई प्राथमिकतामा राखेर चीनसँग निकट समझदारी बनाएकी थिइन् ।
तथापि, युक्रेन युद्धसँगै अनायास संरा अमेरिका र युरोपबिचको दुरी घट्यो र चीन–युरोप सम्बन्धको न्यानोपना चिसियो । घटनाक्रम यसरी विकास भयो, मानौँ बितेका तीस वर्षको शिलशिला इतिहासको पानाबाट अचानक मेटिन पुग्यो । पश्चिम र पूर्वी युरोप, त्यहाँका वामपन्थी र दक्षिणपन्थीसहित सिङ्गो युरोप युक्रेनको पक्षमा र रुसको विरोधमा उठ्यो । संसार फेरि शीतयुद्धमा फर्किएजस्तो भान पार्ने दृश्य देखियोः युरोपले फेरि एक पटक नेतृत्वको लागि संरा अमेरिकाको मुख हेर्न थाल्यो । रुसको खेदो खनियो । युक्रेनी शरणार्थीलाई स्वागत गरियो । ठुलो परिमाणमा सैनिक सहायताको हात फैलाइयो । नाटोको वाहवाही गरियो । फिनल्यान्ड र स्वीडेनले नाटोमा सामेल हुन आवेदन दिए । शीतयुद्धका सिद्धान्त र घटनाक्रमको पुनरावृत्ति हुने देखियो । संरा अमेरिका र युरोपले कुममा कुम जोडे । फेरि एक पटक युरोप संसारको केन्द्रमा देखियो । सन् २०२१ को युरोप त्यस्तो थियो । तथापि युक्रेन युद्ध अन्त्यहीनरूपमा लम्बिँदै जाने अवस्थामा युरोपले दुई वटा प्रश्न उठायो ः युक्रेन युद्धको अन्त्य कहिले होला र यसको अन्तिम परिणाम के होला ?
युक्रेन युद्धको आरम्भमा युद्धविराम गर्न चीनले सहयोग गर्न सक्ने युरोपको आशा थियो । तर, युक्रेनप्रति समर्थनको लहरले त्यो आशा माटोमा पुरियो । तथापि, एक वर्षपश्चात् यो आशाले केही गति लिन खोजिरहेको छ । साउदी अरब र इरानलाई एकै ठाउँमा ल्याउन चीनले खेलेको उल्लेखनीय भूमिकाले माटोमा पुरिसकेको आशा पुनः जाग्न थालेको छ । चीनको मध्यस्थतामा यदि साउदी अरब र इरान एकै ठाउँमा आउन सक्छन् भने चीनकै अगुवाइमा युक्रेन युद्धमा युद्धविराम किन हुनसक्दैन ? युक्रेन युद्ध गतिरोधमा फसेको समयमा युरोप फेरि चीनसँग कुराकानी गर्न अघि सरेको छ ।
वास्तवमा युरोप दृश्यपथबाट हराउनु, युक्रेन युद्धमा अमेरिकी मुद्दा सम्पूर्णतामा स्वीकार्नु, चीनलाई चिढाउने र बदनाम गर्नमा संरा अमेरिका अझ सक्रिय हुनु आदिले स्वाधीन बन्ने युरोपको चाहना र एटलान्टिक महासागरको भावनाबाट आफूलाई अलग राख्ने उसको सोचाइ कमजोर र सन्देहास्पद बन्दै गएको हामीले देख्यौँ । तर, यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन । युरोप धेरै शताब्दीअघि नै एटलान्टिक महासागरपारि दक्षिणतिर फर्केको थियो । अमेरिकासँग उसको सम्बन्ध गहिरो छ । अहिले पनि युरोपलाई अमेरिकाको गुरुत्वाकर्षणले तान्ने गरेकै छ ।
तर, आज संसारमा धेरै थरी परिवर्तन भइसकेका छन् । आजको अमेरिका हिजोको अमेरिका रहेन । चीन पनि बदलिसकेको छ । विकासशील विश्वको महत्ता हिजोभन्दा निकै बढिसकेको छ । युरोपले अझै पनि आफूलाई संसारको केन्द्र ठान्दै बसेको हुनसक्छ ।
चीनप्रति अमेरिकी र युरोपेलीहरूको धारणामा एउटा निकै महत्वपूर्ण भिन्नता छ । हिजोआज संरा अमेरिकाका कोही पनि नेता चीनको भ्रमणमा गएका छैनन् । तर, चिनियाँ समकक्षी भेट्न युरोपेली नेताहरूको लामो लर्को चीनतिर दौडिरहेका देखिन्छन् । सबभन्दा पछिल्लो भ्रमण म्याक्रोँ र भोन देर लेएनको भयो । त्यसभन्दा अघि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र गत नोभेम्बर महिनामा जर्मनीका चान्सलर स्कुल्ज चीन गएका थिए । युरोपेली नेताहरूले चीनसँगको संवाद गर्नुको महत्व बुझेको प्रस्ट हुन्छ । चीनप्रति पश्चिमको नकारात्मक मनस्थितिबिच यो सकारात्मक विकास हो । चुपचाप बस्नुभन्दा संवाद गर्नु फलदायी हुन्छ । यद्यपि, कन्फ्युसियसको भनाइ ‘शब्दभन्दा काम उत्तम हो’ लाई पनि नबिर्सौँ ।
तर, रुसमाथि नाकाबन्दी थोपर्न र युक्रेन युद्धमा युक्रेनको पक्षमा उभिन युरोपले गरेको आग्रहलाई धेरै देशले अस्वीकार गर्नु युरोपको लागि खतराको घण्टी बज्नु हो । संसार चिताएभन्दा पनि धेरै बदलिसकेको छ । आज शक्तिको केन्द्र अन्यत्र कतै सरेको छ । पश्चिमा विश्व हिजो जे थियो, त्यसको मधुरो छायाँमा मात्र सीमित बनेको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले हालै चीनको भ्रमण गरे । सँगै युरोपेली आयोगकी सभापति उरुसुला भोन देर लेएनले पनि चीनको भ्रमण गरिन् । यसले युरोपभित्र गहिरिँदो विभाजन सबैका सामु छर्लङ्ग भएको छ । फ्रान्सेली राष्ट्रपतिले संरा अमेरिकाले जस्तै चीन र युरोपबिच सम्बन्ध तोडाउने प्रयास गरेनन् । बरु, उनले युक्रेन द्वन्द्वको समाधान गर्न चीनले केन्द्रीय भूमिका खेल्न सक्ने बताए । रणनीतिक खुलापनको रणनीति अँगालेर युरोपले संरा अमेरिकाबाट स्वाधीन रहनुपर्नेमा उनको जोड थियो । ‘कसैको साझेदार हुनुको अर्थ पछुवा हुनु होइन’ भन्ने उनको तर्क थियो । चीनप्रति सकारात्मकता देखाउन र चीनसँग व्यापार बढाउने प्रतिबद्धता देखाउन चीन भ्रमणको क्रममा उनले आफूसँगै ५० जना फ्रान्सेली व्यापारीको टोली पनि सँगै लगेका थिए । भ्रमणमा उनले विभिन्न विषयमा धेरै थरी सम्झौता गरे ।
तर, युरोपेली आयोगकी सभापति उरुसुला भोन देर लेएन भने नकारात्मक विचारकै भारी बोकेर बसिन् । जुनसुकै अर्थमा भनेको भए पनि उनले ‘चीनसँग युरोपको व्यापारलाई जोखिममुक्त गर्नुपर्ने’ बताइन् । उनले चीनसँगको सम्बन्धमा युरोपले आफ्नो हितको रक्षा गर्नुपर्ने बताइन् । उनले रुससँग चीनको सम्बन्धमा युरोपेली सङ्घ र चीनबिचको सम्बन्ध निर्भर रहने प्रस्ट बोलिन् । चीनप्रति युरोपको धारणा स्पष्टै विभाजित देखियो । म्याक्रोँ र जर्मनीका चान्सलर ओलाफ स्कोल्ज दुवै जना चीनसँग सकारात्मक सम्बन्ध र सहकार्यको पक्षमा छन् । अर्कोतिर पूर्वी युरोपेली देशहरू अझ जब्बर एटलान्टिकवादी हुन् । उनीहरू पनि युक्रेन युद्धको कारण चीनसँग निकट हुन थप व्यग्र बनेका छन् । सधैँजस्तै फ्रान्स र जर्मनीले नै युरोपेली सङ्घलाई कतातिर लाने कुराको निधो गर्नेछन् ।
चीनप्रति अमेरिकी र युरोपेलीहरूको धारणामा एउटा निकै महत्वपूर्ण भिन्नता छ । हिजोआज संरा अमेरिकाका कोही पनि नेता चीनको भ्रमणमा गएका छैनन् । तर, चिनियाँ समकक्षी भेट्न युरोपेली नेताहरूको लामो लर्को चीनतिर दौडिरहेका देखिन्छन् । सबभन्दा पछिल्लो भ्रमण म्याक्रोँ र भोन देर लेएनको भयो । त्यसभन्दा अघि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र गत नोभेम्बर महिनामा जर्मनीका चान्सलर स्कुल्ज चीन गएका थिए । युरोपेली नेताहरूले चीनसँगको संवाद गर्नुको महत्व बुझेको प्रस्ट हुन्छ । चीनप्रति पश्चिमको नकारात्मक मनस्थितिबिच यो सकारात्मक विकास हो । चुपचाप बस्नुभन्दा संवाद गर्नु फलदायी हुन्छ । यद्यपि, कन्फ्युसियसको भनाइ ‘शब्दभन्दा काम उत्तम हो’ लाई पनि नबिर्सौँ ।
(लेखक सिङ्ग्वा विश्वविद्यालयअन्तर्गत आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका अतिथि प्राध्यापक तथा फुदान विश्वविद्यालयको चाइना इन्स्टिच्युटका वरिष्ठ प्राध्यापक हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज
Leave a Reply