भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
बेइजिङ, ११ वैशाख, (सिन्ह्वा) । चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तर्राष्ट्रिय तथ्याङ्क सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताउनु भएको छ ।
पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७ गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसङ्घको विश्व डाटा फोरमलाई बधाइ सन्देश दिँदै उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।
राष्ट्रपति सीले मानव समाजको समृद्धि र प्रगतिका लागि दिगो विकास अपरिहार्य भएको र बलियो, हरियाली र स्वस्थ विश्वव्यापी विकास हासिल गर्नु विश्वभरका मानिसहरूको साझा आकाङ्क्षा भएको बताउनुभयो ।
चीनले दिगो विकासको सन् २०३० मुद्दालाई समर्थन र कार्यान्वयन गर्दै नवीन, समन्वयात्मक, हरित, खुला र साझा विकासको नयाँ दर्शनलाई पालना गर्ने उल्लेख गर्नुभयो ।
उहाँले चीनले डिजिटल पूर्वाधारमा निरन्तर सुधार गर्दै, तथ्याङ्क र तथ्याङ्कीय क्षमता निर्माणलाई सुदृढ गर्दै दिगो विकास लक्ष्यहरूको अनुगमन गर्ने अभ्यास र अनुभवलाई सक्रियरूपमा बाँडिरहेको बताउनुभयो ।
चीनले ‘तथ्याङ्क सुशासन’ मार्फत सन् २०३० को दिगो विकास एजेन्डाको कार्यान्वयनलाई प्रवद्र्धन गर्नका लागि अन्य देशहरूसँग मिलेर काम गर्ने, डाटा क्षेत्रमा खुला अन्तर्राष्ट्रिय सहयोग निर्माण गर्दै सबै देशको साझा विकास र प्रगतिलाई बढावा दिने उहाँको धारणा छ ।
चीनका प्रधानमन्त्रीद्वारा उच्च गुणस्तरीय विकासको प्रयासमा जोड
यसैबिच चीनका प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरीय विकासका लागि जोड दिनुभएको छ ।
राज्य परिषद्को अध्ययन सत्रको अध्यक्षता गर्दै उहाँले कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका निर्णय र योजनाहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र उच्च गुणस्तरको विकासमा निरन्तर प्रगति गर्न उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने क्षमतामा सुधार ल्याउने प्रयास गरिनुपर्ने बताउनुभयो ।
उक्त बैठकमा लीले नयाँ विकास दर्शनलाई पूर्णरूपले इमानदारीपूर्वक सबै मोर्चामा लागू गर्ने र उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनु सी चिनफिङको आर्थिक विचारको महत्वपूर्ण भाग भएको बताउनुभयो ।
उहाँले उच्च गुणस्तरको विकास चीनको आधुनिकीकरणको आन्तरिक आवश्यकता लगायतका विषयमा विशेष जोड दिनुभयो ।
नयाँ विकास दर्शनलाई आर्थिक र सामाजिक विकासका सबै चरणहरूमा लागू गर्न पहल गर्नुपर्ने पनि उहाँको धारणा छ ।
गुणस्तरलाई प्राथमिकतामा राखेर कार्यकुशलतालाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले सुधार र खुलापनलाई दृढताका साथ विकासको ढाँचामा रुपान्तरण गर्ने र जनताको जीवनस्तरलाई विभिन्न प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply