भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
भक्तपुर, ११ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देशकै उत्कृष्ट विद्यालय घोषित हुनु हरेक भक्तपुर जनताको लागि गौरवको विषय हो भन्नुभयो ।
भनपा वडा नं. ३ तापालाछीस्थित पुनःनिर्मित मेधा विद्यालय भवनको आइतबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबैको योगदानले राम्रो काम हुनु यो एक उदाहरण हो । समर्पित शिक्षक र अभिभावकको मेहनत र चिन्तनले विद्यालय राम्रो हुनु यो एक अर्को प्रयोग हो ।”
समर्पित शिक्षकहरूले स्कूललाई अझ अघि प्रगति गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसले अरू विद्यालय र शिक्षकले पनि सिक्नेछन् भन्नुभयो ।
विद्यालय निर्माणमा सहयोग गर्ने सबै संस्था र दाताहरूलाई अध्यक्ष रोहितले धन्यवाद दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भवनमा भक्तपुरको कला, सम्पदा र वास्तुकला देखिएको विचार व्यक्त गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को ‘सय वर्षपछिको भक्तपुर’ लाई आधार मानी भनपाले यहाँको सम्पदालाई जीवन्तता दिने प्रयास गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ समितिका डिल्लीराम लुइँटेल, रोटरीका तीर्थमान शाक्य, विनिता हाडा, रवीन्द्र पुरी, जर्मनदाता जोगबार, शिक्षा विकास तथा समन्वय एकाइका रमेशप्रसाद मैनालीले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले सहयोगी सम्पूर्णलाई सम्मान तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
विद्यालयका स्वर्गीय पूर्वप्रअ गङ्गाधर हाडालाई मरणोपरान्त सम्मान गरिएको थियो । उक्त सम्मानपत्र हाडाका छोराले ग्रहण गरेका थिए ।
उद्घाटनपछि अध्यक्ष रोहितलगायतका अतिथिहरूले भवनको निरीक्षण गर्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।
Leave a Reply