भर्खरै :

चुनाव जित्दैमा प्रतिगामी प्रगतिशील नहुने

चुनाव जित्दैमा प्रतिगामी प्रगतिशील नहुने

काठमाडौँ, १३ वैशाख । नेपालमा मात्र होइन विभिन्न देशहरूमा पनि बेलाबेलामा निर्वाचनको नतिजा चिताएको भन्दा फरक गरी आउने गर्दा राजनैतिक डबुलीमा गम्भीर विश्लेषणहरू हुने गर्छन् । विसं २०१५ सालको पहिलो निर्वाचनमा काठमाडौँका पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको निर्वाचन क्षेत्रमा कम्युनिस्टको अत्यन्त सक्रियता र लोकप्रिय भएको कारण गणेशमान सिंह वा नेपाली काङ्ग्रेसको जीतको सम्भावना सा¥है कम थियो । निर्वाचनभन्दा तीन दिन अगाडि राजधानीमा भएको कम्युनिस्ट पार्टीको भव्य प्रदर्शनीले कम्युनिस्टविरोधी देशी र विदेशी कूटनीतिक व्यक्ति र विश्लेषकहरूले आफूले टेकेको पाइला भासिएको अनुभव गरे ।
काठमाडौँमा रहेका पुँजीवादी राजदूतहरूको राजा महेन्द्रसँगको अचानकको गुप्त दर्शन भेटले काठमाडौँका पुष्पलाल, गणेशमानको निर्वाचन क्षेत्रलाई देशका निर्वाचनको परिणामको रूपमा लिइयो । यदि पूर्वी जर्मनीको राजधानी बर्लिन पूरै कम्युनिस्ट क्षेत्रमा परेको भए सारा सर्वसाधारण जर्मनहरूले आफूहरूलाई कम्युनिस्ट सम्झिने थिए । यसकारण, पूर्वजर्मनीको राजधानीलाई समेत पूर्व र पश्चिममा विभाजित गरियो र पश्चिम बर्लिनलाई पश्चिमी साम्राज्यवादी शक्तिले अर्को विश्वयुद्धको एक रणनीतिक बिन्दुमा फेरे । सोभियत सङ्घले युद्ध लम्ब्याउनुभन्दा भएको उपलब्धिलाई बलियो बनाउनु उपयुक्त देखे । पश्चिम बर्लिनको झिलिमिली देखावटी र मानव अधिकारको प्रदर्शनले पूर्वी बर्लिनमात्र होइन पूर्वी जर्मनी र पूर्वी युरोपका सबै समाजवादी देशहरूमा समाजवादभन्दा पुँजीवाद भौतिक विकासमा अगाडि छ भन्ने देखाउने अवसरको रूपमा लियो ।
त्यसबेला काठमाडौँस्थित पुँजीवादी राजदूतहरूले राजालाई ‘पुष्पलाल’ जित्नुको अर्थ नेपालका कम्युनिस्ट आन्दोलनको सफल भएको सन्देश नेपाल र विदेशमा पर्ने सम्भावनाको कारण नेपाली काङ्ग्रेसको जीतको सुनिश्चितता दिन राजा र नेपाली काङ्ग्रेसबिच मत मन्तान्तरमा सहयोग गर्ने समझदारी बनाए । त्यसको आधारमा राजा र वर्गीयरूपले सामन्त वर्ग, सेना, प्रहरी गुप्तचर विभाग, काठमाडौँका टोलटोलका काजी र माथिल्ला तहका कर्मचारीहरूको मातहतका सबै मतहरू काङ्ग्रेसको चिह्नमा खस्यो । तर, गणेशमानजी निर्वाचन आफ्नो पक्षमा नहुने ठानेर धुलिखेलमा पुगेका थिए ।
काठमाडौँको अर्को उदाहरण, पञ्चायतकालमा नानीमैयाँ दाहालको व्यापक प्रचार र जीतले पञ्चायतवादीहरूको बहुदलवादीलाई एक हाँक थियो ।
गएको निर्वाचन र चितवन, तनहुँ र बाराको हालैको निर्वाचन परिणामले काङ्ग्रेस र एमालेको जग हल्लिएको अनुमान ठिक्कै भए पनि ‘दाहाल–देउवा गठबन्धनको नराम्रो’ हार मानिनु अन्यथा होइन । (उपचुनावमा विद्रोहको मत–दमननाथ ढुंगाना)
तनहुँमा गएको निर्वाचनको नेकाको घोषणापत्रका लेखक डा. स्वर्णिम वाग्ले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को उम्मेदवार भई ‘३४ हजारभन्दा बढी मत’ का साथ विजयी हुनु ‘ठूला पार्टीविरूद्धको मत’ नभई डा. वाग्लेको छद्मभेषीतामात्रै छर्लङ्गिएको मान्न सकिन्छ । विद्रोहको कारण सैद्धान्तिक र व्यावहारिक हुन्छ । तर, उपनिर्वाचनमा उनको कुनै घोषणापत्र देखिएन । यसको अर्थ उनी अवसरवादी, ‘आया राम, गया राम’ हो वा कहीँबाट सञ्चालित बुद्धिजीवी भएको प्रस्ट हुन्छ ।
त्यस्तै कुनै पनि पार्टी ‘प्रजातन्त्रवादी’, ‘वामपन्थी’, ‘संशोधनवादी’, ‘प्रतिगामी’ वा ‘रूढीवादी’, ‘क्षेत्रीयतावादी’, ‘जातीयवादी’ के हो प्रस्ट हुनु आवश्यक छ ।
निर्वाचन जित्दैमा कुनै व्यक्ति वा दल ‘परिवर्तनवादी’ र ‘प्रगतिशील’ हुने भए प्रजातन्त्रको पुनः स्थापनापछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको पृष्ठभूमि ‘परिवर्तनवादी’ दाबी गर्ने हो ? व्यवहारले त्यो देखिएन ।
चुनाव जित्दैमा व्यक्ति ‘प्रजातन्त्रवादी’ र ‘लोकप्रिय’ मान्ने हो भने नानीमैँया दाहाल, केही डाँका र गुण्डाहरूसमेत प्रजातान्त्रिक र गणतान्त्रिक निर्वाचनमा विजयी भएका थिए वा छन् । भन्नुपर्ने विषय हो– पुँजीवादी व्यवस्थाको निर्वाचन प्रणाली पारदर्शी र धाँधलीरहित छैन र निर्वाचन खोटपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *