पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
पेइचिङ, १४ वैशाख (सीआरआई) । केही दिनअघि अमेरिकी कानुन मन्त्रालयले ४० जना चिनियाँ प्रहरी तथा सरकारी अधिकारीमाथि तथा कथित “देशपार दमन” को आरोप लगाएको घटनाबारे चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिक्रिया व्यक्त गरेको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले अमेरिकी कानुन मन्त्रालय तथा पैचिङस्थित एफबीआईका प्रतिनिधिसँग गम्भीरताका साथ वार्ता गरेर कडा विरोध व्यक्त गरेका छन् ।
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयका अप्रिल २६ का दिन उक्त जानकारी दिएका हुन् ।
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले अमेरिकाको बदनियतपूर्ण तरिकाले अर्काको भूमिमा दमन गरेको आरोप लगाएकोमा कडा विरोध गरेको बताएको छ । अमेरिकी कानुन प्रवद्र्धन विभागले फौजदारी मुद्दामार्फत् राजनीतिक चलाखी गरेको र सो विभागले अमेरिकी सरकारलाई साथ दिएर चीनमाथि हिलो छ्याप्ने प्रयास गरेकोमा पनि मन्त्रालयले विरोध गरेको छ ।
अमेरिकी कानून प्रवद्र्धन विभागले आफूलाई निष्पक्ष र स्वतन्त्र हुनुका साथै राजनीतिसित सम्बन्धित नरहेको मानेको छ । तर यसपटक जसले तीन फौजदारी अभियोग लगाउँदै अपराधपूर्व नै अनुमानका आधारमा दोषी ठहर गरेको छ । जसले चिनियाँ नागरिकको वैधानिक अधिकार तथा फाइदामाथि क्षति पु¥याउनुका साथै कानुनलाई हतियारको रूपमा लिई राजनीतिकरण गर्ने कुत्सित मनसाय सार्वजनिक गरेको छ । चीनले कडा असन्तोष व्यक्त गर्नुका साथै तुरून्तै राजनीतिक चलाखी नगर्न र कानुनी प्रभुत्व रोक्न पनि अमेरिकासँग आग्रह गरेको छ ।
Leave a Reply