प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
भ्लादिभोस्तक, १६ वैशाख (सिन्ह्वा) । फेब्रुअरी १ भन्दा अघि भएका सम्झौताअन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति पुटिनले हस्ताक्षर गर्नुभएको छ ।
शुक्रबारदेखि लागू हुने उक्त निर्देशन पत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।
यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रूसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा ‘गु्रप अफ सेभेन (जी–७) राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।
रुसी तेल पूर्व सोभियत गणतन्त्रबाट स्वतन्त्र भएका केही देशहरू, चीन, प्रजग कोरिया, भारत, पाकिस्तान, मङ्गोलियालगायत देशहरूमा आपूर्ति हुनेछन् ।
Leave a Reply