राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’
- भाद्र ६, २०८३
लोकप्रिय ‘मजदुर’ को १६ वैशाखको सातौँ पृष्ठको ‘अद्भूत र देशभक्त पात्र जङ्गबहादुर’ शीर्षकमा आँखा पर्दा झस्केँ । कुन पत्रिका रहेछ भनेर दोहो¥याएर हेरेँ– हाम्रै ‘मजदुर’ दैनिक रहेछ !! लेखक इन्द्रबहादुर श्रेष्ठ चिप्लिएका हुन् कि ‘मजदुर’ दैनिक झुक्किएका हुन्– ठम्याउन सकिएन ।
अनौठो र कल्पनाबाहिरको शीर्षक भएकोले पढेँ– मनमा धेरै कुरा खेल्यो र यी पङ्क्ति लेख्न बाध्य भएँ ।
इतिहासलाई कथा, कविता, उपन्यास, सिनेमामा प्रस्तुत गरिएका व्यक्तिहरू थुप्रै छन् । तर, ती साहित्य र चलचित्रको आधारमा व्यक्तिको मूल्याङ्कन र विश्लेषण गर्दा सही र न्याय हुँदैन । साहित्य तथा चलचित्र र त्यसका एक पात्र, एक कलाकारको समालोचना हुन सक्छ । परन्तु, त्यसैको आधारमा व्यक्तिलाई देशभक्त वा देशद्रोही, असल या खराबको निक्र्याेल गर्न सकिन्न । किनभने ऐतिहासिक व्यक्तिलाई साहित्य या चलचित्रमा उतार्दा लेखक वा निर्देशकको विचारले प्रत्यक्ष–परोक्ष प्रभाव पारेकै हुन्छ, गरेकै हुन्छ । जङ्गबहादुरको उपन्यास र त्यो उपन्यास पढ्ने इन्द्रबहादुरले पनि त्यही गरेका छन् । ‘सेतो बाघ’ मा डायमण्ड शमशेरले पनि गरेका थिए ।
इदी अमिन, सद्दाम हुसेन, यासेर अराफात आदिको बारे साहित्य लेख्नेहरूले पनि त्यस्तै गरेका छन्, कसैले सुपात्र बनाएका छन् त कसैले कुपात्र । कम्युनिस्ट नेता, कम्युनिस्ट क्रान्ति र स्वतन्त्रता तथा मुक्ति आन्दोलनको विषयमा साहित्य लेख्ने र चलचित्र बनाउनेले पनि यस्तै गरेका छन् । स्रष्टाको विचारअनुसार यस्तो गरिए र गरिँदै जानेछ, यो कुनै नौलो कुरा होइन । नौलो र आश्चर्यको कुरा त ‘मजदुर’ ले जङ्गबहादुरलाई पक्षपोषण गर्नुमा छ ।
हिटलर कुनै देशद्रोही थिएन । उनले आफ्नो देश र जातिको निम्ति धेरै काम गरेका छन् तर विश्वलाई झन्डै ध्वस्त पारेर । हिटलरले जाति नै उन्मूलन गर्न खोजेको यहुदी जातिको इजरायलले आज प्यालेस्टिनी र अन्यलाई दिनु दुःख दिइरहेका छन् । कतै अब भोलिका अङ्कहरूमा हिटलर र यहुदी जातिवादी इजरायलको पनि प्रशंसा गर्न थाल्ने हुन् कि ? शङ्का र चिन्ता लाग्न थालेको छ ।
‘मजदुर’ को उक्त लेखमा इनारमा हामफालेको, त्रिशुलीलगायतका मनगढन्ते कुरा लेखेर ‘लेख’ बनाएको वा लामो पारेको हो कि प्रशंसा गर्नमा कन्जुस्याइँ नहोस् भनेर आत्मसन्तुष्टी लिएको हो ?
जङ्गबहादुरको पेटभरि प्रशंसा गर्ने क्रममा राष्ट्रिय विभूति भीमसेन थापाको बद्ख्वाइँ पनि गरिएको छ । सुगौली सन्धि असमान सन्धि हो, तर कुन अवस्था र परिस्थितिले त्यो सन्धि गर्न बाध्य भयो ? त्यो सन्धि भीमसेन थापाको गल्तीको परिणाम थियो वा टोपी दिएर शिर बचाएको हो ?
विश्वका एक महान् दार्शनिक एवम् विचारक कार्ल माक्र्सले जङ्गबहादुरबारे त्यसै बेला लेख्नुभएको थियो, नेपालका प्रम जङ्गबहादुर राणा बेलायती शासकको बफादार कुकुर हो । त्यो कुकुरले भारतलाई उपनिवेश बनाउने साम्राज्यवादी र उपनिवेशवादी बेलायतविरुद्ध भएको सिपाही विद्रोह दमन गर्न सघाएको थियो । लखनउ लुट मच्चाएको थियो । साम्राज्यवादको सेवा गर्ने जङ्गबहादुरको पालामा ‘नयाँ नेपाल’ फिर्ता दियो– अर्काे शब्दमा असमान सुगौली सन्धिको पश्चाताप ग¥यो ।
उता, भीमसेन थापाले साम्राज्यवादी बेलायतको दबाब र तखतमा नबस्न सेनालाई आधुनिकीकरण गर्न फ्रान्ससँग सम्बन्ध राखेर चुनौती दिएका थिए । त्यसैको परिणाम सुगौली सन्धि गर्न बाध्य पारेको मात्र होइन भीमसेन थापाको ‘हत्या’ समेत गरिएको थियो ।
साम्राज्यवादी बेलायतले जङ्गबहादुरको बफादारीप्रति खुसी हुनु र साम्राज्यवादविरोधी भीमसेन थापासँग बदला दिएको तथ्यविपरीत लेखको व्यहोराले जङ्गबहादुरलाई सुपात्र र भीमसेन थापालाई कुपात्र बनाएको छ ।
तर, क्रूर राणाशासन चलाएर देशलाई २–४ शताब्दी पछाडि धकेल्ने र जनतालाई अकल्पनीय दुःख र यातना दिने जङ्गबहादुरप्रति लेखक इन्द्रबहादुर शिर श्रद्धावत निहुराई रहून् । त्यो उनको कर्तव्य होला । भोलिका दिनमा सिक्किमलाई भारतमा विलय गराई भारतीय शासकवर्गले अन्य प्रान्तको तुलनामा सिक्किममा खुला मुठीले बढी बजेट खन्याई ‘विकास’ गराउन ‘अमूल्य योगदान’ दिने लेण्डुप दोर्जे’ लाई अर्काे महान् देशभक्त ठानेर शिर निहुराओस्– त्यो उनको विचार होला । परन्तु, पङ्क्तिकार त्यसमा पटक्कै सहमत हुनसक्दैन र स्वाभिमान र स्वाधीनताका पक्षधरहरू कोही पनि सहमत नहोस् भनी आग्रह गरिरहनेछ ।
Leave a Reply