क्रान्तिकारी महिलाहरूमाझ ‘कालो दिन’ को विरोध तथा भत्र्सना
- भाद्र ६, २०८३
आफू सरकारमा बस्दा सत्तासीन नेता र मन्त्रीहरूले आफ्ना नातागोता, आफ्ना आसेपासे र निश्चित आर्थिक सहयोग कम्पनी, ठेकेदार र व्यापारीहरूको निम्ति अधिकार दुरूपयोग गर्नमै प्राथमिकता दिने गरेको हुँदा नेपालका कुनै पनि सरकारहरू सफल हुुनुको त कुरै छोडौँ बरु बढी बदनाम भएका छन् । तारिफ गर्ने र चिप्लो घस्नेहरूको घेरामा बसी प्रम र मन्त्रीहरूलाई रणभुल्लमा पार्दा केही समाचार शीर्षकहरूले शासनको दूरदृष्टि र सफलता औँल्याउने काम गरेको तस्बिर निम्न छन् :
– मुख्य सचिव अध्यक्ष र चार सचिव सदस्य, निजामती अस्पतालमै उपकरण खरिदमा करोडौँ ‘अनियमितता’ (नेपाल समाचारपत्र, १४ वैशाख २०८०) ।
– ‘स्थानीय तहमा उपभोक्ता समितिमार्फत भ्रष्टाचार मौलाउँदै’ (ऐ.ऐ)
– ‘आर्थिक सड्ढटमा मुलुक’, ‘कुबेलामा पैसा बाँड्दै सरकार’
– ‘मधेसमा संसद् सरकार ठप्प’ (अन्नपूर्ण, १७ वैशाख २०८०)
– ‘प्रदेशमा आर्थिक बेथितिको चाङ, सात प्रदेशको बेरुजु झन्डै २८ अर्ब’ (नेपाल समाचारपत्र, १७ वैशाख २०८०)
– ‘सरकारले नक्सा बनायो, बाटो बनाएन, नेपालीलाई गाउँ फर्किन भारतकै भर’ (राजधानी, १७ वैशाख २०८०)
– साढे तीन लाख बालबालिका पूर्ण खोपबाट बञ्चित (नयाँ पत्रिका, १७ वैशाख २०८०)
– सीमा क्षेत्रमा एसएसबीको ज्यादती’ (नागरिक, १६ वैशाख २०८०)
– ‘घरको छाना फेर्न पनि एसएसबीको अनुमति !’ (राजधानी, १६ वैशाख २०८०)
– ‘स्वास्थ्य बीमाको उपचार, औषधिको व्यापार’, ‘प्रायः अस्पतालमा पाइँदैन तोकिएको औषधि’, ‘ स्वास्थ्य बीमा छ, औषधि छैन’ (अन्नपूर्ण, १५ वैशाख २०८०)
Leave a Reply