भर्खरै :

उपचार नपाएर गा¥हो जीवन बाँच्दै ग्वान्टानामोका कैदी

उपचार नपाएर गा¥हो जीवन बाँच्दै ग्वान्टानामोका कैदी

पछिल्ला दुई महिनामा जारी दुई महत्वपूर्ण वक्तव्यले ग्वान्टानामो कारागारका कैदीहरूलाई दिइँदै आएको स्वास्थ्य सेवाबारे खराब सङ्केतहरू गरेका छन् । (ग्वान्टानामो टापु क्युवाली भूमि हो । तर, संरा अमेरिकाले अवैधरूपमा त्यो टापु कब्जा गरी सेप्टेम्बर ११ सन् २००१ को हमलापश्चात् युद्धबन्दीहरूलाई कैद गर्दै आएको छ ।) मार्च महिनामा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले सात जना संयुक्त राष्ट्र सङ्घीय विज्ञहरूको तर्फबाट वक्तव्य जारी गर्दै ग्वान्टानामोमा कैद कैदीहरूलाई दिइँदै आएको स्वास्थ्य उपचार सेवा अपुग भएकोमा खेद व्यक्त गरे । त्यहाँ ‘चिकित्सकीय जनशक्ति, सामग्री, उपचार र अन्य सामानको अभाव भएको’ उनीहरूको वक्तव्यमा उल्लेख छ ।
पुरानो चलन तोड्दै अप्रिल महिनामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले संयुक्त राष्ट्र सङ्घीय विज्ञहरूकै कुरालाई थप बल प्रदान गर्दै संरा अमेरिकालाई ग्वान्टानामो समस्याको ‘प्राथमिकताका साथ मनग्य र दिगो समाधान खोज्न’ आग्रह गरेको थियो ।
आइसीआरसीले कैदीहरूको अवस्थामा सार्वजनिकरूपमा यसरी बिरलै मात्र बोल्ने गर्छ । स्वतन्त्र र तटस्थ मानवतावादी सङ्गठन भएकोले उसले सरकारहरूसमक्ष नै आफ्नो कुरा राख्ने गर्छ । तर, यसपटक आइसीआरसीले वक्तव्य नै जारी गरी आफ्नो असन्तोष पोखेको छ ।
त्यसकारण, जारी दुई वक्तव्यले ग्वान्टानामो कारागारको स्वास्थ्य सेवाको सङ्कट थप बेवास्ता गर्न नमिल्ने अवस्थामा पुगेको सङ्केत गर्छ । कैदीहरू मर्नेलगायत सम्भावित खराब परिणाम नजिकै आएको हुनुपर्छ । गम्भीर सुधारको लागि समय निकै घर्किरहेको हुनुपर्छ ।
वर्षौँदेखि स्वतन्त्र विज्ञ चिकित्सक, पूर्वसैनिक र मानवअधिकार समूह (जसमध्ये म आफँै संलग्न रहेको सेन्टर फर भिक्टिम्स अफ टर्चर पनि पर्दछ) ले ग्वान्टानामोका कैदीहरूलाई स्वास्थ्योपचारको कमी भएको विषयमा बोल्दै आएका छन्् ।

ग्वान्टानामो टापुको स्वास्थ्य सेवा पुग्दो स्वास्थ्यकर्मी र चिकित्सकीय सामग्रीको अभावका कारण पनि खस्केको हो । जस्तै त्यहाँ हड्डी भाँचिए एक्स–रे गर्ने यन्त्र बिग्रेको छ । ग्वान्टानामोको सीमित क्षमताको खराब अवस्थाबारे उदाहरण पस्किँदै एक जना स्वास्थ्य अधिकारीले ‘एक जना बन्दीको जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा आफू नर्कमा पुगेजस्तै आत्तिएको’ अनुभव सुनाए ।
ग्वान्टानामोमा तैनाथ सिपाहीँ र सर्वसाधारण स्वास्थ्योपचारको लागि त्यहाँबाट बाहिर जान पाउँछन् । तर, कैदीहरू भने मरणासन्न अवस्थामा पनि त्यहाँबाट कतै बाहिर जान कानुनले रोक लगाएको छ ।

उदाहरणको लागि कैदीहरूको चिकित्सकीय अभिलेखमा उनीहरूले भोगेको दिमागी दुरवस्था (ट्रमा) र यातनाका सूचनालाई या त पन्छाइएको छ अथवा गोप्य राखिएको छ । केही पूर्व स्वास्थ्यकर्मीहरूले आफूलाई कैदीहरूलाई यातनाको विषयमा कुनै पनि प्रश्न नगर्न भनिएको बताएका छन् । त्यसकारण, कैदीहरूको दिमागी अवस्था र यातनाबारे कुनै अभिलेख नै बनेन । फलतः अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत पुग्दो स्वास्थ्य सेवा दिने जिम्मेवारीबाट संरा अमेरिका पन्छिएको छ ।
धेरै बन्दी कठोर र अमानवीय यातनाको प्रभाव तथा खस्कँदो स्वास्थ्योपचारको शिकार भएका छन् । त्यसमाथि स्वास्थ्य उपचारको अभावले उनीहरूको अवस्थालाई थप खराब बनायो ।
जनवरी महिनामा गहिरो दिमागी रोगका बिरामी तथा यातनाका कारण अङ्गभङ्ग भएका अम्मर अल–बलुचीको मेरुदण्डमा ट्युमर भएको पहिचान भयो । उनका कानुनी सहयोगीहरूका अनुसार ‘समयान्तरमा ट्युमर बढ्दा उनको सिङ्गो दिमाग वा दिमागी नशालाई प्रभावित बनाउन सक्छ ।’
कैदीहरू यातनाको कारण अचानक बेहोस हुने, दृष्टि गुमाउने, पेटका रोग, दिमागमा असन्तुलित दबाब र अन्य स्थायीखाले शारीरिक र मनोवैज्ञानिक प्रभाव भोगिरहेका छन् ।
संयुक्त राष्ट्र सङ्घ र रेडक्रम अन्तर्राष्ट्रियले कैदीहरू चाँडै बुढो हुने समस्याप्रति गम्भीर चासो देखाएका छन् । ज्येष्ठ नागरिकका अधिकारबारे संयुक्त राष्ट्र सङ्घका एक जना स्वतन्त्र विज्ञले गरेको व्याख्याअनुसार गरिब सामाजिक–आर्थिक तथा स्वास्थ्य पृष्ठभूमिसँगै कारागार जीवनले स्वास्थ्यमा पारेको खराब प्रभावका कारण कैदीहरू चाँडै बुढा भएका हुन् ।
विशेषतः संयुक्त राष्ट्र सङ्घले ६० वर्ष नाघेका अब्द अल–हादी अल इराकीको खस्कँदो अवस्थाप्रति गम्भीर चिन्ता देखाएको छ । उनी अहिले पक्षघातबाट पिरोलिएका छन् । उनी मेरुदण्ड खिइने रोगका बिरामी हुन् । पुग्दो स्वास्थ्योपचारको कमीले उनको अवस्था थप खराब बनाएको छ । फलतः उनको जीवन कठिन बनेको छ ।
ग्वान्टानामो टापुको स्वास्थ्य सेवा पुग्दो स्वास्थ्यकर्मी र चिकित्सकीय सामग्रीको अभावका कारण पनि खस्केको हो । जस्तै त्यहाँ हड्डी भाँचिए एक्स–रे गर्ने यन्त्र बिग्रेको छ । ग्वान्टानामोको सीमित क्षमताको खराब अवस्थाबारे उदाहरण पस्किँदै एक जना स्वास्थ्य अधिकारीले ‘एक जना बन्दीको जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा आफू नर्कमा पुगेजस्तै आत्तिएको’ अनुभव सुनाए ।
ग्वान्टानामोमा तैनाथ सिपाहीँ र सर्वसाधारण स्वास्थ्योपचारको लागि त्यहाँबाट बाहिर जान पाउँछन् । तर, कैदीहरू भने मरणासन्न अवस्थामा पनि त्यहाँबाट कतै बाहिर जान कानुनले रोक लगाएको छ ।
ग्वान्टानामोमा तैनाथ एक जना पूर्वकमान्डरले त्यो अवस्था आफ्नो लागि निस्सासिँदो भएको बताए । सन् २०१९ मा संरा अमेरिकी सेनाका रियर अडमिरल जोन रिङले पत्रकारहरूलाई भने, “अमेरिकी नीतिमा परिवर्तन नहुने हो भने कुनै अवस्थामा हामी एक प्रकारले मानिसलाई मार्ने उपचार गरिरहेका हुनेछौँ । … धेरै जना मधुमेहका बिरामी छन् । …के यहाँ डायलासिस हुन्छ ? मलाई थाहा छैन । कसैले मलाई भनोस् । के यहाँ जटिल क्यान्सरको उपचार हुन्छ ? मलाई थाहा छैन ।”
संयुक्त राष्ट्र सङ्घ र आइसीआरसीका पछिल्ला वक्तव्यले ती सबै प्रश्न अद्यापि अनुत्तरित छन् र त्यत्तिबेलाको अवस्थामा कुनै पनि परिवर्तन भएको छैन भन्ने वास्तविकता उजागर गरेको छ ।
ग्वान्टानामोका धेरै स्वास्थ्य उपचारका समस्या समाधान गर्न सकिने खालका छन् । तर, ती समस्या हुँदैनन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूले नै बन्दीहरूलाई यातना दिने व्यक्तिको भूमिका खेल्दा कैदीहरू अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि नै विश्वास गर्न सकिरहेका छैनन् ।
कदाचित कुनै स्वास्थ्यकर्मीले बिरामीसँग विश्वासको सम्बन्ध बनाए पनि त्यहाँ स्वास्थ्यकर्मी र चिकित्सकहरूको काम बारम्बार बदलिरहने भएकोले बिरामीको उपचारमा निरन्तरता पाउन गा¥हो छ ।
सन् २०२२ को जून महिनामा इन्टरनेसनल कमिसन अफ जुरिस्ट एन्ड एम्नेस्टी इन्टरनेसनललगायतका सङ्गठनले ‘कोही पनि बन्दीले आफूले भोगेको निर्ममताबाट प्रभावकारी न्याय वा क्षतिपूर्ति नपाएको’ बतायो । कैदीहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार प्रभावकारी स्वास्थ्योपचारबाट वञ्चित गरिएको र कैदमा रहेको बेला उनीहरूमाथि लगातार कठोर यातना दिइएको ती सङ्गठनहरूले जनाए ।
जो बाइडेनको सरकारले ग्वान्टानामो टापुको कारागार बन्द गर्ने वाचा गरेको थियो । दस जना कैदीहरूलाई कारागारबाट मुक्त गरी तेस्रो देशमा पुनर्वासको व्यवस्था गरियो अथवा उनीहरूकै देशमा फिर्ता पठाइयो । सेप्टेम्बर ११ को हमलासँग जोडिएका पाँच जना बन्दीका मुद्दा मात्र बाँकी छ । तर, उनीहरूको रिहाइको लागि आवश्यक प्रक्रियासँग जोडिएका प्रमुख नीतिगत प्रश्नमा संरा अमेरिकाका उच्चपदस्थ अधिकारीहरू पन्छिन खोजिरहेका छन् ।
आज ग्वान्टानामोमा ३० जना बन्दी बाँकी छन् । १६ जना रिहाइको प्रतिक्षामा छन् । १० जनाको ग्वान्टानामो सैनिक अदालतमा मुद्दा चलिरहेको छ । एक जना आजीवन काराबासको सजाय भोगिरहेको छ । तीन जना ‘सधैँका बन्दी’ छन् जसलाई बिना आरोप वा कानुनी पैरवी कैदमा राखिएको छ ।
आइसीआरसीले संरा अमेरिकालाई ‘राजनीतिक तथा प्रशासनिक गतिरोध अन्त्य गर्न’ आग्रह गरिरहेको छ । संरा अमेरिका भने बाँकी बन्दीको स्थानान्तरण र ‘सबै अरू बन्दीका भाग्य निधो’ गरिरहेको छ ।
तर, ग्वान्टानामोमा एक जना मात्र बन्दी बाँकी भएसम्म सरकारले बृहत्, दिमागी रोगबारे जानकार र सांस्कृतिक योग्यता भएको उपचार प्रणाली व्यवस्था गर्नुपर्छ ।
संयुक्त राष्ट्र सङ्घ र आइसीआरसीले खतराको घण्टी बजाइसकेको छ । संरा अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय छवि कलङ्कित बनाएको मानवीय र मानवअधिकार सङ्कटका समस्या समाधान गर्न नसक्दासम्म चेतावनीको आवाज उठाउने उपयुक्त समय आएको छ ।


(लेखक सेन्टर फर भिक्टिम्स अफ टर्चरका नीति विश्लेषक हुन् ।)
स्रोतः अल जजीरा
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *