व्यवसायिक प्रतिभालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ दोस्रो ख्वप हाटबजार
- चैत्र २७, २०८१
भक्तपुर, १८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको संयुक्त आयोजनामा सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पुँजीपतिवर्गको कलेज, विद्यालय, अस्पताल, कार्यालयमा काम गर्ने प्राध्यापक, शिक्षक, कवि, कलाकार, पत्रकार, डाक्टर, इन्जिनियर, नर्स, वकिल, बुद्धिजीवी सबै वेतनभोगी बौद्धिक मजदुर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी बैङ्क र शेयर कारोबारी संस्था पुँजीवादको स्नायु नसा नै हुन् । जागिर छोडेर शेयर कारोबारीमा लाग्ने कतिपय अहिले शेयरको कुल मूल्य ४४ खर्ब रूपैयाँबाट २७ खर्ब रूपैयाँमा झरेपछि टाट पल्टिएका छन् । बैङ्कमा ऋण लिएर शेयर कारोबारमा लाग्नु गलत हो ।”
पुँजीवादी विचारका पार्टी, नेता, कार्यकर्ताले सरकारी र सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने काम गर्ने स्पष्ट पार्दै सांसद सुवालले वीर अस्पतालमा ४५ करोड रूपैयाँ पर्ने टोमोथेरापी मेसिन खरिद गरिएको तर प्रयोगमा नल्याई कवाडी बनाउने दोषीलाई कारबाही नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रमका श्रीमतीहरू नै निजी विद्यालय र कलेजको सञ्चालक भएर सरकारी विद्यालय र कलेज ध्वस्त पार्ने काम भइरहेको छ । यसको विरोधमा सबै जनता आन्दोलित हुनु जरूरी छ ।”
“भ्रष्टाचार गर्नकै लागि शासक
दलहरूबिच मन्त्रीको सङ्ख्या बढी लिने हानथाप भइरहेको हो । ३३ वर्षयता पाँच पटक मन्त्री भएकाले आफ्नो पुस्तकमा ‘मन्त्री भनेकै अर्बौँ रूपैयाँ भ्रष्टाचार गर्ने पद भएको’ उल्लेख गरे । अहिलेको प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाहिरका सयौँ जना सांसदको काठमाडौँमा घर भएको उल्लेख छ । यसकारणले पनि मन्त्री र सांसद भएकाहरूमाथि भ्रष्टाचारको आरोप लागेको हो” सांसद सुवालले भन्नुभयो ।
देशको सन्तुलित विकास नभएसम्म देशभरिका जनताले समान अवसर पाउने छैनन् । यसकारण, सबैको हित हेर्ने समाजवादी व्यवस्था नै जरूरी भएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले मई दिवसको महत्वबारे चर्चा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा उल्लेख्य काम गर्दै आएको हुँदा ख्वप मोडेलले पहिचान पाएको बताउनुभयो । पार्टी अध्यक्ष बिजुक्छेँद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको परिकल्पनाअनुसार भक्तपुर नगरपालिका अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने, सांस्कृतिक नगर घोषणा गराउने, ख्वप विश्वविद्यालयको स्थापना तथा ज्ञान विज्ञानको केन्द्र बनाउने ध्येयले काम भइरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले पुँजीवादी देशहरूमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको मूल मर्मलाई ओझेलमा पार्ने गरी काम भइरहेको चर्चा गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको पृष्ठभूमिको चर्चा गर्दै कोभिड– १९ को अवधिमा संरा अमेरिकाका २२ वटा ठूला कम्पनीका मजदुरहरूको ज्यालामा २ देखि ५ प्रतिशतमात्र वृद्धि भएको तर सञ्चालकहरूको नाफामा ९५ देखि ९८ प्रतिशत वृद्धि भएको अध्ययनले देखाएको चर्चा गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेज सिभिल इन्जिनियरिङ विभागका ई. अमितशङ्कर रंजितले ‘संरा अमेरिकामा मजदुर आन्दोलन र मई दिवस’ बारे चर्चा गर्नुभयो । ख्वप बहुप्राविधिक अध्ययन संस्थानका शिक्षक गङ्गाकेशरी कोजु र राजन जतिले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply