यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वैशाख १६ गतेको ‘मजदुर’ दैनिकको साहित्य/विविध स्तम्भमा ‘अद्भूत र देशभक्त पात्र जङ्गबहादुर !’ शीर्षकमा राणा प्रधानमन्त्री जङ्गबहादुर अर्थात् वीरनरसिंह कुँवरबारे इन्द्रकुमार श्रेष्ठको पाठक मूल्याङ्कन प्रकाशित भयो । ‘जङ्गबहादुर उपन्यास’ का पाठक इन्द्रकुमार श्रेष्ठले आफ्नो मूल्याङ्कन लेख्ने क्रममा “भूभाग गुमाउने भीमसेन थापालाई राष्ट्रिय विभूति घोषणा गरिँदा जङ्गबहादुरप्रति न्याय गरिएन”, “प्रत्येक नेपालीले बुझ्न सके जङ्गबहादुरप्रति सबै नेपालीको शिर श्रद्धावत निहुरिने”, ‘‘भीमसेन थापाको पालामा भएको सुगौली सन्धिबाट ग्रेटर नेपाल खुम्चिन पुग्यो,” “जङ्गबहादुरकै कारण नयाँ मुलुकको रुपमा चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर प्राप्त भयो”, “भारतमा उठेको सिपाही विद्रोह दबाउने काम जङ्गबहादुरले खटाएको पल्टनले गरिदिएको” उल्लेख गरे ।
इन्द्रकुमार श्रेष्ठको जङ्गबहादुरबारे मूल्याङ्कनको सटिक खण्डनसहितका पाठक पत्रहरू पनि ‘मजदुर’ दैनिकमा प्रकाशित भयो । भीमसेन थापाले अङ्ग्रेजसँगको युद्धमा चीन, तिब्बत तथा तत्कालीन भारतका अन्य राजा रजौटाहरूसित पनि सहयोग मागेको हुँदा बेलायती साम्राज्यवादले नेपालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई षड्यन्त्रमूलक तरिकाबाट पदच्युत गरेको, जङ्गबहादुरले बेलायती साम्राज्यवादविरुद्धको सिपाहीँ विद्रोह दबाउन लखनउमा नेपाली सेनाको पल्टन पठाएका जङ्गबहादुर बेलायती साम्राज्यवादको बफादार पिछलग्गू भएकोमा नेपाली जनता स्पष्ट छन् ।
बेलायती साम्राज्यवादको पिछलग्गू जङ्गबहादुरले सुरु गरेको निरङ्कुश राणा शासनले नेपाली जनतालाई १०४ वर्ष अन्धकारको युगमा जाकेको थियो । यो यथार्थलाई इन्द्रकुमार श्रेष्ठले ढाकछोप गरेर जङ्गबहादुर ‘देशभक्त’ भनी गरेको मूल्याङ्कन ‘मजदुर’ दैनिकमा प्रकाशित भएकोमा हामी आत्म आलोचित छौँ । आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दछौँ । ‘मजदुर’ दैनिक देश र जनतामा समर्पित आस्थाको पत्रिका हो । यो आस्थालाई आगामी दिनमा डगमगाउन दिने छैनौँ ।
Leave a Reply