लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
फौजदारी अपराधी सांसद !
पुँजीवादी देशहरूमा असामाजिक काम धेरै भइरहेको हुन्छ । शासक दलका मन्त्री, सांसद, जनप्रतिनिधिहरू, खराब ठेकेदार, गैरनेपाली नागरिक, दुई देशको राहदानी बोक्ने, मन्त्रीको लागि पैसा सापटी माग्ने, सरकारी घरजग्गा बहालमा करोडौँ–अरबौँ रूपैयाँ कमिसन खाने, सरकारी जग्गा कब्जा गर्ने, घाइतेलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने अपराधीहरूसमेत हुन्छन् । संसारका धेरै देशमा यस्ता तस्बिर देखिनु पुँजीवादी व्यवस्थाकै परिणाम हो । केही व्यक्तिको मात्र हित हेर्ने पुँजीवादी व्यवस्था हो भने सबैको हित हेर्ने समाजवादी व्यवस्था हो ।
जनताका नेताको जेलमै मृत्यु !
प्यालेस्टाइनका नेता ४४ वर्षीय खादिर अदनानको इजरायली जेलमा वैशाख १९ गते मृत्यु भयो । ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य अदनान ८६ दिनदेखि जेलमा अनसनमा थिए । यसअघि पटकपटक हिरासतमा परेका र पाँचपटक भोक हडताल गरिसकेका अदनानलाई जेलभित्र मार्ने अमानवीय काम इजरायली सरकारले ग¥यो । गाजा क्षेत्रमा सक्रिय ‘इस्लामिक जिहाद’ प्यालेस्टाइनको सक्रिय समूहले अदनानको जेलभित्रै मृत्युलगत्तै इजरायललाई ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दियो । अदनान इजरायलको वेस्ट बैङ्क क्षेत्रका हुन् । इजरायलको शासनमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेप छ ।
जेलको क्षमताभन्दा बढी कैदी बन्दी !
युरोपको एउटा ‘सम्पन्न’ देश फ्रान्समा कुल कैदीबन्दी ७२ हजार ८०९ पुगेको र त्यहाँका जेलहरूको क्षमता ६० हजारमात्र अटाउने भएको बताइन्छ । मानव अधिकारीकर्मीहरूले फ्रान्सको जेलमा कैदी बन्दीलाई कोचेर र बाँच्ने अधिकार हनन गरेर राखिएकोमा कडा विरोध गरेका छन् । अहिले फ्रान्सको जेलमा २२२५ जना जेलभित्र भुइँमा सुन्न बाध्य छन् । फ्रान्सका कैदीबन्दीहरू फोहर जीवन बिताउनुपर्ने, साँघुरो घेरामा बस्नुपर्ने, अत्याधिक हल्ला सहनुपर्ने अवस्थामा छन् । युरोपेली आयोगको सन् २०२१ को रिपोर्टअनुसार फ्रान्सका १ लाख बासिन्दामध्ये ९२ जना जेलमा छन् । हाल यो सङ्ख्या बढेर १०७ पुग्यो । एक वर्षमा फ्रान्सका कैदी बन्दी ४.३ प्रतिशतले बढ्यो ।
मन्त्री पद भ्रष्टाचारको पर्याय पुष्टि !
नेपालीलाई भुटानी शरणार्थी बनाउने र अमेरिका पठाउने धन्दामा लागेका र पीडितसँग ५ करोड ५० लाख रूपैयाँ ठगी गरेका २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री भएका माओवादीका रामबहादुर थापा (पछि एमाले पसेका) का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले वैशाख १९ गते पक्राउ ग¥यो । माओवादी द्वन्द्व व्यवस्थापनविज्ञ बनेका राईले सल्लाघारीमा नेपाली सैनिक क्षेत्र जोडिएको पर्ती मिचिएको जग्गा र घरसमेत जोडेको बताइन्छ ।
मानव तस्करीको आरोपमा पक्राउ परेका सानु भण्डारी माओवादीबाट तत्कालीन ऊर्जामन्त्री बनेका र हाल एमाले पसेका टोपबहादुर रायमाझीका सहयोगी भएको र पक्राउ परेका अर्का केशव दुलाल २०६६ सालमा परराष्ट्रमन्त्री भएका नेकाका नेतृ सुजाता कोइरालाका निजी सहायक थिए ।
३३ वर्षयता पाँचपटक मन्त्री भएका राधाकृष्ण मैनालीले आफ्नो संस्मरणमा मन्त्री पद अर्बौँ रूपैयाँ भ्रष्टाचार गर्ने भएको दाबी गरेको अहिले पुनः पुष्टि भयो ।
Leave a Reply