भर्खरै :

मई दिवस मनाएर विस्तारवादी तथा साम्राज्यवादीको दलाली गर्नेहरूसँग सचेत होऔँ !

मई दिवस मनाएर विस्तारवादी तथा साम्राज्यवादीको दलाली गर्नेहरूसँग सचेत होऔँ !

सर्वप्रथम, मई दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । संसारभर आज विविध गतिविधिका साथ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । लगातारको झरीका बिच हामी ¥यालीपश्चात्को सभामा उपस्थित छौँ ।
सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रमा एउटा परिकल्पना गरिएको छ । त्यो विज्ञानसम्मत परिकल्पना हो । पुँजीपतिवर्गले आफ्नो काल आफैँले निम्त्याउनेछ । पुँजीपतिवर्गले उद्योगधन्दा, कलकारखानासँगसँगै एउटा नयाँ वर्गको विकास या जन्म गराउनेछ । त्यो भनेको सर्वहारावर्ग हो । उद्योगको विकाससँगै मजदुरहरूको सङ्ख्या बढ्दै जानेछ । समयक्रमसँगै मजदुरहरू शिक्षित बन्दै जानेछन् । आफूमाथि भइरहेको शोषण बुझ्नेछन् । ती मजदुरहरूले क्रान्तिकारी विचार, क्रान्तिकारी भावना, क्रान्तिकारी सिद्धान्त आत्मसात् गर्दै क्रान्तिकारी सङ्गठन निर्माण गर्नेछन् । क्रान्तिकारी सङ्गठनकै तागतले पुँजीपतिवर्गलाई परास्त गर्नेछन् । मजदुरवर्गको सत्ता स्थापना हुनेछ । नयाँ समाज निर्माण हुनेछ । त्यो समाज शोषणविहीन समाज हुनेछ । त्यो समाजवादी समाज हुनेछ । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले आजभन्दा धेरै वर्ष अगाडि लेख्नुभएको कम्युनिस्ट घोषणापत्रको सारलाई यसरी बुभ्mन सकिन्छ ।
आज हामी त्यही समाजवादी व्यवस्था स्थापना गर्न नयाँ आन्दोलन, नयाँ सङ्घर्षको तयारीको क्रममा छौँ । त्यही क्रममा मई दिवसलाई सङ्घर्षको एउटा अवसर लिँदै छौँ । मई दिवसलाई क्रान्तिकारी विचारको विषयमा अन्तरक्रिया, छलफल गर्ने एउटा अवसरको रूपमा सदुपयोग गर्दै छौँ । सन् १९१७ मा रूसमा समाजवादी क्रान्ति सफल भयो । क्रान्ति अगाडि र पछाडि त्यहाँ लेनिन र स्तालिनहरूले कलकारखाना, विद्यालय, कलेज तथा उद्योगहरूमा हरेक हप्ता मजदुरहरूबिच अध्ययन गोष्ठीहरू चलाउनुहुन्थ्यो । हरेक हप्ता समाजवादी साहित्यको विषयमा छलफल, अन्तत्र्रिmया र गोष्ठीहरू चलाइन्थे । मजदुरहरूलाई समाजवादी विचारबाट लैस बनाउने प्रयासहरू निरन्तर भए । त्यसरी त्यो समाज अगाडि बढ्यो । त्यो रुसी समाज अर्थात् भनौँ युरोपको सा¥है अविकसित, युरोपको अत्यन्त गरीब देश एउटा आधुनिक विकसित समाजमा परिणत भयो । त्यसकारण, आज हाम्रो पार्टीले मजदुरहरूबिच अन्तक्र्रिया, किसानहरूबिच छलफल, शिक्षकहरूबिच अध्ययन गोष्ठी, विद्यार्थीहरू र युवाहरूबिच विभिन्न रचनात्मक तथा सैद्धान्तिक–वैचारिक गतिविधिहरूमा जोड दिँदै छ । यस विषयमा मनैदेखि हामी प्रस्ट हुन सक्यौँ र त्यसलाई व्यवहारमा उतार्न सक्यौँ भने हाम्रो आन्दोलन, हाम्रो सङ्घर्ष अझ तीव्र ढङ्गमा अगाडि बढ्नेछ । हामीले मजदुरहरूलाई सङ्गठित बनाउने, शिक्षकहरूलाई अझ सुशिक्षित बनाउने, प्राध्यापकहरूलाई अझ विचार र सद्धान्तको क्षेत्रमा क्रियाशील बनाउने आदि कार्य गर्न सकेको खण्डमा सङ्घर्ष थप बलियो बन्नेछ । नयाँ आन्दोलन, नयाँ सङ्घर्षको थालनी आ–आफ्नो ठाउँबाट गर्न आवश्यक छ । हामी जहाँ–जहाँ कार्यरत छौँ, ती ठाउँहरूबाट नयाँ विचारको विषयमा, समाजवादको विषयमा, वैज्ञानिक समाजवादको विषयमा छलफल चलाउन आवश्यक छ ।
समाज परिवर्तन अपरिहार्य छ । परिवर्तन अवश्यम्भावी छ । आमूल परिवर्तन अनिवार्य छ भन्ने विषयमा हामीले गहनरूपमा छलफल, चिन्तन–मनन गर्दै अगाडि बढ्न सकेको खण्डमा हाम्रो समाज पनि अझ अगाडि बढ्नेछ । हाम्रै पालामा हामीले परिवर्तन अनुभव गर्न पाउनेछौँ । तसर्थ, सबैले आ–आफ्नो ठाउँबाट, आ–आफ्नो जिम्मेवारी, आ–आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गरौँ ¤
आजको यो मई दिवसमा हामी सबैले मनमा राखौँ, मजदुरहरूले नै संसारको निर्माण गरेका हुन् । मजदुरहरूले नै आधुनिक समाजको जग राखेका हुन् । मजदुरहरू नै यो देश र विश्वका वास्तविक निर्माताहरू हुन् । यो संसार बदलिएको छ भने मजदुरवर्गकै कारण हो । यो संसार परिवर्तन भएको छ, यहाँ निर्माण भएको छ, विकास भएको छ, उन्नति–प्रगति भएको छ भने अरू कुनै मुट्ठीभर मालिकहरूको कारणले होइन मजदुरवर्गको कारण हो भन्ने विषयमा हामीले हरेक ठाउँमा छलफल चलाउन आवश्यक छ । यो संसार मालिकहरू, यो संसार पुँजीपतिहरूद्वारा निर्माण गरिएको होइन, विकास र प्रगति गरिएको पनि होइन । बरू मजदुर, किसानहरू र कामदारवर्गकै कारण यो समाज यहाँसम्म पुगेको हो भन्ने विषयमा हाम्रा नयाँ पुस्तालाई पनि अवगत गराउन आवश्यक छ । संसारको आजसम्मको सभ्यता मजदुरहरूकै कारण सम्भव भएको हो । त्यसकारण, हामी मजदुर, किसान र कामदारहरू नै संसारका रचनाकार हौँ, निर्माता हौँ भन्ने विषयमा हामी आफैँले मनमा राख्न आवश्यक छ । त्यसकारण, कोही–कसैले मालिक्याइँको धाक लाउँछ भने, पुँजीपतिवर्गले यो ग¥यौँ र त्यो ग¥यौँ भनी दाबी गर्दछ भने ती झूटा हुन् । यी दरबार, महल र संरचनाहरू तिनका पितापुर्खाले बनाएको दाबी गर्दछन् भने तिनीहरू झूटा हुन् । बरू कामदारवर्गको रगत, पसिना र मेहनतको कारण यो संसार यो स्थितिसम्म पुगेको हो । यसलाई अझ बदल्दै लान आवश्यक छ र शोषणविहीन चरणमा पु¥याउन आवश्यक छ ।
आजको हाम्रो समाज र संसारको आवश्यकता भनेको वास्तवमा शारीरिक श्रम र बौद्धिक श्रमबिच जुन भेद छ, त्यो भेदको अन्त्य हो । त्यो भेदको अन्त्य समाजवादमा हुनेछ । त्यस समाजमा गाउँ र सहरबिचको भेद हट्नेछ । हामीले देखिरहेका छौँ, डोल्पा, दैलेख, मुगु, मनाङ, हुम्ला, जुम्लाको जुन दुरवस्था छ, त्यो हाम्रो निम्ति स्वीकार्य छैन । ती ठाउँमा काठमाडौँमा उपलब्ध सुख–सुविधा तथा सेवा पु¥याउन आवश्यक छ । तराईका हरेक मुसहर बस्तीमा, थारू, यादवहरूको बस्तीमा पु¥याउन आवश्यक छ । त्यसकारण, सेवाको समान वितरण आजको आवश्यकता हो । हाम्रो सङ्घर्षबाट मात्र त्यो सम्भव हुनेछ । नेपाली समाजको आजको दुरवस्थाको कारण अवसरमा भेद हो, अवसरमा असमानता हो । त्यसकारण, जबसम्म अवसरमा असमानता कायम रहन्छ तबसम्म परिवर्तनको अनुभूति, प्रजातन्त्रको अनुभूति हामीले गर्न पाउने छैनौँ । त्यसको निम्ति पनि सशक्त सङ्घर्ष आवश्यक छ । त्यसैगरी, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्तले मात्र समाजमा न्यायको अनुभव दिलाउनेछ । नेपाली समाज अगाडि बढ्न नसक्नुको एउटा कारण योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नहुनु हो । न्यायोचित समाजका निम्ति त्यो अनिवार्य छ ।
देशमै रोजगारीको अवसर अर्को महत्वपूर्ण पक्ष हो । ७०–८० लाख कामदारहरू, युवाहरू विदेश पठाएर संसारको कुन चाहिँ देश सम्पन्न बनेको छ ? यो प्रश्न चारैतिरबाट उठ्दै छ । आजको यो स्थितिको निम्ति आजसम्मका सम्पूर्ण श्रममन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री, प्रधानमन्त्री र सरकारमा गएका दलहरू जिम्मेवार छन् । ७०–८० लाख काम गर्न सक्ने पौरखी हातहरूलाई विदेश पठाएर देश निर्माण र समृद्धि कसरी सम्भव हुन्छ ? फलानो अब मन्त्री बन्ने, फलानो अब प्रधानमन्त्री बन्ने, दुई सीट बढ्ता जित्यौँ, फेरि दुई सीट थप्यौँ भनेर जनतालाई भ्रममा पार्ने या जनताको ध्यान अन्यत्र मोड्ने छलछाम हुँदै छ । त्यो गलत हो । कसले जित्यो र को मन्त्री बन्छ भन्दा पनि जनताले स्वदेशमै काम पाउने भए कि भएनन्, सवाल त्यो हो । त्यसकारण, स्वदेशमै रोजगारी, स्वदेशमै मनवोचित ज्यालासहित काम गर्ने बन्दोबस्त, स्वदेशमै अध्ययन, स्वदेशमै उपचार हाम्रो माग हो ।
राष्ट्रपति बिरामी हुन्छन्, दिल्ली धाउँछन् । मन्त्री र प्रधानमन्त्री बिरामी हुन्छन्, सिङ्गापुर र बैङ्कक धाउँछन् । अनि उपचार नपाएर हाम्रा युवा, विद्यार्थी, महिला र किसानहरू मर्छन् । यो कुरीति र कुप्रथा हाम्रा लागि स्वीकार्य छैन । यो प्रजातन्त्र होइन । प्रजातन्त्रमा त्यस्तो हुने गर्दैन । त्यसकारण, रोजगार, उपचार र अध्ययन स्वदेशमै हुनुपर्छ । गत वर्ष मात्र एक लाख २२ हजार नेपाली विद्यार्थीहरू अध्ययनको नाउँमा विदेश गए । यही वर्ष पनि नौ महिनामा ९० हजारभन्दा बढ्ताले देश छोडे, अध्ययनको नाउँमा । देशमा यति धेरै विश्वविद्यालयहरू छन् । हाम्रा विश्वविद्यालयमा पढाइ हुँदैन, तालाबन्दी हुन्छ र चर्को शुल्क लिइन्छ । अनि हाम्रा युवा, विद्यार्थीहरू पढ्ने नाउँमा विदेश जान्छन् । यो थिति कायम रहेसम्म देश परिवर्तन हुँदैन । चाहे जोसुकै प्रधानमन्त्री बनोस्, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, कुनै पनि मान्छे जुनसुकै ठाउँमा पुगोस्, देश परिवर्तन हुँदैन । यो कुरीतिको अन्त्य हाम्रो माग हो । त्यसकारण, हामी सङ्घर्षरत छौँ । यी विषयहरूमा हामीले हाम्रा स्कूल तथा कलेजहरूमा, हाम्रा उद्योग तथा कलकारखानाहरूमा, हाम्रा गाउँबस्तीहरूमा निरन्तर छलफल चलाउन आवश्यक छ ।
अहिले विश्व साह्रै ठूलो आर्थिक सङ्कटतर्फ उन्मुख छ । आर्थिकरूपमा टाटपल्टाइको स्थितिमा पुँजीवादी देशहरू गइरहेका छन् । हामी सुन्दै छौँ, अमेरिका आर्थिकरूपमा ठुलो सङ्कटमा छ । अब उसले सम्हाल्न सक्दैन । चाहे बाइडेन आऊन् या ट्रम्प आऊन् जोसुकै आऊन्, अमेरिकाको त्यो आर्थिक महारोगबाट मुक्त हुन गा¥हो हुनेछ । त्यो भनेको पुँजीवादले व्यहोरेको आर्थिक धक्का हो । पुँजीवादले व्यहोरेको असफलता हो । अब संसारमा पुँजीवादी बन्दोबस्तले मानव सभ्यताको हित गर्न सक्दैन । आर्थिक, सामाजिक, सांस्कृतिक हरेक हिसाबले अब पुँजीवाद भनेको म्याद नाघेको औषधि साबित हुँदै छ । अमेरिका होस् या फ्रान्स या जर्मनी, कोभिडमा पनि हामीले तिनको वास्तविक क्षमता देख्यौँ । एउटा महामारी सम्हाल्न नसक्ने पुँजीवादी व्यवस्थाले अब यो गर्ला र त्यो गर्ला भनेर आश गर्नु बेकार हुनेछ । अब हामीले हाम्रा हरेक ठाउँहरूमा नयाँ पुस्तालाई पुँजीवादी व्यवस्थाका अवगुण तथा असफलताबारे प्रस्ट बताउनु पर्छ । समाजवाद नै अब अन्तिम विकल्प हो भन्नेबारे प्रशिक्षित बनाउनु पर्छ । त्यो हाम्रो कर्तव्य हो । त्यो हाम्रो जिम्मेवारी हो । त्यसको निम्ति हामी सबैको भूमिका आवश्यक छ । हामीलाई थाहा छ – संसारमा अहिले धेरैभन्दा धेरै मानिसहरूले रोजगारी अथवा कामबाट बञ्चित हुन परेको स्थिति छ । संसारका कुनै पनि औद्योगिकरूपमा अगाडि बढिसकेका पुँजीवादी व्यवस्थाले समेत मानिसलाई काम दिन सकेन । त्यसकारण, काम, माम, कपडाको ग्यारेन्टी यो पुँजीवादी व्यवस्थाले दिन सक्दैन । त्यसको निम्ति समाजवादी व्यवस्था नै आवश्यक छ ।
हामीले देखेका छौँ, एक अरब चालिस करोड जनसङ्ख्या भएको चीनले कम क्षतिमा कोभिडलाई परास्त ग¥यो र उपचारको बन्दोबस्त ग¥यो† काम, माम, कपडाको ग्यारेन्टी ग¥यो† संसारलाई आश्चर्यचकित हुने गरी मानिसहरूको उचित बन्दोबस्त ग¥यो† अत्याधुनिक प्रविधिको सुनिश्चितताको बाटोमा अगाडि बढ्यो र संसारको निम्ति टाउकोदेखि पाउसम्म लाउने कपडा उत्पादन गर्दै छ । हामीले खाने अन्नदेखि वस्तु, प्रविधि या यन्त्र उत्पादन गर्ने एउटा कारखानाको रूपमा चीनलाई हामीले देखिरहेका छौँ । यो यथार्थ संसारले स्वीकारिसकेको छ । त्यो भनेको समाजवादको सफलता हो । त्यसकारण, समाजवाद र पुँजीवादबिचको यो भेद हामीले व्यवहारिकरूपमा अनुभव गर्दै छौँ । यो वास्तविकताको विषयमा नयाँ पुस्तालाई पनि बोध गराउन आवश्यक छ ।
पुँजीवादले अशान्ति, आतङ्क, युद्ध, विनाश, हत्या–हिंसाबाहेक केही पनि दिँदैन । आजभन्दा १३।१४ महिनाअगाडि गत वर्षको फेब्रुअरीमा अमेरिकाले एउटा नयाँ षड्यन्त्र रच्यो । युक्रेनको काँधमा बन्दुक बिसाएर रूसमाथि हमला ग¥यो अमेरिकाले । हिजो उसले इराक युद्ध ग¥यो । अफगानिस्तान, लिबिया, सिरिया सारा ठाउँहरूमा युद्ध रच्यो र ऊ हार्दै हार्दै भाग्यो । यसबाट पनि के प्रमाणित हुन्छ भने पुँजीवादी र साम्राज्यवादी व्यवस्थाले अरू केही दिन सक्दैन । शान्ति, उन्नति, प्रगति, विकास आदि अमेरिकाबाट अब सम्भव छैन । त्यसकारण, संसारले अब एकध्रुवीय विश्व होइन, बहुध्रुवीय विश्व खोज्दै छ । अमेरिकाको दादागिरीको अन्त्य, अमेरिकी साम्राज्यवादको पतन भएको हेर्न विश्वका जनता आतुर छन् । विश्व नयाँ ढङ्गमा अगाडि बढ्छ भन्ने कुरा अब संसारका न्यायप्रेमी, युद्धविरोधी जनता बुभ्mदै छन् । त्यसकारण, पनि युक्रेनमा भइरहेको युद्धको हामी विरोध गर्दै छौँ । शान्तिको विषयमा, युद्धको विषयमा अमेरिकी साम्राज्यवादको षड्यन्त्रको विषयमा हामी आफैँले बुझेर नयाँ पुस्तालाई अझ बुझाउनुपर्ने अहिलेको आवश्यकता हो । अमेरिकाले नयाँ युद्ध थोपरिरहँदा अर्को एउटा नयाँ उत्साह, नयाँ आशा, नयाँ भरोसा, नयाँ बिहानी पनि हामी अनुभव गर्दै छौँ । अमेरिकाकै आँगनमा ल्याटिन अमेरिका जो दबिएको थियो, मिचिएको थियो संरा अमेरिकी साम्राज्यवादबाट, आज ल्याटिन अमेरिका उठ्दै छ । हिजो अस्तिमात्र हामीले क्युवाली राजदूतलाई स्वागत ग¥यौँ । हामीले उहाँका भनाइहरू सुन्यौँ । आजसम्मको इतिहासमा ल्याटिन अमेरिका अझ बढी जोश र जाँगरका साथ अमेरिकी साम्राज्यवादविरूद्ध लड्दै छ । चाहे त्यो मेक्सिको होस्, चाहे त्यो कोलम्बिया होस्, भेनेजुयला होस्, क्युवा स्वयम् त भइहाल्यो । अमेरिकी दादागिरीको विरूद्धमा ल्याटिन अमेरिका स्वयम् उठ्दै छ । अफ्रिका जाग्दै छ । अफ्रिकाले पनि भन्यो– ‘अहँ, तिमीहरूले भनेझैँ हामी बस्दैनौँ ।’ आजको खबरले पनि भन्छ, रूसका अहिलेका नेता भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दियो तर अफ्रिकी देशहरूले ‘तिमीले भन्दैमा पुटिनलाई हामी युद्ध अपराधी मान्दैनौँ । हाम्रो देशमा बरू स्वागत गर्छौँ । अमेरिका, तिम्रो युग समाप्त भयो । अफ्रिकालाई दबाइरहने युगको अन्त्य स्वयम् अफ्रिकाले गर्नेछ’ भनेर अफ्रिकी नेताहरूले बोल्दै छन् । अफ्रिकी सरकारहरूले बोलिरहेका छन् । विश्व यो स्थितिबाट अगाडि बढ्दै छ । ल्याटिन अमेरिका जसरी जाग्यो, उठ्यो त्यसरी नै एसिया महादेश पनि अमेरिकी साम्राज्यवाद र पश्चिमा साम्राज्यवादी देशहरूविरूद्ध अगाडि बढ्दै छन् । त्यसमा हातमा हात मिलाउँदै अगाडि बढ्नु हामी नेपाली जनताको कर्तव्य हो । हाम्रो त्यो भूमिका यतिखेरको आवश्यकता हो । ल्याटिन अमेरिकामा वामपन्थी सरकारहरूको निर्माण हुँदै छ, मजदुरवर्गीय सत्ता र सरकारहरू धमाधम बन्दै छन् । त्यो सिलसिला अगाडि बढ्नेछ । अमेरिकी प्रभुत्वको अन्त्यको दिन नजिकिँदै छ भन्ने आत्मविश्वासका साथ हामी अगाडि बढौँ !
मई दिवसकै दिन १९६२ मा फिडेल क्यास्ट्रोले क्युवामा घोषणा गर्नुभएको थियो– “अब हामीलाई पुँजीवादी निर्वाचनमा अलमलिइरहने फुर्सद छैन । अब यहाँ पुँजीवादी निर्वाचन होइन, क्युवा समाजवादी देश बन्यो ।” त्यो इतिहास पढेर हामीले पढेका छौँ । इतिहास दोहोरिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । हामी पनि त्यो दिनको पर्खाइमा छौँ । त्यो दिनको तयारीमा अगाडि बढ्दै छौँ । त्यसकारण, सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूले नेपाली मजदुर आन्दोलनको शत्रु को हो र मित्र को हो भन्ने चिन्न र चिनाउन आवश्यक छ । मई दिवस पनि मनाउने अनि एमसीसीको पनि समर्थन गर्ने ¤ एसपीपीको पनि समर्थन गर्ने ¤ के त्यो सङ्गतिपूर्ण छ ? मई दिवस पनि मनाउने अनि भारतको दलाली पनि गर्ने ? भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाली पनि गर्ने ? मई दिवस पनि मनाउने अनि फेरि भारतीय एकाधिकार पुँजीलाई समर्थन गर्ने ? यो द्वैधचरित्र हो कि होइन ? यो धोका हो कि होइन ? यो विषयमा हामीले हाम्रा दाजुभाइ–दिदीबहिनीहरूलाई बुझाउन र सम्झाउन आवश्यक छ । मजदुर आन्दोलनले देशभक्त को हुन् र देश बेचुवा को ? सक्कली कम्युनिस्ट को हुन् र नक्कली कम्युनिस्ट को हुन् ? विदेशी पुँजीका दलाल को हुन् र को होइनन् ? यी विषयको चिरफार गरी स्पष्ट बन्न सकेको खण्डमा हाम्रो मजदुर आन्दोलन अझ बलियो बन्नेछ । मजदुर आन्दोलनभित्र लुकेर बसेका हरिया सर्पहरूलाई नदेखेसम्म र बदला नलिएसम्म हामी बारम्बार ठगिइने छौँ । मई दिवसको सन्दर्भमा त्यो जिम्मेवारी वहन गरौँ ! मजदुर भन्दै मजदुरहरूलाई धोका दिने, देशभक्त भन्दै देशलाई सिंहदरबारमार्फत बेच्नेहरूलाई उदाङ्ग्याउने, तिनीहरूविरूद्धको सङ्घर्षलाई अझ तीव्र पार्ने विषयमा पनि हामी सबै मिलेर सरसल्लाह र तयारी गरौँ† अगाडि बढौँ र मई दिवसको सबैमा शुभकामना ! मई दिवसको भावना तथा सन्देश गाउँ–गाउँ र बस्ती बस्तीसम्म पु¥याऔँ !
(नेपाल क्रान्तिकारी मजदुर सङ्घद्वारा वैशाख १८ गते भक्तपुरमा आयोजित १३४ औँ मई दिवसको सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश– सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *