कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २१ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको १९ औँ स्थापना दिवसको अवसरमा ‘सहकारी संस्थामा तरलता व्यवस्थापनको स्थिति र समाधानको उपाय’ विषयमा अन्तक्र्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. का अध्यक्ष परितोष पौड्यालले अहिलेको अवस्थामा तरलता व्यवस्थापन जटिल विषय रहेको बताउनुभयो । सहकारी संस्थाहरूले ऐनविपरीत जग्गा र शेयरमा लगानी गर्नाले, सहकारीका सञ्चालक आफै स्वनियम, आचारसंहितामा नबस्दा तरलता सङ्कट आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाहरू प्रविधिमैत्री हुनुपर्छ । यद्यपि, हरेक संस्थामा छुट्टाछुट्टै सफ्टवेयर प्रयोग भइरहेको छ । एकीकृत प्रविधिको कमीले गर्दा प्रविधिमा ठूलो धनराशी खर्च भइरहेको छ ।”
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले सहकारी संस्थामा आइपर्ने विकृतिलाई चिर्नको लागि नै सङ्घको स्थापना भएको बताउनुभयो ।
नेफ्स्कुनले स्थापनाकालीन मूल्य, मान्यतालाई परिपालना गर्दै अन्तरलगानीलाई मात्र जोड नदिई सदस्यको क्षमता अभिवृद्धि हुने कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रमका सभापति एवम् सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी विकृतिलाई चिर्न स्वनियम, विनियमअनुसार चल्नुपर्ने र सहकारी अभियान मजबुत बनाउन छाता सङ्घहरूको साथ साथै प्रारम्भिक संस्थाहरू पनि एकजुट हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्ल र सचिव जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रममा ‘सहकारी संस्थामा तरलता व्यवस्थापनको स्थिति र समाधानको उपाय’ विषयमा राष्ट्रिय सहकारी बैङ्कका अधिकृत बल्लभ तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ संशोधनको कार्यविधिअनुसार सङ्घमा आबद्ध सदस्य संस्थाहरूबाट जिल्लास्तरीयमा सिमल बचत तथा ऋण सहकारी संस्था लि., नगरस्तरीयमा भक्तपुर नगरपालिका क्षेत्रमा बाराही बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि नगरपालिका क्षेत्रमा शंखधर बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरपालिका क्षेत्रमा पारिजात बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिका क्षेत्रमा छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ ले पुरस्कृत गरेको थियो । साथै सङ्घले २०७९ चैत २० गते ६६ औँ सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी १६० वटा सहकारी संस्थाहरूमध्ये उत्कृष्ट सहभागी भएका आठवटा सहकारी संस्थाहरू भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि., समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि., बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.लाई उत्कृष्ट सहभागिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
Leave a Reply