कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कालीकोट, २१ वैशाख । नेपाल मजदुर किसान पार्टी शुभकालिका गाउँ समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले मे १ संसारका मजदुरहरूको उत्सवको दिन भएको धारणा राख्दै मजदुर दिवसमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबारे छलफल र विचार विमर्श गरी राजनीतिक चेतना बढाउनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले देशमा भएका कम्युनिस्ट नामका पार्टीहरूले मजदुर समस्याभन्दा मजदुर सङ्घहरूलाई ट्रेड युनियनवादको रुपमा लिएका छन् ।”
अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले हरेक देशका कम्युनिस्ट पार्टीले मजदुर र किसानको समस्यालाई घात गरेर कानुन बनाउने गरेको बताउनुभयो ।
कम्युनिस्ट भन्ने शासक पार्टीहरूले कम्युनिस्ट सिद्धान्तविपरीत काम गरी जनतालाई ढाँट्ने काम गरिरहेका छन् । नेमकिपा ती शासक पार्टीहरूको भण्डाफोर गरी कामदार जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने काममा इमानदारीपूर्वक लागिरहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा खड्गराज शाही, धनञ्जय अधिकारी, तुलाराम धिताल र जयसरा रोकामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply