भर्खरै :

जेन्यूइनमा दान कार्यक्रम

जेन्यूइनमा दान कार्यक्रम

भक्तपुर, २१ वैशाख । बुद्ध संवत् २५६७ को बुद्धजयन्तीको उपलक्ष्यमा जेन्यूइन सेकेन्डरी स्कूल, भक्तपुरको आयोजनामा मुनि विहार भक्तपुरका भिक्षु, श्रामणेरहरूलाई दान प्रदान (मुठीदान) कार्यक्रम विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
विद्यालयका १०५० जना विद्यार्थीसहित १५० जना शिक्षक – शिक्षिका तथा विद्यालय कर्मचारीहरूले २८ जना भिक्षु, श्रामणेरहरूलाई दान प्रदान गरेका थिए ।
कार्यक्रममा स्कूलका विद्यार्थी पारमिता बज्राचार्यले बुद्धजयन्तीको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त दानमा रु. २८०००÷– सहित ५ मुरी चामल, ५ बोरा बिस्कुट, फलफुल, चकलेटलगायतका वस्तुहरू प्रदान गरिएको थियो ।
विगत ६÷७ वर्षदेखि परियत्ति कक्षा सञ्चालन गरिरहेको उक्त विद्यालयले समय समयमा आनापान ध्यान शिविर, भोजन दान तथा दान कार्यक्रम गर्दै आइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *