भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
शासकहरू इमानदार नभएका कारण देशमा क–कसले कति,कसरी भ्रष्टाचार र अनियमितता गरिरहेका छन् सोको लेखाजोखा भइरहेको छैन । जसरी भए पनि पद र पैसा पाउने ध्येयले राजनीति गरिरहेको कारण देशमा आर्थिक सङ्कट निम्तिएको हो । पद र पैसाकै निम्ति पार्टी चलाउने शासक र ठूला दलका नेताहरू नै भ्रष्टाचार र अनियमितताको घेरामा परेकाले कुनै पनि सरकारले भ्रष्टाचार र अनियमितता उन्मूलन गर्ने अभियान सञ्चालन गरेनन् । यसरी शासकहरू आफैँ भ्रष्टाचारमा मुछिएको हुँदा एमनेस्टी इन्टरनेसनलले नेपाललाई भ्रष्टाचारको सूचीमा राखेको हो ।
शासकहरू देश र जनताप्रति समर्पित भएर भ्रष्टाचारविरोधी आन्दोलनमा लागेर, भ्रष्टाचारीहरूको खोजीनीति गरेर लागेमा भ्रष्टाचारीहरू फेला पर्छन्, फेला परेका भ्रष्टाचारीहरू कारबाहीमा पनि पर्छन् । तर, यहाँ भ्रष्टाचारका दोषीहरू पक्राउ पर्दा शासक नेताहरू विरोध गर्छन् र मुक्त हुँदा स्वागत सत्कार गर्छन् । ती नै भ्रष्टाचारी र कमिसनखोरहरूसँग चन्दा असुल्छन् र पार्टी सञ्चालन गर्छन् । ती नै नेताहरू भ्रष्टाचारको विरोध गर्छन् । तर, तिनीहरू भ्रष्टाचारको विरोधको नाउँमा तिनीहरूलाई बढावा दिन्छन् र पृष्ठपोषण गर्छन् । नेपाली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखिने र एमालेका उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिसकेको छ ।
समाजमा भ्रष्टाचारले यति जरा गाडिसकेको छ कि त्यसको जरा फाल्न धौ धौ भइसकेको छ । सत्तासीन दल र ठूला दलका नेता, मन्त्री, सांसद, कार्यकर्ता, जनप्रतिनिधि, त्यस दलप्रति आस्था राख्ने कर्मचारीहरू इमानदार भएका भए धेरै हदसम्म भ्रष्टाचार हट्थ्यो । ती दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू बहुमत छन्, ती नै दललाई समर्थन गर्ने कर्मचारीहरू पनि धेरै छन् । सत्तासीन दल र ठूला दलका नेताहरूले चाहेका भए भ्रष्टाचार हटाउन नसकिने होइन । तर, तिनीहरू त्यसतर्फ पाइला चाल्दैनन् । हो, तिनीहरू सबै इमानदार हुनुपर्छ । राज्यमा सुशासन हुनुपर्छ, स्वच्छ राजनीति हुनुपर्छ, हरेक हिसाबकिताब पारदर्शी हुनुपर्छ । सबै आर्थिक अनुशासनमा बस्नुपर्छ । देश र जनताको सेवा गर्नु नै राजनीति हो भन्ने कुरा शासक दलहरूले आफ्ना कार्यकर्ता र आम जनतालाई सन्देश दिनुपर्छ र त्यसलाई लागु गरेर जनताको विश्वास जित्नुपर्छ । भ्रष्टाचारमुक्त सरकार, भ्रष्टाचारमुक्त प्रशासन र भ्रष्टाचारमुक्त नेता आजको आवश्यकता हो । हरेक काम छिटोछरिटो, निष्पक्ष र पारदर्शी भएमा धेरै हदसम्म भ्रष्टाचार न्यून गर्न सकिन्छ । यसतर्फ शासक र ठूला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीहरूको ध्यान कहिले पुग्ने हो ? भ्रष्टाचारमुक्त देश कहिले हुने हो ? भ्रष्टाचारमुक्त देश भएमा त्यो नेपालीको मात्र होइन विश्वकै लागि एक उदाहरणीय काम हुनेछ ।
Leave a Reply