भर्खरै :

नेपालको अर्थतन्त्र डुब्दै जानुमा सरकारमा जाने दलहरू जिम्मेवार

नेपालको अर्थतन्त्र डुब्दै जानुमा सरकारमा जाने दलहरू जिम्मेवार

भक्तपुर, २३ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमबाट प्राप्त ज्ञान र सीपले जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न सहकारी व्यवस्थापन तालिम समापन कार्यक्रममा उहाँले भौतिक पूर्वाधार र पुँजीभन्दा व्यवस्थापन महत्वपूर्ण कुरा हो भन्नुभयो ।
प्रमुख प्रजापतिले नेपालको अर्थतन्त्र डुब्दै जानुमा सरकारमा जाने दलहरू जिम्मेवार भएको उल्लेख गर्दै कृषिप्रधान देशमा ९ महिनामा २६ अर्बभन्दा बढीको चामल, २३ अर्बभन्दा बढीको तरकारी आयात गर्नुपर्ने अवस्था आउनु सङ्घ र प्रदेश सरकारको नेतृत्वमा बस्नेहरूको परनिर्भर सोच हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “भारतीय एकाधिकार पुँजीले नेपाललाई कहिल्यै आत्मनिभर हुन दिन्न । नेपालको अपार जलस्रोत विभिन्न बहानामा भारतले कब्जा ग¥यो । उद्योगधन्दाहरू चल्न दिइएन । हरेक कुरा भारत निर्भर हुनुपर्ने अवस्थामा पुग्यो ।”
समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाबिच तुलना गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “चीनमा सन् २०१२ देखि २०२१ सम्ममा ९ करोड ८९ लाख मानिसलाई गरिबीको रेखामुनिबाट माथि उठाइयो । सन् २०२१ मा गरिबी उन्मूलनको घोषणा गरियो । चीनले संयुक्त राष्ट्र सङ्घले सहश्राब्दी लक्ष्य सन् २०३० सम्ममा गरिबी उन्मूलन गर्ने भनेकोमा १० वर्षअघि नै पूरा ग¥यो । यो समाजवादी व्यवस्थाको कारणले सम्भव भएको हो ।”
प्रशिक्षक कृष्णकुमार श्रेष्ठले आजको युगमा मान्छेले भन्दा प्रविधिले बाटो देखाउने र शिक्षा दिने हुँदा संसारमा विकसित प्रविधिबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष एवं सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले स्थानीय तहको निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
सहभागीहरूको तर्फबाट सामूहिक साकोसका प्रतिनिधि विन्द्रा नातले तालिम अत्यन्त महत्वपूर्ण भएको र यस्तो सिक्ने अवसर जुटाइदिएकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिनुभयो ।
तालिम २२ र २३ गते दुई दिन चलेको थियो । प्रमुख प्रजापतिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *