भर्खरै :

महामारी नियन्त्रणको अनुभवले भविष्यका सङ्कट सामना गर्न मद्दत पुग्नेछ

महामारी नियन्त्रणको अनुभवले भविष्यका सङ्कट सामना गर्न मद्दत पुग्नेछ

विश्व स्वास्थ्य सङ्गठनले मे महिनाको ५ तारिखमा कोभिड–१९ अब अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य सङ्कट नभएको घोषणा ग¥यो । यो घोषणासँगै अब विश्व समुदायले यो अभूतपूर्व सङ्कटबाट सिकेका पाठबारे मनन गर्ने बेला आएको छ । यसक्रममा भएका सबभन्दा आकर्षक उपलब्धिमध्ये चीनले कोभिड महामारी नियन्त्रण गर्न अपनाएको रणनीतिको सफलता हो । महामारीसँग चीनको लडाइँले महामारी नियन्त्रणमा लामो समयदेखि संसारमा हाबी पश्चिमा दृष्टिकोणलाई चुनौती दियो । भविष्यको विचार गर्दा हामीले भविष्यमा आउने सङ्कट सामना गर्न विविध रणनीति अँगाल्नुका साथै अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिन पनि महत्वपूर्ण छ ।
कोभिड–१९ महामारी फैलिनबाट रोक्न चीनले अपनाएको सफल रणनीतिले महामारी नियन्त्रणबारे स्थापित पश्चिमा पूर्वधारणामाथि प्रश्न उठेको छ । परीक्षण क्षमता बढाउने र सङ्क्रमितको कारक र प्रभावित पत्ता लगाउने (कन्ट्याक्ट ट्रेसिङ) प्रक्रियाप्रति सुरुमा पश्चिमा पर्यवेक्षकहरूको आशङ्का थियो । तर, यिनै उपायले महामारीको बेला धेरैको ज्यान जोगायो । यिनले भाइरसको फैलिँदो सङ्क्रमणमाथि अङ्कुश लगायो । महामारी नियन्त्रणमा चीनको दृष्टिकोणको महत्व बुझेर र त्यसबाट पाठ सिकेर जनस्वास्थ्य व्यवस्थापनमा विश्व समुदायको दृष्टिकोण फराकिलो बनाउन र भविष्यमा आइपर्ने आपत्को लागि बढी प्रभावकारी रणनीति विकास गर्न आवश्यक छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत कोभिड–१९ नियन्त्रण विज्ञहरूको समूहका प्रमुख लियाङ वान्नियानले चीनमा महामारी नियन्त्रण गर्न प्रयोग गरिएको विज्ञानमा आधारित समयानुकूल रणनीतिबाट सिक्न सकिने मूल्यवान पाठलाई सूत्रबद्ध गरेका छन् । उनका अनुसार भाइरसको उत्परिवर्तनमाथि निगरानी, उपचार क्षमतामा सुधार र उच्च जोखिमको जनसमुदाय लक्षित खोप अभियानलाई राष्ट्रिय रणनीतिक प्राथमिकता बनाउनु महामारीमाथि जित हासिल गर्नको लागि जरुरी छ । चीनको प्रमाणमा आधारित रणनीतिलाई स्वीकारेर र त्यसबाट सिकेर अन्तर्राष्ट्रिय समुदायले भविष्यमा सम्भावित महामारीको तयारीलाई प्रभावकारी बनाउन र विश्व स्वास्थ्य व्यवस्थाको प्रभावकारिता बढाउन सकिन्छ ।

निष्कर्षमा कोभिड–१९ महामारीको अन्त्यले संसारलाई ऐनामा आफ्नो अनुहार हेर्ने मौका दिएको छ । चीनले अपनाएका महामारी रोकथामको उपायबाट सिक्दै र अन्तर्राष्ट्रिय सहकार्यको भावना अँगाल्दै महामारी सामना गर्न अझ व्यापक र प्रभावकारी दृष्टिकोणको विकास गर्न सक्छौँ । भविष्यमा चुनौतीहरूको सामना गर्दै गर्दा स्वस्थ विश्व स्वास्थ्य व्यवस्था बनाउन विभिन्न देशहरूको विविध अनुभव र रणनीतिको चित्रण गर्दै हामी एकताबद्ध रहन आवश्यक छ ।
महामारी रोकथामका विभिन्न रणनीतिका सफलता र चुनौतीलाई आत्मसात गर्दै भविष्यमा आउन सक्ने जनस्वास्थ्य सङ्कटको सामना गर्न हामी तयार भएको सुनिश्चित गर्न सँगै अघि बढ्न सक्छौँ । यसो गर्दा हामी स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय समुदायको भलो मात्र नभएर आगामी वर्षहरूमा जनस्वास्थ्य व्यवस्थापनप्रतिको नवीन, समावेशी र अनुकूल दृष्टिकोण प्रवद्र्धन गर्न सक्छौँ ।

भविष्यमा आउन सक्ने सङ्कटका लागि संयुक्त मोर्चा निर्माण गर्न विभिन्न देशहरूले कोभिड–१९ नियन्त्रण गर्न प्रयोग गरेका रणनीतिका राम्रा र कमजोर पक्षको इमानदार मूल्याङ्कन गर्न आवश्यक छ । चीनले महामारी रोकथाम गर्न ठुलो सफलता हासिल गर्दागर्दै निःसन्देह सुधारका ठाउँ अद्यापि बाँकी छन् । अन्तर्राष्ट्रिय सहयोग र साझा सिकाइको भावनालाई बढावा दिएर विश्व समुदायले जनस्वास्थ्य सङ्कटप्रति प्रभावकारी र सशक्त दृष्टिकोण विकास गर्न सक्छ । यसर्थ, चीनको अनुभवबाट मात्र सिक्ने नभई अन्य देशहरूले अपनाएका तरिकाको पनि परीक्षण हुन आवश्यक छ । ती देशहरूका प्रभावकारी महामारी नियन्त्रणको व्यापक बुझाइका सफलता र असफलताको पनि चित्रण गर्नु महत्वपूर्ण छ ।
भविष्यमा सम्भावित सङ्कटको प्रभावकारी ढङ्गले सामना गर्न महामारी रोकथामका विविध रणनीति र अनुभव अँगाल्न जरुरी छ । चीनमा महामारी नियन्त्रण गर्न अपनाइएका उपायको उपलब्धिको पहिचान गरेर र लियाङ वान्नियानका निष्कर्ष समावेश गरेर अन्तर्राष्ट्रिय समुदायले निश्चित क्षेत्रमा नयाँ र अनुकूल रणनीतिको विकास गर्न हौस्याउन सक्छ । यो दृष्टिकोणले भविष्यमा सम्भावित महामारीको सामना गर्न विश्व तयार भएको सुनिश्चित गर्दै अन्ततः जनस्वास्थ्य सङ्कटप्रति अझ प्रभावकारी अन्तर्राष्ट्रिय पहलकदमी अघि बढाउन सकिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को जनस्वास्थ्य सङ्कट आधिकारिकरूपमा अन्त्य भएको घोषणा गर्दै गर्दा हामीले आगामी दिनमा कदापि लापरबाही गर्नु हुन्न । महामारी अन्त्यको अर्थ भविष्यमा आउन सक्ने जनस्वास्थ्य सङ्कटको खतरा हराइसकेको भने होइन । बरु यसले अबका दिनमा आउन सक्ने अपरिहार्य चुनौतीका लागि विश्व समुदाय सतर्क भई काम गर्नुपर्ने चेतना दिन्छ ।
महामारी नियन्त्रणका पश्चिमा दृष्टिकोणको पुनः मूल्याङ्कन गर्दै र चीनको अनुभवबाट सिक्दै अन्तर्राष्ट्रिय सहकार्य र साझा सिकाइको भावनालाई प्रोत्साहन गर्न सकिन्छ । भविष्यमा आइपर्ने आपत्को समयको यो मूल्यवान ठहरिनेछ । लियाङले जोड दिएजस्तै जनस्वास्थ्य व्यवस्थापनप्रति वैज्ञानिक र समयानुकूल दृष्टिकोण अपनाउनु नै सफलताको बाटो हिँड्नु हो । विविध रणनीति र अनुभवलाई समेटेर अन्तर्राष्ट्रिय समुदायले एउटा संयुक्त मोर्चा निर्माण गर्न सक्छ जसले आगामी वर्षमा सम्भावित जनस्वास्थ्य सङ्कटप्रति प्रभावकारी रोकथामको सुनिश्चित गर्न सक्छ ।
निष्कर्षमा कोभिड–१९ महामारीको अन्त्यले संसारलाई ऐनामा आफ्नो अनुहार हेर्ने मौका दिएको छ । चीनले अपनाएका महामारी रोकथामको उपायबाट सिक्दै र अन्तर्राष्ट्रिय सहकार्यको भावना अँगाल्दै महामारी सामना गर्न अझ व्यापक र प्रभावकारी दृष्टिकोणको विकास गर्न सक्छौँ । भविष्यमा चुनौतीहरूको सामना गर्दै गर्दा स्वस्थ विश्व स्वास्थ्य व्यवस्था बनाउन विभिन्न देशहरूको विविध अनुभव र रणनीतिको चित्रण गर्दै हामी एकताबद्ध रहन आवश्यक छ ।
महामारी रोकथामका विभिन्न रणनीतिका सफलता र चुनौतीलाई आत्मसात गर्दै भविष्यमा आउन सक्ने जनस्वास्थ्य सङ्कटको सामना गर्न हामी तयार भएको सुनिश्चित गर्न सँगै अघि बढ्न सक्छौँ । यसो गर्दा हामी स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय समुदायको भलो मात्र नभएर आगामी वर्षहरूमा जनस्वास्थ्य व्यवस्थापनप्रतिको नवीन, समावेशी र अनुकूल दृष्टिकोण प्रवद्र्धन गर्न सक्छौँ ।
(लेखक चीन तथा भूमण्डलीकरण केन्द्रका अध्येता हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *