भर्खरै :

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

जेरुसेलम, २६ वैशाख (एएनआई) । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका छन् ।
मङ्गलबार बिहान २ बजे (स्थानीय समयअनुसार) गाजा क्षेत्रभरि आवासीय फ्ल्याटलाई लक्षित गरी विस्फोट गराइएको थियो । प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) आन्दोलनले पत्नी र बच्चासहित आफ्ना तीन नेता मारिएकोमा आक्रोश व्यक्त गरेको अल जजिराले जनाएको छ ।
प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका तीन वरिष्ठ सदस्य इजरायली सेनाको मङ्गलबार बिहानको बमबारीमा मारिएका थिए । गाजामा ‘अपरेशन शिल्ड एण्ड एरो’ अन्तर्गत हवाइ हमला गरिएको थियो ।
सो कारबाही अघि गाजाको ४० किलोमिटर (२५ माइल) भित्रका इलाकाका इजरायली बासिन्दालाई जवाफी हमलाको डरले सन्त्रासमा पारिएको थियो ।
द टाइम्स अफ इजरायलका अनुसार इस्लामिक जिहादका नेतामाथि अघिल्लो हमलाले इजरायली नागरिकमा रकेटको ब्यारेज र इजरायली सेनासँगको तीव्र लडाइ निम्त्याएको छ । सो हमला केही दिनसम्म चलेको थियो ।
सेनाले आतङ्ककारी प्रशिक्षणस्थललाई लक्षित गर्दा आकाशतिर फायरबल पठाउँदै आगामी घण्टामा स्ट्रिपभर दर्जनौँ स्ट्राइक उल्लेख गरियो । सेनाले अभियानलाई ‘अपरेशन शिल्ड एण्ड एरो’ नाम दिएको छ ।
प्यालेस्टिनी इस्लामिक जिहाद कार्यकर्ता अदनानको झण्डै तीन महिनादेखिको अनशन बसेपछि गत हप्ता मृत्यु भएपछि बम विस्फोट भएको हो । प्यालेस्टिनियन प्रिजनर्स सोसाइटीका अनुसार अदनानले विनाकारण जेल सजायको विरोधस्वरुप ८७ दिनसम्म भोकहड्ताल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *