क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
जापानका सञ्चारमाध्यमहरूका अनुसार उत्तर एटलान्टिक सन्धि सङ्गठन नाटोले जापानसँगको सहकार्य फराकिलो बनाउँदै छ । नाटोले जापानसँग नयाँ सुरक्षा सहकार्यको योजना बुन्दै छ । सन् २०२४ को अन्त्यसम्ममा जापानमा नाटोले आफ्नो सम्पर्क कार्यालय स्थापना गर्ने तयारी थालेको छ । यदि योजनाअनुसार त्यो कार्यालय स्थापना भए त्यो नै एसियामा नाटोको पहिलो सम्पर्क कार्यालय हुनेछ । एसियाको निम्ति नाटोको त्यो कार्यालय विषालु काँडासरह हुनेछ ।
यो विषालु काँडाले विष फाल्न थालेपछि त्यसले एसियाली देशमा पक्कै असुरक्षा भाव बढाउनेछ र विभाजन निम्त्याउनेछ ।
गत वर्षको मध्यावधिबाट नाटो र जापानका उच्च अधिकारीहरूले बारम्बार ‘युरोपको सुरक्षा एसियाको सुरक्षाबाट अविभाज्य छ’ भनी बोल्दै आएका छन् । यो प्रसङ्गलाई उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष चीनको आन्तरिक विषय ताइवानलाई सुरक्षा मामिलासँग जोड्दै एसिया–प्रशान्त क्षेत्रमा नाटोको संलग्नताबारे जनमत बढाउने तयारी गरिरहेका छन् । ताइवान मामिला निःसन्देह चीनको आन्तरिक मामिला हो ।
यही बेला नाटोका सदस्य देशहरूले चीनको छरछिमेकमा आफ्नो सैनिक गतिविधिलाई सघन बनाइरहेका छन् । संरा अमेरिकी सञ्चारमाध्यमका समाचारअनुसार बाइडेन सरकारले ताइवानको लागि ५० लाख अमेरिकी डलर बराबरको हतियार पठाउने तयारी गरिरहेको छ । यी हतियार ताइवान पठाउन अमेरिकी सरकारले पहिलो पटक दु्रतमार्ग प्रयोग गर्दै छ । उसले युक्रेनमा हतियार पठाउन पनि त्यही उपाय अपनाएको थियो ।
जापानमा नाटोको सम्पर्क कार्यालयको स्थापना कुनै प्रतीकात्मक कदम मात्र होइन । बरु चीन वरपर तथाकथित सुरक्षा पर्खाल बनाउन भविष्यसम्मको लागि चालिएको कदम हो । यो सुरक्षा पर्खालको मुख्य निशाना भने चीन हो ।
नाटो प्रस्टतः आक्रामक लक्ष्य बोकेको सैनिक सङ्गठन हो । उसले भन्दै आएको सामुहिक सुरक्षा भनेको आफूमा आबद्ध देशको सामूहिक सुरक्षा मात्र हो ।
नाटोले कहिल्यै पनि सबै देशको सुरक्षाको कुरा गर्दैन । उसले आफ्ना सदस्यको सुरक्षाबारे मात्र बोल्ने गरेको छ । नाटोमा नरहेका देशको निम्ति त्यो सैनिक सङ्गठन असुरक्षाको कारण बन्दै आएको छ । उनीहरूको लागि नाटो खतरासमेत हो । सैनिक मोर्चामा आबद्ध भए मात्र तिमीले सुरक्षा पाउनेछौ, नाटोको मूल मन्त्र यही हो ।
नाटोले आफ्नो राजनीतिक वर्गीकरणअनुसार व्यवहार गर्छ । को मित्र हो र होइन भन्ने कुराले जहाँ पनि विभाजनको रेखा कोरिन्छ ।
चीनको कोणबाट हेर्दा यस्तो कदम चालेर जापानले चीनलाई आक्रामक बनाउने संरा अमेरिकाको रणनीतिलाई अझ अघि बढाउन चाहिरहेको छ । चीनसँग शत्रुता मोलेर जापान कहिल्यै पनि खास अर्थमा क्षेत्रीय शक्ति बन्न सक्दैन । संरा अमेरिका र युरोपबाट शक्ति मागेर जापानले जतिसुकै चीनको वरपर घेराबन्दी गरे पनि ऊ खास क्षेत्रीय शक्ति कहलिनेछैन ।
अन्ततः चीनतिर कसैले मिसाइल सोझ्याए चीनले स्वभावतः आफ्नो लक्ष्य उतै तेर्साउनेछ ।
नाटोले पूर्वी एसियातिर आफ्ना विषालु काँडा गाडिसकेको छ । जापानलगायत सबै एसियाली देश उसको काँडाबाट पिरोलिएका छन् । तर, जे जस्तो भए पनि त्यो काँडा हो, त्यसकारण त्यसलाई झिकिनेछ । नाटोको विस्तार एक दिन अवश्य समाप्त हुनेछ ।
सन् १९८२ मा स्वीडेनका प्रधानमन्त्री ओलोफ पामले नेतृत्व गरेको निःशस्त्रीकरण र सुरक्षा मामिलासम्बन्धी स्वतन्त्र आयोगले ‘साझा सुरक्षा’ को अवधारणा सबभन्दा पहिलो पटक अघि सा¥यो । यसको मूल अवधारणा भनेको साझा सुरक्षा कुनै देशहरूको सुरक्षा र अरूको लागि असुरक्षा हुनुहुँदैन भन्ने थियो । कसैलाई सुरक्षित बनाउन कसैलाई ‘पूर्णतः असुरक्षित बनाउने’ अवधारणा त बिल्कुल मिल्दैन । सुरक्षा सबैको लागि समान हुनुपर्छ । कुनै पनि देशले क्षेत्रीय सुरक्षा मामिलालाई एक हठ्ठी बनाउनु हुन्न र अरू देशको सुरक्षालाई खतरामा राख्नु हुन्न ।
जापानमा नाटोको सम्पर्क कार्यालय स्थापनाले दीर्घकालमा निम्तिने खतरालाई हलुका रूपमा लिनु उचित होइन । एसियामा नाटोको प्रवेश एसियामा उसको आक्रामक रूपको आरम्भ हुनेछ ।
साम्राज्यवाद र प्रभुत्ववादबिच प्रभाव क्षेत्रको लागि युरोपमा लामो समय भएको सङ्घर्षको कारण युरोपमा नाटोको विकास भएको थियो । यस्तै सङ्घर्षले युरोपलाई विश्वव्यापी युद्ध र सङ्कटको केन्द्र बनाएको छ ।
नाटोलाई आज शान्तिको लागि बनेको सैनिक मोर्चाको रूपमा व्याख्या गरिँदै छ । उसले शान्तिको रक्षालाई आफ्नो लक्ष्य बताउने गरेको छ । तर, उसको खास रङ जतिसुकै अरू रङ पोते पनि छोप्न सकिएको छैन । उसको खास रङ भनेको पश्चिमा सभ्यताको सर्वोच्चताको वैचारिक आधार हो । यही आधारमा नाटोले लक्ष्मण रेखा कोर्ने गरेको छ । त्यही आधारमा उसले सुरक्षा र असुरक्षाको परिभाषा दिने गरेको छ ।
यदि एसियामा पनि यही ढाँचा लागु गरे विभिन्न धर्म, सामाजिक तथा ऐतिहासिक परम्परा, राजनीतिक प्रणाली भएका एसियाली देशहरूबिच साझा सुरक्षा व्यवस्था पहिल्याउन गरिएको प्रयासलाई ओझेलमा पार्नेछ ।
दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका देशहरूबिच अझै पनि चलिरहेको सीमा विवादलाई विचार गर्दा पश्चिमा शक्तिले एसियामा के ल्यायो भन्ने कुरा बुझ्न कुनै गाह«ो काम होइन ।
विश्वयुद्धयता संरा अमेरिकाको गुण्डागर्दीको कालखण्डमा एसियामा पश्चिमा शक्तिको विस्तारले एसियाली देशहरूलाई आफ्नै प्रयासले शान्तिको बाटो पहिल्याउन हम्मेहम्मे बनाएको थियो ।
मेइजे पुनःजागरणले जापानलाई समृद्ध र शक्तिशाली बनाउनुका साथै जापानमा पश्चिमाकरण पनि निम्त्याएको तथ्य उसले बिर्सनु हुन्न । त्यही कारण जापान एसिया छोडेर युरोपसँग नजिकियो । जसले बलियो साम्राज्य बनाउने जापानको चाहनालाई तीव्र बनायो । एसियाली प्रभुत्ववाद र आफ्नो प्रभाव विस्तार गर्ने पागलपनले जापानलाई सैन्यवादी युद्धपिपासु राक्षसमा परिणत ग¥यो । यसले एसियाली देशहरूमा गहिरो सङ्कट निम्त्यायो ।
आफ्नो सुरक्षाको लागि जापानले एसियामा नाटो भित्र्याउन खोजेको हो । तथापि, जापानको सुरक्षा संरा अमेरिका वा नाटोको सैन्य सहायतामा निर्भर भएर कहिल्यै प्राप्त गर्न सम्भव छैन । वास्तवमा जापानले संरा अमेरिका वा नाटोसँग सैनिकरूपमा जति निकटबाट सहकार्य गर्छ, त्यति नै उसको कम सुरक्षा हुनेछ । त्यो बाटोमा लाग्दा उसलाई ‘भूरणनीतिक कठपुतली’ को छविमा परिवर्तन ल्याउन त्यति नै गा¥हो हुनेछ ।
चीनको कोणबाट हेर्दा यस्तो कदम चालेर जापानले चीनलाई आक्रामक बनाउने संरा अमेरिकाको रणनीतिलाई अझ अघि बढाउन चाहिरहेको छ । चीनसँग शत्रुता मोलेर जापान कहिल्यै पनि खास अर्थमा क्षेत्रीय शक्ति बन्न सक्दैन । संरा अमेरिका र युरोपबाट शक्ति मागेर जापानले जतिसुकै चीनको वरपर घेराबन्दी गरे पनि ऊ खास क्षेत्रीय शक्ति कहलिनेछैन ।
अन्ततः चीनतिर कसैले मिसाइल सोझ्याए चीनले स्वभावतः आफ्नो लक्ष्य उतै तेर्साउनेछ ।
नाटोले पूर्वी एसियातिर आफ्ना विषालु काँडा गाडिसकेको छ । जापानलगायत सबै एसियाली देश उसको काँडाबाट पिरोलिएका छन् । तर, जे जस्तो भए पनि त्यो काँडा हो, त्यसकारण त्यसलाई झिकिनेछ । नाटोको विस्तार एक दिन अवश्य समाप्त हुनेछ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : नीरज
Leave a Reply