यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
म एक मध्यम किसान हुँ । मेरो परिवार र मैले खेतमा काम गर्छाैँ र खेतकै उब्जनीले वर्ष दिन खान पुग्छ । घरमा मेरो नाम कृष्ण हो । म आफ्नै वडाको एक विद्यालयमा शिक्षक पनि हुँ । मैले केही वर्षअगाडि अवकाश प्राप्त गरेँ । त्यसैको पैसाले केटाकेटीले एमए गरे र एक जना चिकित्सक बने । एक जना छोरी इन्जिनियर छिन् भने अर्की छोरीले पीएचडी गरेकी छिन्, बिहापछि उनी विदेशमा छिन् ।
‘एक जना साधारण किसान र प्राथमिक विद्यालयको शिक्षकको छोराछोरीले कसरी उच्च शिक्षा हासिल गर्न सफल भए भन्ने प्रश्नमा उनी भन्छन्, आफ्नो वडामा जनताले स्थापना गरेको एउटा विद्यालय छ, शिक्षकहरू राम्रा छन्, हाम्रो विद्यालयमा २० वर्षदेखि एक दिन पनि हडताल भएन र बिदामा पनि शिक्षक साथीहरूले कोचिङ क्लास चलाई छात्र–छात्राहरूलाई योग्य बनाउनुहुन्छ । गल्ली र गाउँको विद्यालय भए पनि विद्यार्थीहरू परीक्षामा पहिलो दर्जामा नाम निकाल्छन् । हाम्रा शिक्षकहरू हप्तामा एक दिन आएर एक हप्ताको हाजिर गर्नुहुन्न, बरु आवश्यक प¥यो भने बिदाको दिन पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।
आफ्नै नगर र गाउँमा कलेजहरू छन्, कम शुल्कमा पढ्छन् र एक दिन पनि पढाइ बन्द हुँदैन । यसकारण, यहाँका विद्यार्थीहरू राम्रा छन् । गरिब जनताका छोराछोरीहरू पनि देशका विभिन्न जिल्लामा शिक्षामा, कर्मचारी, इन्जिनियर र डाक्टरहरू काम गर्छन् । सरकारले एउटा विश्वविद्यालय स्वीकृति दिएको भए धेरै गरिबका छोरा–छोरीहरू पनि डाक्टर भएर दुर्गम जिल्ला र गाउँहरूमा गएर सेवा गर्ने होलान् ।
‘तपाईँ प्राथमिक विद्यालयका साधारण शिक्षक र मध्यम किसान भएर पनि कसरी राजनीतिक कार्यकर्ता बन्नुभयो’ ? उनी भन्छन्– म ३० वर्षदेखि ‘श्रमिक’ साप्ताहिकको पाठक हुँ र २५ वर्षदेखि ‘मजदुर’ दैनिकको पाठक हुँ । सुरुमा म ग्राहक थिएँ र पछि पार्टी सदस्य भएपछि पार्टी कार्यालयमा स्वयम्सेवक भई काम गर्ने जिम्मा पाएँ । ६ बजेदेखि ८ बजेसम्म ‘श्रमिक’ र ‘मजदुर’ मिलाउने काम गर्थेँ र साँझदेखि रातिसम्म म पार्टीका पत्रिका र पार्टी प्रकाशनहरू अध्ययन गर्ने गर्छु र छलफल गर्छु । राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र राजनैतिक विविध विषयमा जानकारी राख्छु र नयाँ साथीहरूलाई कक्षा सञ्चालन गर्छु ।
‘कसै कसैले खिसीट्युरी पनि गर्छन्’ अवकाशप्राप्त शिक्षक भएर भनी तपाईँ घरघरमा पत्रपत्रिका पु¥याउनुहुन्छ, लाज लाग्दैन ? कि पैसा पाउनुहुन्छ होला ¤’
उनी हाँसेर जवाफ दिन्छन्, ‘यी पत्रपत्रिकाहरूको जन्म त हाम्रै केटाकेटीजस्तै हुर्केका हुन् । तर, मेरो विचारमा ‘श्रमिक’ र ‘मजदुर’ हामी कामदार जनताको निम्ति विश्वविद्यालय हुन् । हाम्रा विश्वविद्यालयका प्राध्यापकहरू मुस्किलले हप्ताको एक कक्षा लिनुहुन्छ र हजारौँ रुपैयाँ पारिश्रमिक वा तलब पाउनुहुन्छ । हाम्रा पत्रिकाका लेखक वा शिक्षक साथीहरू बिनापारिश्रमिक लेखहरू लेख्नुहुन्छ । विश्वविद्यालयका प्राध्यापकहरूबारे मैले सुनेअनुसार आफ्नो तलब र सुविधा भारत, अमेरिका र बेलायतसँग मात्र दाँज्नुहुन्छ, तर ती देशले कुन कुन देशलाई के कसरी शोषण गर्छन् र ‘डलर’ साम्राज्यको कारण संसारमा कसरी आर्थिक आतङ्क मच्चाउँछ भन्नेबारे विद्यार्थीहरूलाई बताउनु हुन्न, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले कसरी विकासशील देशहरूलाई शोषण गर्छन् भन्ने बताउन डराउनुहुन्छ ।
हो, म हरेक दिन हाम्रा पाठक साथीहरूकहाँ घर–घरमा गई पत्रपत्रिका र प्रकाशनहरू पु¥याउँछु, अन्य साथीहरू पनि यस कार्यमा लाग्नुहुन्छ । धेरै ठाउँमा पार्टी समितिका नेताहरू समेत गाउँ र गल्लीमा गएर पत्रिका पु¥याउनुहुन्छ । तर, पैसा लिनुहुन्न बरु स्वयम्सेवककै रूपमा काम गर्छन् । तर, सिद्धान्तले शिक्षित नभएका र पुँजीवादी पत्रिकाका दलालहरूको हाहामा लागेर ‘वितरक’ बनेका केही युवाहरू पैसा पाएमा काम गर्न इच्छुक भएको बताउँछन् । तीमध्ये कति गरिब साथीहरूका छोराछोरी हुन् ।
घरघरमा पत्रिका पु¥याउँदाको परिणामबारे उनी भन्छन्, यसबाट कामदार जनतासँगको सम्पर्क भइरहन्छ, जनताको सुख–दुःख र समस्याको जानकारी भइरहन्छ । मलाई त पत्रिका वितरण एक प्रकारको शारीरिक व्यायाम वा ‘मर्निङ वाक्’ जस्तै छ । यो विश्वविद्यालयले मेरो सांस्कृतिक स्तर उठेकोमा मलाई अत्यन्त सन्तोषको अनुभव हुन्छ । तर, केही खातापिता र सम्पत्ति भएका मानिसहरू ‘लक्ष्मी’ कै आराधनामा लाग्नु पुँजीवादी समाजकै लक्षण हो । पुँजीवादी विद्यालयको शिक्षा हुँदैमा तिनीहरूको विचार सर्वहारावादी हुन्छ भन्ने छैन ।’ हाम्रा कृष्ण कामरेडको हरेक दिन पाठक साथीहरूसँग अनेक छलफलमा सहभागी हुनु पनि जीवन पद्धतिकै रूपमा विकास भइसकेको छ ।
Leave a Reply