भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
उपत्यकामा रहेका बिजुलीका खम्बा तथा पोलहरू सुरक्षित छैनन् । कुनै किसिमको प्राकृतिक विपत्ति आइहालेमा पनि यसले भयावह रुप लिन सक्ने सम्भावना रहेको छ । वि.सं. २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले थुप्रै बिजुलीका खम्बा तथा पोलहरूमा क्षति पुगेको छ । यसले दुर्घटना निम्त्याउने सम्भावना ज्यादा छ । त्यस्तै एउटै खम्बामा पनि बिजुलीका तारका साथै टेलिफोन तार र केबल तारहरू सबै एकै ठाउँमा केन्द्रित रहेको छ । यसरी तारहरू थुपारेर राख्दा सहरको सौन्दर्यमा कमी आएको छ भने अन्तर्राष्ट्रिय जगतमा पनि नकारात्मक सन्देश गइरहेको छ । हामीकहाँ वरपर अझैपनि त्यस्ता खम्बाहरू छन् जसको काम नै लाग्दैन । यसका साथै एउटै ठाउँमा २ वा ३ वटा पोलहरू गाडिएका छन् । जुन आवश्यक वा अनावश्यक भन्ने कुरा सम्बन्धित निकायलाई नै थाहा होला । तर यसरी अनावश्यक रुपमा खम्बाहरू राख्दाखेरि दुर्घटना हुने र धनजनको क्षति हुने हुँदा सहरमा रहेका पोलप्रति ध्यान दिनुपर्ने समय आएको छ । आवश्यकताभन्दा बढी तारहरू पोल तथा खम्बामा देख्न सकिन्छ । एउटै खम्बामा पनि विभिन्न प्रकृतिका तारहरू बेरिएर राख्दा सहर तथा नगरको सौन्दर्य राम्रो भएको छ र ? पक्कै छैन । बिजुलीका खम्बामा अझ पनि कतिपय पुराना तथा विग्रेका चिमहरू सजिलै देख्न सकिन्छ । यसलाई हटाउनुपर्ने भइसकेको छ । कतै कतै त बिजुलीका खम्बाहरू भाँचिएर पनि त्यतिकै राखिएका छन् । जसले गर्दा हावाहुरीको कारण त्यस्ता खम्बाहरू ढल्ने र सम्भावित जोखिम पनि उतिकै रहेको छ । कथंकदाचित पोलमा आगलागि भएको खण्डमा विद्युत नआउने मात्र होइन सञ्चार प्रणलीमा गडबड हुने गरेको छ । यसमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
यदि सहर तथा नगरको सौन्दर्य कायम राख्ने हो भने विद्युत्को तार भूमिगत गर्नुपर्छ । हुन त सरकारले यसअघि नै उपत्यकामा विद्युत्का तार भूमिगत गर्ने तयार गरेको थियो तर कार्यान्वयन पक्षमा भन्ने अगाडि बढेको देखिंदैन । ऊर्जा मन्त्रालयले विगतका वर्षमा पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा पोल विस्थापन गर्ने भनेको थियो तर त्यो सबै कागजमा मात्र सिमित भएको देखिन्छ ।
त्यस्तै पोलमा अनावश्यक रुपमा माकुराको जालो जस्तै फिँजिएको तारलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । बिग्रेका वा भाँचिएका पोललाई तुरुन्त हटाउनेतर्पm अग्रसर हुनुपर्छ भने सडकको मध्य भागबाट लाइन सार्ने कार्यलाई पनि व्यवस्थित गर्नुपर्दछ । यसको लागि सम्बन्धित निकाय विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा अन्य केबल प्रालिहरूबीच समन्वय हुनु जरुरी छ । समन्वयमार्पmत नै सहर तथा नगरलाई भय रहित सहर र सौन्दर्य सहर निर्माण गर्न अगाडि बढ्नुपर्ने देखिन्छ ।
–श्रीराम कासिछ्वा
Leave a Reply