भर्खरै :

‘थाइवान कार्ड’ खेल्ने अमेरिकी खेल विफल हुने

‘थाइवान कार्ड’ खेल्ने अमेरिकी खेल विफल हुने

अमेरिकी विदेश मन्त्री ब्लिन्केनले केही दिनअघि एक वक्तव्य जारी गर्दै थाइवान क्षेत्रलाई यस वर्षको विश्व स्वास्थ्य सम्मेलनमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रित गर्न विश्व स्वास्थ्य सङ्गठनलाई ‘शक्तिशाली प्रोत्साहन’ दिएका छन् । यो थाइवान मुद्दामा अमेरिकी पक्षको अर्को सानो कदम हो । धेरै मिडियाले अमेरिकाको प्रोत्साहनमा आगामी जी–७ शिखर सम्मेलनले ‘चीन खतरा’ लाई बढाइचढाइ गर्ने विश्वास गरेका छन् भने थाइवान मुद्दालाई विशेष विषय बनाउने अनुमान गरेका छन् ।
हालैका वर्षहरूमा अमेरिकाको नेतृत्वमा थोरै सङ्ख्यामा पश्चिमी देशहरूले थाइवान मुद्दामा बारम्बार नकारात्मक आवाज उठाएका छन् । थाइवान जलडमरूको शान्तिको लागि सबैभन्दा ठूलो खतरा ‘थाइवान स्वतन्त्रता’ पृथकतावादी गतिविधि र बाह्य शक्तिहरूको समर्थन हो । तथाकथित ‘स्थिति परिवर्तन’ र ‘थाइवानमा बढ्दो तनाव’ भन्ने टोपीहरू तिनीहरूलाई लगाउनका लागि सबैभन्दा उपयुक्त छन् ।
थाइवान मुद्दा चीनको मुख्य चासोको केन्द्रबिन्दु हो । एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको व्यापक सहमति र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताका साथै चीनले अन्य देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने राजनीतिक आधार हो । अमेरिकाले थाइवानको मुद्दामा बारम्बार आगोसँग खेल्दै चिनियाँ पक्षबाट कडा प्रतिवादको सामना गरेको छ । यदि उसले सोच्दछ कि केही गठबन्धन राष्ट्रहरू भेला गरेर ‘थाइवान प्रयोग गरेर चीनलाई नियन्त्रण गर्ने’ षड्यन्त्रमा इन्धन थप्नसक्छ भने त्यो गलत गणना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *