भर्खरै :

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिप्पणी –५

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिप्पणी –५

अनुसन्धान सक्न प्रहरीलाई निर्देशन !
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान मङ्गलबारसम्म सक्न प्रहरीलाई निर्देशन दिएपछि थप ‘हाई प्रोफाइल’ लाई जोगाउने खेल भएको आशङ्का बढेको छ ।
कानुनविद् डा. भीमार्जुन आचार्य हाई प्रोफाइल व्यक्तिहरूलाई बचाउने गरी सरकारी वकिल कार्यालयले अनुसन्धानमा छेकबाँध लगाएको हुनसक्ने बताउँछन् । “यो निकै शङ्कास्पद निर्देशन आयो । हो, ६० दिनभित्र अभियोजन गरिसक्नुपर्छ । तर, अनुसन्धानका सबै पाटा रोकेर भन्ने होइन,” उनले भने, “अनुसन्धानको दायरामा आएका व्यक्तिलाई अभियोजन गरेर बाँकी अनुसन्धान पनि जारी राख्नुपर्छ ।” यति संवेदनशील विषयको अनुसन्धानमा यसरी समय तोक्दा अनुसन्धान अपूरो हुन सक्नेमा सरकारी वकिल कार्यालयको ध्यान नपुगेको उनले बताए । उनले भने, “यो एकदमै अनफेयर भयो । अभियोजनकर्ताले यो अधिकारको दुरूपयोग ग¥यो । यसका धेरै पाटा छन् । यसरी समय तोक्दा केही पाटा छुटिहाल्छन् नि ।”
पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल अनियमितताका ठुला प्रकरणमा तत्काल भेटिएका प्रमाणका आधारमा मुद्दा दायर गरेर थप अनुसन्धान जारी राख्नुपर्ने बताउँछन् । “हदम्याद अवधिमा जति भेटिन्छ त्यत्तिमै फाइल बन्द गरेर अनुसन्धान सकाउँदा सबै दोषी कानुनी दायरामा नआउन सक्छन् । यो प्रकरणमा पनि त्यस्तै अवस्था आउने देखिन्छ,” उनले भने, “त्यसैले प्रहरी अनुसन्धान ६० दिनपछि सधैँका लागि बन्द गर्दा दोषीहरूले उन्मुक्ति पाउने हुनसक्छ ।” यो प्रकरणमा मुछिएका हाई प्रोफाइल व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान निष्कर्षमा पु¥याउन सकेको छैन । यस प्रकरणमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु र प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् काङ्ग्रेस नेता बालकृष्ण खाणकी पत्नी मञ्जुले करोडौँ रकम बुझेको अडियो बाहिरिएको छ । देउवा पत्नी आरजुले उक्त अडियोबारे सत्यतथ्य छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
त्यस्तै यो प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व गृहसचिव महेश्वर न्यौपानेको पनि नाम मुछिएको छ । ओलीले काङ्ग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पनि यो प्रकरणमा संलग्न भएको आरोप लगाएका छन् ।
शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष एवम् तत्कालीन पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईका छोरा निरजलगायत ११ जना फरार आरोपीको सूचीमा छन् ।
“रायमाझीलाई प्रहरीले फलो गरिरहेकै थियो, उनी शनिबारसम्म काठमाडौँ बाहिरै थिए, शनिबार काठमाडौँ आएको सूचनापछि प्रहरी उनको खोजीमा काठमाडौँका सबै क्षेत्रमा खटिएको थियो,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी केसीले भने । (राजधानी, २०८० जेठ १)
एमाले नेता टोपबहादुर रायमाझीलाई पनि प्रहरीले हिरासतमा नराखी प्रहरी बस्ने कोठामै राखेको छ । उनलाई प्रहरी वृत्त सो¥हखुट्टेमा प्रहरी अधिकृत बस्ने कोठामा बस्ने व्यवस्था मिलाइएको छ ।
बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि हिरासतमा नराखी टेकुस्थित प्रहरी परिसरमा डीएसपीको कोठामा राखिएको छ ।
“अभियोगको तयारीको लागि पनि एक साताको समय लाग्छ । त्यसकारण, मङ्गलबारभित्र अनुसन्धान सक्न प्रहरीलाई भनेको छु । अब अभियोगका लागि मात्र अदालतमा अभियुक्तहरूको म्याद थप हुन्छ ।” (सरकारी वकिलको कार्यालयका अधिकारी)
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, “भर्खर मुख्य अभियुक्तहरू पक्राउ परेका छन् । उनीहरूको बयान भएको छैन । विभिन्न रिपोर्टहरू आइसकेका छैनन् । यसरी हतारमा प्रतिवेदन बुझाउँदा मुद्दा कमजोर हुनसक्छ ।” (नयाँ पत्रिका, २०८० जेठ १)
नेकाका पूर्वसांसदको आत्मसमर्पण
भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठिरहेको बेला सत्यतथ्यलाई निष्कर्षमा पुर्याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पु¥याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो, ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्करी प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानबिन गरौँला ।”
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित काङ्ग्रेसका पूर्वसांसद आङ्दावा शेर्पाले आत्मसमर्पण गरेका छन् । सोमबार काठमाडौँ प्रहरी परिसर टेकु पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।
हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको थियो । (कान्तिपुर, २०८० जेठ १)

Leave a Reply

Your email address will not be published. Required fields are marked *