भर्खरै :

फर्निचर कारखानामा भएको आगलागी पीडितप्रति सहानुभूति प्रकट

फर्निचर कारखानामा भएको आगलागी पीडितप्रति सहानुभूति प्रकट

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवीस्थित दाजुभाइ फर्निचर कारखानामा आइतबार भएको आगलागी घटनाका पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले घटनास्थलको स्थलगत निरीक्षण गर्दै घटनाबारे यथार्थ जानकारी लिनुभयो ।
आइतबार साँझ भएको आगलागीबाट करिब २ करोड रूपैयाँ बराबरको क्षति पुगेको र सँगै रहेको घरसमेत जलेर करोडौँ रकम बराबरको सामान नष्ट भएको घरधनी श्याम चौगुठीले बताउनुभयो । आगलागी के कारणले भएको हो खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *