भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
केही वर्षअघि कामको शिलशिलामा ल्याटिन अमेरिकामा रहँदा मैले त्यहाँका कफी खेती, स्थानीय अर्थतन्त्र र समाजको ढाँचाबिचको गहिरो सम्बन्ध बुझ्ने अवसर पाएँ । कफी उत्पादन गर्ने धेरै देश अझै उपनिवेशवादीले थोपरेको दासताको डर सहिरहेका छन् । त्यसले ती देशको आर्थिक विकास सुस्त बनेको छ । फलतः त्यहाँ गरिब झन्झन् गरिब र धनी झन्झन् धनी बनाउने इतिहासदेखिको कफी परम्पराले निरन्तरता पाएको छ । ल्याटिन अमेरिकाको तीतो इतिहास एक कप कफीमा केन्द्रित हुन आउँछ ।
म चीन फर्केपछि पेइचिङको एउटा क्याफेमा चीनको युनान प्रान्तबाट ल्याइएको अरबी कफी पिएको थिएँ । त्यो कफीको स्फुर्तिदायी स्वादले कफीको इतिहासबारे म घोत्लिन थालेँ ।
कफीको इतिहास विश्वव्यापीकरणको इतिहास पनि हो । कफीको इतिहास गरिब देशहरू झन्झन् गरिब र धनी देश अझ समृद्ध बनेको इतिहासको हिस्सा पनि हो । अझ भनौँ, गरिब झन्झन् गरिब र धनी अझ धनी हुँदै गएको इतिहासको भाग हो ।
इसापूर्व ८५० आसपास एकजना इथियोपियाली गोठालोले कफी पत्ता लगाए । यता कफी पश्चिमाहरूले विश्वमा लादेको उपनिवेशवादको इतिहासको महत्वपूर्ण भाग बनेको छ । यसले आजसम्म धेरै देशको विकासमा गहिरो प्रभाव पारेको छ ।
विगत ५–६ सय वर्षको कफीको विकासको इतिहासलाई नियाल्दा मानिसलाई मानसिकरूपमा स्फुर्ति प्रदान गर्ने कफीबाट धनी पुँजीपतिवर्गले संसारभर ठुलो सञ्जाल बुनेको छ । अझै कफी खेती गर्ने किसानहरूमाथि क्रूर शोषण धेरै देशमा बाँकी नै छ । परिणामतः संसारमा गरिबी र अशान्तिले अझै जरा गाडेकै छ । मैले काम गरेका ल्याटिन अमेरिकी देशहरूमा कफी उत्पादकहरूका कैयौँ पुस्तादेखि अझै गरिबीकै दलदलमा फसेका छन् ।
युनान प्रान्तका एक जना स्थानीय कफी उत्पादकसँगको भेटले कफीको विश्व इतिहास चीनमा आएर अर्कै बाटोतिर मोडिएकोमा म विश्वस्त भएँ ।
दक्षिणपश्चिम युनानको मङ्गोलियाली क्षेत्रमा म सडकछेउ एउटा पसलमा केही खाने मनसायले जाँदा त्यहाँ कफी पनि पाइने थाहा पाएँ । मैले आफ्नो लागि एक कप कफी मागेँ । बेडाले त्यहाँ उपलब्ध कफी युनानकै लिजुकमै उत्पादन भएको जानकारी दिए । उनले भनेको कफी क्षेत्रबारे मैले अनलाइनमा खोज्दा त्यो युनानकै एउटा नमुना कफी क्षेत्र भनी समावेश भएको पाएँ । त्यहाँबाट उत्पादित कफी ठुला व्यापारीहरूमार्फत पेइचिङ, साङ्घाई र ग्वाङचाउजस्ता चीनका ठुला सहरमा बेचिने रहेछ ।
कुराकानीको शिलशिलामा मङ्गोलियामा कफी खेतीले त्यहाँको कृषि क्षेत्रमा भएको विकास प्रतिबिम्बित गरेको र कफी खेतीले त्यहाँका स्थानीय किसानलाई गरिबीबाट उकास्न महत्वपूर्ण भूमिका खेलेको बताइयो ।
युनानमा कफी पश्चिमी उपनिवेशवादीहरूले ल्याएको विदेशी उत्पादन हो । सन् १८९२ मा एक जना फ्रान्सेली धर्मप्रचारकले कफीको बीउ त्यहाँ ल्याएका थिए । सन् १९५८ मा युनानमा ठुलो परिमाणमा कफी उत्पादनको थालनी भयो । तर, चाँडै त्यो शिलशिला टुट्यो । सन् १९९७ मा कफी खेतीले अझ उचाइ लियो । एक समय चीनमा उत्पादन हुने कुल कफीमा ८५ प्रतिशत कफी युनानमा मात्र उत्पादन हुन्थ्यो ।
चीनमा सुधार र खुलापनको नीति लागु भएसँगै नेस्ले कफी उत्पादक कम्पनीले युनानमा कफी उत्पादन परियोजना विकास गर्न थाल्यो । चीनमा कफी विकासको इतिहास अन्ततः विश्वभर फैलियो । यद्यपि, त्यतिञ्जेल चीनमा पुगेर कफीको कथाले एउटा रोचक बाटो समात्यो ।
विश्वका अग्रणी कफी उत्पादक कम्पनीहरूले चीनमा प्रवेश गरेर नाफा कमाए । चीनका गरिब कफी उत्पादकहरूले पनि त्यसै गरी लाभ उठाए । चीनमा कफीको व्यापार झन्झन् बढ्दै छ । चिनियाँ उत्पादकहरू पुस्तौँदेखिको गरिबीबाट उम्कँदै कफी बेचेर आज आर्थिक लाभ उठाइरहेका छन् ।
मङ्गोलिया क्षेत्र र त्यहाँका नगरपालिकाको सहयोगमा विकास भएको चिया, कफी र अन्य धेरै उत्पादन परियोजनामध्ये कफी उत्पादन आज मूल परियोजना बनेको छ ।
सरकारको सहायताले कफी उत्पादक किसानहरूलाई गुणस्तरीय कफी रचनात्मकरूपमा उत्पादन गर्न हौस्याएको छ । चीनमा निरपेक्ष गरिबी निवारणको लागि कफी उत्पादन परियोजनाले पनि मद्दत गरेको छ । स्थानीयहरूका अनुसार कफी विशेषज्ञ किसानहरूको औसत वार्षिक आम्दानी दस हजार डलरभन्दा बढी छ ।
तथ्याङ्कले मङ्गोलियन क्षेत्रका सहरी बासिन्दाको प्रतिव्यक्ति खर्च गर्न सक्ने आम्दानी (डिस्पोजल इनकम) सन् २०१० मा ९ हजार ७ सय ८२ युआन थियो भने अहिले बढेर २२ हजार २ सय ७८ युआन पुगेको छ । त्यसै गरी ‘मङ्गोलियन फाइन कफी’ आफ्नो अद्वितीय स्वाद र उत्तम गुणस्तरसहित चीनको आन्तरिक कफी बजारमा पनि लोकप्रिय बन्दै छ ।
फ्रान्सले पनि युनानको कफी आयात गर्न थालेको सुनेको छु । चिनियाँ कफी विश्वकै नमुना कफीमा सूचिकृत हुन अब धेरै समय लाग्नेछैन ।
चीनमा कफी विकासको इतिहास राम्ररी बुझ्न संसारको अर्को प्रमुख कफी उत्पादक देश ग्वाटेमालाको अवस्थासँग तुलना गर्न सकिन्छ ।
सयौँ वर्षदेखि ग्वाटेमाला विश्वमा कफी उत्पादनका लागि महत्वपूर्ण देश हो । अमेरिकीहरूले सबभन्दा बढी पिउने कफी पनि ग्वाटेमालाकै कफी हो । यद्यपि, सन् २०१९ को विश्व बैङ्कको तथ्याङ्कले ग्वाटेमालाको करिब ५४ प्रतिशत जनसङ्ख्या अझै गरिबीको रेखामुनि रहेको देखाएको छ ।
उपनिवेशवादीहरूले कफीलाई विश्वव्यापीकरण गरेदेखि अधिकांश कफीका गेडा गरिब देशहरूमा उत्पादन गराइएको छ । ती देशहरूमा कफी किसानहरूको ठुलो प्रतिशत जनसङ्ख्या दुई–तीन दशकदेखि गरिबीले ग्रस्त छ ।
तर, चिनियाँ किसानहरू सरकारको सहयोगले आफ्नो जीवनस्तर उकास्दै गरिबीबाट उम्किसकेका छन् । चिनियाँ किसानहरू आफ्नो परिश्रमले चिनियाँ कफी विश्वभर बिस्तार गरिरहेका छन् ।
स्रोत : द ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुजी
Leave a Reply