भर्खरै :

चिनियाँ विशेष प्रतिनिधिले जेलेन्स्कीसँग वार्ता गर्दै

चिनियाँ विशेष प्रतिनिधिले जेलेन्स्कीसँग वार्ता गर्दै

युक्रेन, ३ जेठ (एएफपी) । युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बुधबार दिउसो स्वागत गर्नुहुने अपेक्षा गरिएको छ ।
कीएभमा अधिकारीहरूले रूसले अमेरिकाले आपूर्ति गरेको ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ ध्वस्त पारेको आशङ्कालाई पनि कम गर्न खोजेका थिए ।
चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी आइपुग्नुभएको हो ।
युक्रेनका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै जेलेन्स्की र लीबीच दिउँसो भेटवार्ता हुने सम्भावना रहेको बताएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी चिनपिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि कीएभ पुग्नुभएको हो ।
मङ्गलबार युक्रेनलाई ‘मध्यस्थताका लागि पहल’ को आवश्यकता नरहेको यूक्रेनी अधिकारीले बताएका थिए । नाम नबताउने शर्तमा युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीसँग भने, “युक्रेनको खर्चमा सम्झौता गरेर युद्ध अन्त्य गर्दा काम हुँदैन ।”
चीनले युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ ।
चीनलाई तटस्थ मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएका र मार्चमा मस्कोको भ्रमण गरेका सीले क्रेमलिनले अफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न इन्कार गरेको भन्दै आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *