भर्खरै :

छोरा–छोरीलाई शत्रुबाट सजग गराऔँ !

छोरा–छोरीलाई शत्रुबाट सजग गराऔँ !

“प्रवेशिका परीक्षामा उत्तीर्ण भएपछि बैदारको जागिर खान मैले दर्खास्त दिएको थिएँ, तर हेड सरले मलाई सम्झाएर आई.एस्सी. पढ्न उत्साहित गर्नुभयो र अभिभावकहरूलाई पनि सम्झाइ–बुझाइ गर्नुभयो । आई.एस्सी.मा परीक्षामा म विशिष्ट श्रेणीमा उत्तीर्ण भएँ सरकै सल्लाहमा डाक्टरी पढ्न छात्रवृत्तिमा दर्खास्त राखेँ । छात्रवृत्ति पाएर मध्यम वर्गको किसानको छोरो म डाक्टर भएर फर्के ।”
“डाक्टर पढेर आएपछि तिमीले पीडित देशको स्वतन्त्रता र मुक्तिको निम्ति लड्ने देश, जनता र घाइते सिपाहीहरूको निम्ति चीरफार गर्ने एक सर्जन भएर काम गर्ने वाचा गरेका थियौँ; क्यानडाका एक सर्जन डा. नर्मन बेथुनले जस्तै रोगीको निम्ति बाँच्ने भावना राखेका थियौँ । साथै तिमीले एक भारतीय युवा सर्जन द्वारिकानाथ कोटनिसको कथा बताउँथ्यौ । अर्जेन्टिनाका डा. चे ग्वेभाराजस्ता क्रान्तिकारी डाक्टरबाट सिक्ने वाचा गरेका थियौँ । तर, केही वर्षभित्र तिमी आफ्नै गाउँ र नगरको जनताको स्वास्थ्य संस्था र अस्पतालमा एक दिनमा २० जनाभन्दा बढी रोगीको उपचार नगर्ने करोडपति र अर्बपति पुँजीपतिवर्ग र शोषणका डाक्टर छोराहरूको हाहामा लागेर स्वास्थ्य संस्थाको ६० प्रतिशत आम्दानी डाक्टरले लिने र ४० प्रतिशत मात्र गरिबहरूको सेवा गर्ने अस्पताललाई दिने कागजमा किन तिमीले हस्ताक्षर ग¥यौ ?” हेड सरको कुरा सुनेर युवा डाक्टर गोपी अवाल एक दिन अलमलमा परे र स्वाभाविक रूपमा उत्तर दिए ।
“हाम्रो जिल्लाको यो भेगमा म मात्रै गरिबको छोरो चिकित्सक हुँ अरु सबै धनी र शोषकका छोराछोरीहरू हुन् । तिनीहरू बहुमतमा छन् र म एक्लै छु र लाचार भएर सही गरेँ ।”
डा. गोपीका आमाबुबा भर्खर गहुँ काटेर खेतबाट घर फर्केका र हातमुख सफा गरी घरको लुगा फेर्दै कुराकानी सुन्दै थिए । हेड सर राजेन्द्र यस भेगको राम्रो माविका धेरै वर्षदेखि कार्यरत शिक्षक हुनुहुन्थ्यो । गाउँ र सहरका अभिभावकहरू गजेन्द्र सरलाई सा¥है इज्जत र मान गर्छन् । गोपीको लाचारी र वर्गशत्रुहरूको अगाडि झुकेको थाहा पाएर हेड सरले सम्झाउँदै भन्नुभयो, “डा. गोपी, तिमी कामदार वर्गका छोरा हौ, पहिले यो टोलका किसानका छोराछोरी स्कूल पठाउँदा टोलै थर्कने गरी शोषकवर्गको नाइकेले खबरदारी गरेको बिस्र्यौ ? तिमी ज्यापुका छोराछोरीहरू अर्काको हाहुमा लागेर स्कूल जाँदै छौ, तर तिनीहरूमध्ये एक जना पनि एसएलसी पास भएमा मेरो यो कान काटेर कुकुरलाई खुवाइदिनु भनेर हाँक दिएको होइन ? तिनीहरूकै कुरा सुनेर तिमीले पढाइ छोडेका भए हाम्रो समाजमा बहुमत किसान र काम गरी खाने जनताका छोराछोरी कोही पनि डाक्टर, इन्जिनियर, शिक्षक र विभिन्न विषयका विशेषज्ञ भई देश र जनताको सेवा गर्ने अवसर पाउने थिएनौ ।’
गजेन्द्र सरले सलल बग्ने भाषामा सम्झाउँदा गोपीका आमा र बुबा पहिले टोलका शोषकहरूको हप्कीदप्की सम्झेर भित्रभित्रै रिसाउँदै थिए । डा. गोपीले पनि पहिले शोषकवर्गले गरिबप्रति गर्ने अपमान र हेलाहोचो सम्झन थाले । शोषकका छोराछोरीहरूको अगाडि आफू एक्लो भएकोले वर्गशत्रुसँग झुकेकोमा आफ्नै कमजोरी भएको महसुस गर्दै गजेन्द्र सर र अभिभावकहरूको अगाडि लज्जित हुँदै डा. गोपीले भने, “सर, मैले आफ्नो वर्गलाई बिर्सेर वर्गशत्रुलाई ‘गुरु’ जस्तै सम्झन पुगेँ । म यसमा सर र बुबा–आमासँग क्षमा माग्छु; अबदेखि म आफ्नो कमजोरी दोहो¥याउँदिन्न ।”
गोपीको जवाफले आमा–बुबाको मुख उज्यालो हुँदै गयो र गजेन्द्र सरको मुखमा पनि सन्तोषका रेखाहरू देखिए । गजेन्द्र सरले सम्झाउँदै गोपीलाई भन्नुभयो, “बाबु गोपी, तिमी समझदार छौ, यदि हाम्रो विद्यालयमा शुल्क बढाएका भए वा अस्पतालको शुल्क बढाए बिस्तारै गरिबहरू उपचारबाट वञ्चित हुनेछन्; एकै वर्षभित्र हाम्रा भेगका गरिब रोगीहरू बिस्तारै कम हुँदै जानेछन्; छोराछोरीहरूले पनि गरिबीको कारण पढ्न पाउने छैनन् र समाजमा पुनः धनीहरूको राज हुनेछ; उनीहरूले गरिबहरूलाई कुुकुरलाई जस्तै हेला गर्नेछन् । तिनीहरूले समाजमा किसानहरूकोे योगदान के छ भनी तिमीलाई हेला गर्नेछन् । त्यसबेला तिमीले आफूलाई एक्लो पाउनेछौ । बहुमत जनताको मनोबल कमजोर हुनेछ र अभिभावकहरूले चित्त दुखाउँदै भन्नेछन्, “आफ्नै सन्तानले आमाबाबु र समाजको गुण बिर्सेपछि के गर्ने ? फेरि पुरानै अन्धकारको युग आउने भयो ।”
एकछिन अडेर गजेन्द्र सरले भन्दै जानुभयो, “तर, गोपी ! तिमी नअल्मलिनू, युग अगाडि जान्छ, पछि होइन । कामदारवर्गलाई हेलाहोचो गर्ने र जनतालाई अप्ठेरोमा पार्न खोज्ने काम उपत्यकाकै अरु अस्पतालहरूमा अनुभव गरिँदै छ । यस विषयमा गोपीलाई पनि थाहा नै होला । अन्य सरकारी अस्पतालमा १५ मिनेट र आधा घण्टामात्र बढी बस्नुप¥यो भने र एक दुई जनामात्र रोगी बढेको देख्यो भने ‘ओभर टाइम’ को दाबा गर्ने र हडतालको तयारी गर्ने गर्दै छन्, हडताल भएमा धनीहरू बढी पैसा खर्च गरी निजी अस्पतालमा जान्छन्, गरिब जनता बिनाउपचार मर्नेछन् । शोषकहरू जुनसुकै पेसामा भए पनि पैसाको लालचले गरिब जनतालाई दुःख दिने गर्छन् । यसकारण, वर्गसङ्घर्ष बारेमा सोचौँ । धनीहरूको धनको घमण्ड, रूपको घमण्ड र तिनीहरूको विद्या र जानकारीको अगाडि नझुकौँ, समाजमा ठूलो परिवर्तन हुनासाथै तिनीहरूको धन–सम्पत्ति, रूप र यौवन तथा तिनीहरूको ज्ञान र जानकारी क्रान्तिको अगाडि तुच्छ हुनेछन् । तिनीहरूमध्ये धेरै समयको प्रवाह बुझेर जनता अगाडि झुकेर मिल्न आउनेछन् ।”
गोपीले मनमनै केही सोच्दै भने, “सर, त्यसो भए हामीले देश, समाज र जनताबाट बढी लिने आशा भन्दा पनि हामीले समाज र जनतालाई दिने उद्देश्य राख्नुप¥यो होइन ?”
“हो, बाबु गोपी, रुसको समाजवादी क्रान्तिको बेला करोडौँ किसान, मजदुर एवम् क्रान्तिकारी बुद्धिजीवीहरूले ८ घण्टाको मात्रै ज्याला लिएर देश र जनताको निम्ति थप ४ घण्टा बढी काम गरेका थिए विनापैसा । त्यस्ता देशभक्त र क्रान्तिकारी पार्टी सदस्यहरूलाई ‘श्रम वीर’ ले सम्मान गर्थे र पदकले विभूषित गथ्र्यो । क्रान्तिको केही वर्षपछि, सोभियत सङ्घले बेलायत, अमेरिका र अन्य युरोपेली देशहरूलाई उछिँदै विकासमा अगाडि बढ्यो । यसकारण, हामी असल नागरिकले कानुनको अपव्याख्या गर्दै र ऐन–कानुनको कमी कमजोरी अर्थात् छिद्रछिद्र हेरेर आफ्नो व्यक्तिगत फाइदा हेर्ने होइन समाज र देशको हितलाई प्राथमिकता दिनुपर्छ । वर्गविरोधी धनीहरू गरिबहरूले सफाइ आन्दोलन गर्दा सहयोग गर्न आउँदैनन् बरु तमासे हुन्छन् र फाइदा लिनमात्र अगाडि पर्छन् । त्यस्ता चलाक र जानिफकार मानिसहरूलाई सबै जनताले चिन्दै जानुपर्छ ।”
सरको कुरा टुङ्गिनासाथ गोपीका बुबाले थपे, “गजेन्द्र सर, म पनि हाम्रो भेगको राजनैतिक पार्टीको सदस्य हुँ, मैले थप के गर्नुपर्ला ?”
हेड सरले भन्नुभयो, “तपार्इँले ठिक्कै प्रश्न गर्नुभयो । सारमा देश र समाजलाई अगाडि बढाउने उद्देश्यले नै राजनैतिक दलको स्थापना भएको हो । पछिपछि पुँजीवादी दलहरूले आ–आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर, भ्रष्टाचार र ऐन कानुनलाई बङ्ग्याएर कानुनी डकैती गरे । त्यसको ठीक उल्टो हाम्रो पार्टीलाई जोगाउन र जनतालाई सङ्गठित गर्न रात–दिन लाग्नु आवश्यक छ । आफ्नो आम्दानीअनुसार पार्टीलाई चन्दा बुझाउनुपर्छ । पार्टी प्रकाशन र पत्रपत्रिका अध्ययन गरी अन्तक्र्रिया गर्नु आवश्यक छ । आफूभन्दा कमजोर साथीहरूलाई बल र बुद्धिमा पनि सहयोग गर्नु पार्टी सदस्यहरूको कर्तव्य हो । पार्टीलाई बढी सहयोग गरेको भनी घमण्ड गर्ने होइन, बरु आफ्नो कर्तव्य पालन गर्न सकेकोमा सन्तोष गर्नु आवश्यक छ ।”
सरको कुरा सुनेर गोपीका बुबाले भन्नुभयो, “पार्टीको लागि म पहिलेभन्दा बढी योगदान गर्ने वचन दिन्छु र साथीहरूलाई पनि सम्झाउँछु ।”
त्यसैबेला गोपीकी आमाले सबैलाई चिया र स–साना रोटी ल्याएर सहयोग गर्नुभयो । हाँसेर गजेन्द्र सरले भन्नुभयो, “अहिले छोराछोरी बाबुआमाभन्दा बढी पढे–लेखेको भन्दै अभिभावकले आँखा चिम्लेर छोराछोरीको पछि लागेर टोलटोलमा वर्गशत्रुहरूले झगडा लगाउँदै छन् । वर्गशत्रुहरूले छोराछोरीलाई हातमा लिएर समाज भाँड्दै छन् र घर परिवार भाँड्दै छन् । टोलटोलमा वर्गशत्रुहरूले अभिभावकलाई रक्सी खुवाउँदै र छोराछोरी हातमा लिएर घरखेत लिँदै छन् होस गर्नुहोला ।”
एकछिन पर्खे र चिया खाँदै भाउजूलाई धन्यवाद दिनुभयो ।
सर एकछिन मौन बस्दै केही सोच्नुभयो र चियाको अन्तिम घुट्को पिउँदै भन्नुभयो, “भाउजूलाई धेरै धेरै धन्यवाद ! आजको हाम्रो बैठक यहीँ टुङ्ग्याउँछु । एक हप्तापछि म फेरि हाजिर हुँला ।”
डा. गोपी गजेन्द्र सरलाई ढोकासम्म पु¥याउन गए† सरसँग बिदा माग्दै माथि उक्लेर बुबा र आमासँग माफी माग्दै अबदेखि शोषकहरूको सङ्गत छोड्ने वचन दिए ।
गोपीको बुबा र आमा खुसी भएर गोपीलाई आशीर्वाद दिँदै छोरो सचिएकोमा सन्तोषको श्वास फेर्दै आफ्नो कोठामा गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *