भक्तपुर–रत्नपार्क खण्डमा मेट्रो रेल सञ्चालनबारे छलफल
- कार्तिक १८, २०८३
भक्तपुर, ५ जेठ । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको मुखपत्र ‘केटीहरू’ बुलेटिन अङ्क १५, २०७९ चैतको अध्ययन गोष्ठी सम्पन्न भयो ।
उक्त अध्ययन गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, बाग्मती प्रदेशसभाका सांसद एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष सिर्जना सैँजूले महिला अधिकारका लागि खोलिएका पुँजीवादी महिलावादी संस्थाहरूले कामदार महिलालाई वर्गसङ्घर्षको भावनाबाट अलग राख्नकै लागि पुरुष र महिलाबिचको भेदलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुन्छ ।”
उहाँले ‘केटीहरू’ महिलाहरूको आन्दोलनको झन्डा भएको र वर्गीय समाजमा आफ्नो वर्ग चिनाउने बुलेटिन भएकोले सबैले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिले सिकाइका विभिन्न विधाहरूमध्ये व्यक्तित्व विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी राज्य व्यवस्थामा पुरुष र महिलाबिच समानता हुन्छ । समाजवाद स्थापना गर्न सङ्घर्ष गर्नु आवश्यक छ ।”
अध्ययन गोष्ठीमा विद्यालयका शिक्षिकाहरू रोजिना ङाखुसी, सविना खर्बुजा, वीरेन्द्र बडुवाल र सरोज लवजूले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । अध्ययन गोष्ठीको आवश्यकताबारे राज्यश्वरी गाइजूले बताउनुभयो ।
Leave a Reply