भर्खरै :

भोलिदेखि म नयाँ जीवन सुरु गर्छु

भोलिदेखि म नयाँ जीवन सुरु गर्छु

स्केच (व्यक्तिचित्र)

श्याम अङ्ग्रेजीका शिक्षक हुनुहुन्थ्यो, उहाँ कम बोल्ने र शिक्षक साथीहरूको कुराकानीमा चाख दिएर सुन्ने र वक्ताहरूको मुखमा ध्यान दिँदै कहिले हाँस्दै र कहिले आश्चर्य मान्दै आफूलाई थाहा नपाउँदै प्रतिक्रिया दिइरहनु हुन्थ्यो । कहिलेकाहीँ उहाँ हात उठाएर प्रतिक्रिया दिई हाल्नुहुन्थ्यो । उहाँ लामो भूमिका बाँध्न नजान्ने र साथीहरूको गुण र दोषबारे प्रशंसा गर्न र तीतो नबोली अत्यन्त मध्यष्ठ बसेर छोटो टिप्पणी गर्नुहुन्थ्यो । यसकारण, उहाँप्रति हरेक विद्यालयका शिक्षकहरूको सहानुभूति थियो ।
केही दिन र महिनादेखि श्याम सर बिरामी भएको समाचार सुनेर चारजना साथीहरूलाई सरको जहानले भन्नुभयो, “उहाँले चार वर्षपहिले अवकास पाउनुभएको थियो । अवकासको दिन विद्यालयका शिक्षकहरू घरसम्म पु¥याउन आउनुभएको थियो । फूलको माला, फूलका गुच्छा र उपहारहरू टेबुलमा बिसाएर ५/१० मिनेट कुराकानी गरेर सरहरू फर्कनुभयो । चिया खाँदै उहाँले हामी जहान परिवार छोराछोरीहरूलाई सा¥है खुुसी भएर आफ्नो मनको इच्छा पोख्नुभएको थियो, “आजदेखि मैले फुर्सत पाएँ र अब म नयाँ जिन्दगी सुरु गर्छु । मैले धेरै दिनदेखि पढ्न नपाएका राम्रा राम्रा पुस्तकहरू पढ्छु । त्यसमध्ये केही नेपाली भाषाहरूमा अनुवाद नभएका केही लेखहरू अनुवाद गरी एक नागरिकको हैसियतले नेपाली भाषा र साहित्यको सेवा गर्छु ।”
कुराकानीबाट थाहा भयो, अवकासको दोस्रो दिनदेखि नै उहाँ आफ्नो अध्ययन कोठामा बिहान ७ बजे चिया लिएर जानुहुन्थ्यो र समाचारहरू पढ्नु भएपछि आफ्नो पुस्तकको अध्ययनमा लाग्नुहुन्थ्यो । ९ः३० बजे उहाँ भान्छामा आउनुहुन्थ्यो र कसैसँग कुराकानी नगरी खाना खानुहुन्थ्यो, परिवारका अन्य सदस्यहरू पनि खाना खाई सबै स्कूल कलेजतिर लाग्थे । श्याम सर एक्लै घरमा हुनुहुन्थ्यो र एक्लै कोठामा अध्ययनमा लाग्नुहुन्थ्यो ।
सम्भवतः उहाँ एकदुई बजेतिर आफैँले चिया र खाजा लिनुहुन्थ्यो र लेखपढ चालु गर्नुहुन्थ्यो । भाउजूले भन्दै जानुभयो, “हामीलाई पनि आश्चर्य लाग्थ्यो, उहाँको व्यक्तिगत साथी एकजना मात्रै हुनुहुन्छ । उहाँ पनि सा¥है कम बोल्नुहुन्छ । वर्षको एक दुईचोटि मात्र घरमा आउनुहुन्थ्यो र १०÷१५ मिनेट कुराकानीपछि फर्कनुहुन्छ । त्यस्तै वर्षको एकदुई पटक साथीकहाँ जान्छु भनी भेटेर आउनुहुन्छ मुश्किलले एक घण्टाभित्र । तर, उहाँहरू आपसमा के विषयमा कुरा हुन्छ भन्नेबारे सरले कहिले परिवारसँग कुरा गर्नुभएन ।”
“उहाँ कुनै एक समाजवादी देशको बारे बढी चाख राख्नुहुन्थ्यो र त्यहीबारे लेखपढ हुन्थ्यो । कहिलेकाहीँ त्यस संस्थाको एक दुई बैठकमा पनि जानुहुन्थ्यो† त्यसबारे केही बताउनु हुन्नथ्यो । त्यस समितिका साथीहरू पनि कहिले घरमा आउनुभएको थाहा छैन र फोनमा मात्रै छोटो कुरा गर्नुहुन्थ्यो । यसो हेर्दा यस्ता समितिका साथीहरूमा औपचारिक विषयमा मात्रै कुरा हुन्थ्यो र व्यवहारिक केही कुरा हुँदैनथ्यो होला ¤ मैले सुनेअनुसार विभिन्न महादेश र महत्वपूर्ण देशहरूबारेका अध्ययन केही साथीहरूलाई जिम्मा दिएका होलान् भन्ने अनुभव गर्छु ।”
एक दुई वर्षपछि केही शिक्षक साथीहरू भेट्दा श्याम सरले ‘अभिवादन’ वा ‘नमस्ते’ फर्काउनु भएन र बोलाउँदा पनि बोल्नु हुन्न भन्ने थाहा पाएपछि साथीहरू घर पुगेर सोध्नु हुँदा भाउजूले भन्नुभयो, “उहाँ अहिले राम्रो कुरा गर्न सक्नुहुन्न, एउटै शब्द २÷४ पटक बोल्नुहुन्छ र कुराकानी गर्न गा¥हो मान्नुहुन्न, लेखेर कुरा गर्दा सायद उहाँ केही बुझ्नु हुन्छ । दुईतीन वर्ष भयो सम्बन्धित डाक्टरहरूसँग सल्लाह लिएको, सबै डाक्टरको मत झन्डै एउटै छ, उहाँको मस्तिष्क (गिद्वी) सुक्न सुरु भयो, उमेरसँगै त्यो बढ्न थाल्छ । रोगको नाउँ हो– पार्किन्सन (Parkinson’s Disease) । कसैको हात काम्ने, मांसपेशी कडा हुने, कसैको हात–खुट्टा चलाउन नसक्ने, सहाराबिना हिँड्डुल गर्दा लड्ने आदि फरक–फरक लक्षण पनि हुँदा रहेछन् ।
अवकासमा बस्ने शिक्षक, कर्मचारी वा अन्य व्यक्तिहरू सामान्य जीवन बिताउन आ–आफ्ना साथी भाइ, सङ्घ–संस्था र दौँतरीहरूसँग सुख–दुःख बाँड्ने र संस्मरणहरू लेख्नु वा कुराकानी गर्नु शारीरिक र मानसिकरूपले स्वस्थ रहन सहयोग पुग्ने ज्येष्ठहरूकै अनुभवले बताउँछ । यसबारे चिकित्सकहरूको सल्लाह पनि आवश्यक र अनिवार्य होला !
मधु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *