भर्खरै :

मृत्युदण्डको व्यवस्था गर्नैपर्छ

मृत्युदण्डको व्यवस्था गर्नैपर्छ

चैत वैशाखको गर्मीयाम
आकुल व्याकुल बेचैनको ।
यो परिवेशमा
हरेक सञ्चार माध्यमहरूमा
गरम गरम
हलचलको तरङले
मुलुकभित्र
तहल्का मच्चिरहेको छ ।
नक्कली भुटानी शरणार्थीको ।
ठूलाबडा शासकहरू
प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू
गृहमन्त्री, मन्त्रीहरू,
उच्चपदस्थ कर्मचारीहरू
भ्रष्टाचार निवारण गर्ने
आयोग प्रमुखहरूको
एकपछि अर्को पोलापोलले
लहरो तान्दा पहरो गर्जँदै छौ ।
नक्कली शरणार्थीको अभियोगले ।
कोही अभियोगी हिरासतमा
कोही विदेश पलायनमा
कोही नेताहरूको छत्रछायामा
कोहीको श्रीमती कोहीका सन्तानहरू
बचाउनमा तल्लीन छन्
यो देशका ठुलाबडा नेताहरू ।
लोभीपापी बेइमानहरू ।
जे जस्तो गरेर भए पनि
अकुत सम्पत्ति जोड्ने
मानसिकताले
नक्कली भुटानी शरणार्थी बनाई
अमेरिका पठाउनेहरूलाई
सजाय त दिनैपर्छ
अपराधअनुसारको ।
हो, अपराधको रूप अनेक छ ।
देशघाती, भ्रष्टाचारी, जनद्रोही,
जघन्य अपराधीहरूलाई
बिनासङ्कोच ।
मृत्यदण्डको व्यवस्था गर्नैपर्छ ।
नत्र यो देश
कहिल्यै उँभो लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *