भर्खरै :

मध्य एसियाली मुलुकका नेताका लागि सिआनमा स्वागत समारोह

मध्य एसियाली मुलुकका नेताका लागि सिआनमा स्वागत समारोह

सिआन, ५ जेठ (सीआरआई) । मार्च १८ तारिख राती चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी धर्मपत्नी फङ लीयुआनले पल्लो शान्सी प्रान्तीय सदरमुकाम सिआनमा चीन–मध्य एसिया शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका मध्य एसियाली मुलुकका नेताहरू र उहाँहरूका श्रीमतीहरूका लागि स्वागत समारोहको आयोजना गर्नुभयो ।
समारोहमा राष्ट्राध्यक्ष सीले मन्तव्यमा उल्लेख गर्नु भए पल्लो शान्सी प्रान्त प्राचीन रेशमी मार्गको प्रस्थान बिन्दु भएको बताउँदै यो चीन र मध्य एसियाली मुलुकबिच दुई हजार वर्षभन्दा बढी गहन मित्रताको साक्षी बसेको छ ।
हजारौँ वर्षमा चीन र मध्य एसियाली मुलुकका जनताले सम्पर्क राखेर पारस्परिक सिकाइको साथमा प्राचीन रेशमी मार्गको शानदार सिर्जना गरेको देखिन्छ । चीन र मध्य एसियाली मुलुकबिचको दौत्य सम्बन्ध स्थापना भएयता असाधारण इतिहास पार गरी उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भएपनि चीन र यी राष्ट्रहरूले सधैँ एक अर्कालाई सम्मान गरेका छन्, असल छिमेकी र मित्रता निर्माण गरेका छन्, र पारस्परिक हित तथा फाइदाको सिद्धान्तलाई कायम राख्दै आएका छन् । जसबाट क्षेत्रीय शान्ति र विकास प्रवद्र्धनमा सकारात्मक ऊर्जा पु¥याउँदै मानव जातिको लागि साझा भविष्यको एकीकृत समुदायको निर्माणलाई प्रवद्र्धन गर्न नयाँ योगदान दिइएको छ ।
मध्य एसियाली मुलुकले चीनको तीव्र विकासको रेल चढेर संयुक्तरूपमा चीन मध्य एसिया सहयोगको अझ राम्रो भविष्य सिर्जना गर्दै जाने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *