भर्खरै :

संरा अमेरिकी प्रभुत्ववादको प्रतिरोध

संरा अमेरिकी प्रभुत्ववादको प्रतिरोध

मे महिनाको १८ मा चीनको विदेश मन्त्रालयले एउटा सोचनीय प्रतिवेदन सार्वजनिक ग¥यो । त्यो प्रतिवेदनले संरा अमेरिकी हस्तक्षेपकारी कूटनीतिलाई नकारात्मक प्रकाशमा विश्वसनीय ढङ्गले उजागर ग¥यो ।
‘अमेरिकाको हस्तक्षेपकारी कूटनीति र त्यसका हानि–नोक्सानी’ शीर्षकको प्रतिवेदनमा कोही पनि सचेत मानिसको दिमाग रन्थनाउने खालका भयानक कुरा र त्रासदीपूर्ण उदाहरण उल्लेख छन् । संरा अमेरिकी सरकारी अधिकारीहरूले नकारे पनि उनीहरूको एकपक्षीय विदेश नीति आक्रामक भएको कुरा घामजत्तिकै छर्लङ्ग छ । प्रतिवेदनमा संरा अमेरिकाले कुनै पनि राष्ट्रिय सीमाको पर्वाह नगरी जबरजस्ती लाद्ने गरेको अन्यायपूर्ण प्रणालीको तस्बिरको सजीव चित्रण गरिएको छ । उसले जहाँ पनि र जोसुकैविरुद्ध पनि, आफ्नै मित्र देशविरुद्ध समेत यस्ता आक्रामक रणनीति थोपर्दै आएको छ ।
प्रतिवेदनले मूलतः बौद्धिक सम्पत्ति अधिकार, आविष्कारमाथिको अधिकार र प्याटेन्ट अधिकारका नियम उल्लङ्घन गरेका नकारात्मक उदाहरण उल्लेख गरेको छ । क्युवा, प्रजग कोरिया, भेनेजुयला, इरान, रुस, चीन, भारत र जापानका साथै अफ्रिका र युरोपेली सङ्घका देशहरूविरुद्ध व्यापार युद्ध, प्रविधि युद्ध र आर्थिक युद्ध थोपरेको बदनामीपूर्ण इतिहास पनि उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार परिषद्बाट भागेको संरा अमेरिकाले ताइवान क्षेत्र, हङकङ विशेष प्रशासनिक क्षेत्र र सिन्च्याङ उइगुर स्वशासित क्षेत्रप्रति लक्षित कानुन बनाएर झूटा चासो देखाउने गरेको छ । उसका यस्ता गतिविधि पछाडिको खास नियत भने चीनको बदनामी नै हो । ‘भनेको कुरा नमान्ने’ देश र क्षेत्रलाई सजाय दिन नक्कली युद्धलाई साथ दिने, गृहयुद्ध भड्काउने, हातहतियार र सैनिक सामग्री दिने र सरकारविरोधी शक्तिलाई तालिम दिने जस्ता अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने संरा अमेरिकी बदमासीको यो त आंशिक प्रस्तुत मात्र हो ।
अमेरिकी कूटनीतिका हानिकारक प्रभाव
चीनको अध्ययनअनुसार वाशिङ्टनको हस्तक्षेपकारी कूटनीतिले संसार र उसले निशाना साँधेका ‘अभागी’ देशको स्थायित्वमा गम्भीर प्रभाव पारेको छ । आफ्नो मुद्राको प्रभुत्व, व्यापारिक नाकाबन्दी, जताततै हात लाग्ने क्षेत्राधिकार, राजनीतिक हस्तक्षेप, सैनिक हमला र बौद्धिक घुसपैठ प्रयोग गरेर संरा अमेरिकी सरकार संसारका विभिन्न क्षेत्रमा आर्थिक सङ्कट, राजनीतिक अस्थिरता र सैनिक द्वन्द्वको कारण बन्दै आएको छ ।
आर्थिक सङ्कट : संरा अमेरिकाले थोपर्ने गरेका नाकाबन्दी र वित्तीय निषेधले उसले निशाना साँधेका देशहरूको अर्थतन्त्रलाई अलगअलग बनाएको छ । उसले आफ्नो डलरको प्रभुत्वको भरपुर लाभ उठाइरहेको छ । यस्ता कामले मुद्रास्फीति, स्थानीय मुद्राको अवमूल्यन र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पहुँचमाथि सीमितताजस्ता समस्या भोग्नु परिरहेको छ । यस्ता समस्याको उपचार हुन निकै समय लाग्ने गर्छ । भेनेजुयला र इरानजस्ता देशहरूमा संरा अमेरिकाका यस्तै कामले आर्थिक अस्थिरता, बेरोजगारी र विकासको अवसर सीमित भएको हो ।
राजनीतिक अस्थिरता : अरू देशको आन्तरिक मामिलामा राजनीतिक संलग्नता हस्तक्षेपकारी कूटनीतिको अर्को पक्ष हो । संरा अमेरिकाले सधैँ विपक्षी सङ्गठनलाई ढाडस दिने, सत्ता परिवर्तनको लागि जालझेल गर्ने र सहायता र सहकार्यमा राजनीतिक निषेध थोपर्नेजस्ता काम गर्दै आएको छ । यस्ता कदमले क्षेत्रीय शासन प्रणालीलाई अस्थिरता निम्त्याउने, सामाजिक विभाजनलाई मलजल गर्ने र चर्किँदो द्वन्द्वलाई अझ सघन बनाउने गर्छ ।
सशस्त्र द्वन्द्व : संरा अमेरिकाले सेना प्रयोग गरेर विभिन्न क्षेत्रमा सशस्त्र द्वन्द्वलाई मलजल गर्दै आएको छ । प्रजातन्त्र सबलीकरण र आतङ्कवादको प्रतिरोधको नाममा उसले इराक, सिरिया, यमन र लिबियामा गरेका सैनिक हस्तक्षेप र कारबाहीले दीर्घकालीन लडाइँ, मानिसको हताहती र व्यापक ध्वंस भएको छ । मध्यपूर्वभरि फैलिएको लडाइँले शक्तिको रिक्तता, मानवीय सङ्कट र शत्रुता निम्त्याएको छ । जसले अस्थिरता फैलाएको छ । अनि रक्तपात र आतङ्कवादको अन्त्यहीन वृत्तलाई गति दिइरहेको छ ।
अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
सन्तुलित र शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको लागि संरा अमेरिकाको स्वेच्छाचारी कूटनीतिको घातक प्रभावबारे अन्तर्राष्ट्रिय समुदाय सजग हुन जरुरी छ । संरा अमेरिकाका यस्ता गतिविधिको कारण संसारमा विकल्पको खोजी गर्न सक्नुपर्छ ।
बहुपक्षीय संस्थाको प्रवद्र्धन : संयुक्त राष्ट्र सङ्घ, ब्रिक्स, साङ्घाई सहकार्य सङ्गठन र विश्व व्यापार सङ्गठनजस्ता अहिले सक्रिय रहेका बहुपक्षीय सङ्गठनलाई विश्वव्यापी शासनका लाभ सबैले पाउन सक्ने गरी बलियो बनाउनुपर्छ । यस्ता सङ्गठनलाई बलियो बनाउँदा विवाद समाधान, हस्तक्षेपकारी गतिविधिको प्रभाव न्यूनीकरण र कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था अघि बढाउन देशहरूलाई मद्दत पुग्नेछ ।
आर्थिक विविधीकरण : निशाना साँधिएका देशहरूले आर्थिक नाकाबन्दीको कोपभाजनबाट जोगिन आफ्नो अर्थतन्त्रलाई विविधीकरण (धेरै देशसँग सम्बन्ध जोडिएको) बनाउन र अमेरिकी डलरजस्तो कुनै एउटा मात्र प्रभावशाली मुद्रामा निर्भरता न्यून गर्न सक्छन् । क्षेत्रीय व्यापार सम्झौता, घरेलु आर्थिक क्षेत्रको विकास र चिनियाँ युआन तथा ब्रिक्स मुद्राजस्ता वैकल्पिक वित्तीय बाटोको प्रयोगबाट आर्थिक लचकता र हस्तक्षेपकारी आर्थिक कदमका प्रभाव न्यून गर्न सकिन्छ ।
क्षेत्रीय सहकार्यको सबलीकरण : क्षेत्रीय साझेदारी र एकता आक्रामक कूटनीतिलाई नत्थी कस्न ज्यादै महत्वपूर्ण हुन्छ । छिमेकी देशहरूबिच निकट सम्बन्ध विकास गर्न सके बाह्य दबाबको सामना गर्ने र साझा लक्ष्य हासिल गर्न सम्भव हुन्छ । क्षेत्रीय आर्थिक एकता र विवादको समाधान गर्ने उपाय विकास गर्दा स्थायित्व सम्भव हुन्छ । बाह्य पक्षप्रतिको निर्भरता कम हुन्छ । कूटनीतिक जबरजस्तीको प्रतिरोध गर्न सकिनेछ ।
संवाद र मध्यस्थताको प्रवद्र्धन : समझदारी प्रवद्र्धन, समस्या समाधान र साझा लक्ष्यको पहिचान गर्नु नै कूटनीतिको लक्ष्य हुनुपर्छ । द्वन्द्वको समाधान तटस्थ देश वा अन्तर्राष्ट्रिय सङ्गठनको मध्यस्थतामा शान्तिपूर्वक गर्न सकिन्छ । उदाहरणको लागि संरा अमेरिकी विश्वव्यापी प्रभावले क्षयीकरण भोगिरहेको आजको युगमा चीनको अहस्तक्षेपको अवधारणा र मध्यपूर्वमा कुनै ऐतिहासिक तथा राजनीतिक विवादमा चीन कहिल्यै नफसेको हुनाले इरान र साउदी अरबको सम्बन्धमा सकारात्मक विकास ल्याउन सम्भव भएको हो । अमेरिकी नेताहरूको चाहना जस्तोसुकै भए पनि युक्रेन सङ्कट समाधानको लागि मस्को र किभबिच मध्यस्थताको लागि चीनले प्रयास गर्नुको मूल कारण यो क्षेत्रमा चीनले पाएको सफलताको रेकर्ड हो ।
बहुपक्षीय संरचनाको सबलीकरण, अर्थतन्त्रको विविधीकरण, क्षेत्रीय सहकार्यको प्रवद्र्धन र संवाद तथा मध्यस्थतामा प्राथमिकताले सबै क्षेत्रमा संरा अमेरिकाको हस्तक्षेपकारी रणनीतिको साझा प्रतिरोध सम्भव हुनसक्छ । चीनको प्रतिवेदनमा भनिएजस्तै अझ सन्तुलित र शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको प्रवद्र्धनमा लक्षित प्रयासले संरा अमेरिकी आक्रामक कूटनीतिका खराब असललाई न्यूनीकरण गर्न सकिन्छ र सबैका लागि अझ समृद्ध भविष्य सुनिश्चित गर्न सकिन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *