स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
७ जेठ, २०८० को ‘मजदुर’ दैनिकको ‘साहित्य’ स्तम्भमा राजनजीको ‘पाठक र लेखकको बिचमा असमझदारी किन जन्मिन्छ ?’ शीर्षकको लेखमा केही वाक्य, वाक्यांश र शब्दको अर्थ केलाउँदा अर्थ नखुल्ने, आपसमा जेलिएको र लेखकको भनाइ र लेखको उद्देश्यमा आनकातान फरक देखिएका केही उदाहरण निम्न छन् ः
क) ‘पाठकले … उनको आफ्नै विचार निर्माण गर्नमा लेखकको ठूलो भूमिका हुन्छ ।’
यस वाक्यले ‘आफ्नै विचार निर्माण’ गर्न पाठक र लेखकको विचार निर्माण ‘वर्तमान घटनाहरू’ को जानकारीबाट हुन्छ भन्ने हो ।
तर, समाचार पत्रहरू र अन्य पत्रपत्रिका वा प्रकाशनहरू एउटै विचार र समूहको नभई फरकफरक मात्रै होइन पूर्णरूपले उल्टो विचार राख्नेहरूको प्रकाशन पनि हुन्छ । यसकारण, निश्चित उद्देश्यको पत्रिकामा कहिलेकाहीँ ठीक उद्देश्यविपरीत लेख र विचार देखिएमा पाठकहरू अचम्म र विष्मयमा समेत पर्छन् । २००७ साल पछि श्यामप्रसाद शर्माजीहरूको ‘सेवा’ पत्रिकाको एक अङ्कमा सम्पादकको अनुपस्थितिमा राजा त्रिभुवनको फोटो छापेपछि पाठकहरूले सो पत्रिका लिन छोडे र ‘सेवा’ पत्रिका नै बन्द गर्न बाध्य भयो ।
ख) पाठक हेर्दा एक व्यक्ति लाग्ला, तर व्यवहारमा पाठक बहुवचनमा प्रयोग हुन्छ, साथसाथै विविध विचारको हुन्छ जसलाई केलाउँदै जानुपर्ने हुन्छ ।
ग) लेखको आशय जस्तोसुकै भए पनि त्यस लेखका लेखकले ‘आफ्नै विचार निर्माण’ गर्न लेखक वा पाठक ‘स्वतन्त्र’ हुनुपर्छ चाहे पत्रिका र प्रकाशनको उद्देश्य जे सुकै होस् । तर, विचारमा ‘स्वतन्त्र’ अर्थात् कुनै सिद्धान्तलाई नपछ्याउने वा दक्षिणपन्थी विचारले ग्राह्यता पाइरहेको नेपालको वर्तमान अवस्था हो ।
घ) लेखक र पाठकको सम्बन्ध कुनै दल वा सङ्गठनका सदस्यहरूको बिचको सम्बन्ध जस्तो हुने गर्दैन । त्यहाँ ‘विश्वसनीयता’ को कुनै गुन्जायस छैन । नियमित र अनियमित पाठक असङ्ख्य हुनुको साथै विविध विचारका हुन्छन्् जसबारे माथि उल्लेख भइसकेको छ ।
ङ) एक जना लेखक वा स्तम्भकार एक विषयका विशेषज्ञ होला भने पाठक र पाठकहरू विविध विषयका धेरै विशेषज्ञहरू हुन्छन् । यसकारण, एक जना लेखकको जानकारी र अनुसन्धानको परिणाम, बुझाइको उद्देश्य र विचार नै त्यसको नापो हुने गर्छ भने कुनै लेखकको पुस्तकबारेको छलफल अलि भिन्नै हुन्छ ।
च) त्यस्तै ‘लेखक र पाठकहरूबिचको द्वन्द्व’ को आशय स्वयम् अप्रासाङ्गिक विषय हो । अचेल जङ्गली पशु र मानिसको बिच ‘द्वन्द्व’ जस्तो यहाँ प्रसङ्ग उपयुक्त हुँदैन ।
छ) लेख, रचना र साहित्य ‘स्वतन्त्र’ हुनुपर्छ, कुनै ‘निर्देशन’ र ‘आदेश’ बाट निर्देशित हुनुहुन्न भन्नेबारेको छलफल भारतको स्वतन्त्रता आन्दोलनको सिलसिला र बेलायती उपनिवेशबाट स्वतन्त्र भइसकेपछिको नेपाली साहित्यमा परेको छाया हो । त्यसको अर्थ साहित्य र विचारमा ‘वर्ग’ अर्थात् शोषक र शोषित, सर्वहारा र पुँजीपतिवर्ग भनी विभाजन गर्नु भएन, उपनिवेशवादी र उपनिवेशबाट स्वतन्त्र जनताको भेद हुनु भएन भनी उपनिवेशवादविरोधी साहित्यको धारलाई मत्थर पार्न खोजिएको थियो । त्यसबेला हिन्दी साहित्य क्षेत्रको प्रगतिशील फाँटको सभापति प्रेमचन्द नै थिए ।
ज) त्यसै बेला अर्थात् दोस्रो विश्व युद्दपछि सोभियत सङ्घमा र चीनमा जापानविरोधी देशभक्ति पूर्ण सङ्घर्षको बेला येनान गोष्ठीमा माओ त्सेतुङको आफ्नो साहित्यिक प्रवचनमा साहित्यको तत्कालीन उद्देश्य, बहुमत जनता, क्रान्ति, मुक्ति र स्वतन्त्रताको निम्ति पात्रहरू के कस्ता हुने र कसको समर्थन गर्ने भन्नेबारे गम्भीर छलफल र निर्णय अवधिको विषय थियो, जसलाई साम्राज्यवादी र प्रतिक्रियावादीहरू मन पराउँदैनथे ।
छ) लेखक एक जना हुन्छ भने पाठकहरू धेरै हुन्छन्, हरेक पाठकको एउटै विचार पनि हुँदैन, त्यस्तै नेपाली व्याकरण पनि थरीथरीका छन्, त्यसबारे छुट्टै छलफल हुनु आवश्यक छ ।
Leave a Reply